नेभिगेशन
समाज

उदयपुरमा जंगली च्याउ खाँदा एउटै परिवारका आठजना बिरामी

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–९, अजगरामा जंगली च्याउ खाँदा  एउटै परिवारका आठ जना बिरामी परेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

इलाका प्रहरी कार्यालय बेल्टारका प्रमुख प्रहरी निरीक्षक बबिन राईका अनुसार सदा समुदायका आठै जना मंगलबार बिहान घरनजिकैबाट टिपेको च्याउ पकाई खाएका थिए। केही समयमै उनीहरूमा बान्ता र अस्वस्थता देखिएपछि बेल्टार नगर अस्पताल लगिएको हो।

Ncell
Extreme Energy

बिरामी पर्नेमा ८५ वर्षीया गवनी सदा, ६० वर्षीया गीता सदा, ३१ वर्षीया सञ्जु सदा, २९ वर्षीया मञ्जु सदा, २९ वर्षीया सरिता सदा, १० वर्षीया सन्ध्या सदा, ११ वर्षीया सन्जा सदा र ५५ वर्षीय लल्कु सदा रहेका छन्।

प्रहरीका अनुसार बिरामीलाई बेल्टार नगर अस्पतालमा उपचार पछि अहिले जिल्ला अस्पताल उदयपुर पठाइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै

बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै

भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा मातृ तथा बाल स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन विशेषज्ञ चिकित्सकसहितको थप टोली आज नुवाकोट जाने भएको छ।
अब यी अस्पतालमा बन्नेछ ठूला शवगृह

अब यी अस्पतालमा बन्नेछ ठूला शवगृह

मन्त्रालयले देशका विभिन्न १२ वटा सङ्घीय अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रत्येक अस्पतालमा कम्तीमा ५० शव अट्ने क्षमताको शवगृह निर्माण गर्ने भएको छ ।
शिक्षण अस्पतालले भन्यो– शव राख्ने ठाउँ छैन

शिक्षण अस्पतालले भन्यो– शव राख्ने ठाउँ छैन

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले भोटेकोशी बाढीमा परी मृत्यु भएका व्यक्तिहरुको शव सुरक्षित राख्न समस्या भएको जनाएको छ ।
रसुवा, नुवाकोट र काठमाडौँका यी १४ अस्पतालमा हुँदैछ घाइतेको उपचार

रसुवा, नुवाकोट र काठमाडौँका यी १४ अस्पतालमा हुँदैछ घाइतेको उपचार

भोटेकोशी बाढीमा परी उद्धार गरिएका घाइतेहरुको रसुवा, नुवाकोट र काठमाडौँका १४ अस्पतालमा उपचार भइरहेको छ ।