नेभिगेशन
मुख्य समाचार

झुम्का कारागारबाट बलत्कार मुद्दामा सजाय काटीरहेका एक कैदी भागे

विराटनगर । सुनसरीको झुम्का कारागारबाट जबरजस्ती करणीमा सजाय काटीरहेका एक जना कैदी भागेका छन् । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका २ घर भएका २८ वर्षीय रुपक पौडेल खत्री मंगलबार राति कारागारको पर्खाल नाघेर भागेको जेलर सुवासकुमार लामिछानेले जानकारी दिए । 
उनलाई कारागारको बी ब्लकमा राखिएको थियो । सामूहिक बलात्कारको घटनामा संलग्न खत्रीलाई जिल्ला अदालत सुनसरीले २०८१ चैत २५ गते १३ वर्ष कैद सजाय सुनाए पनि उनी साउन २१ गते मात्रै कारागार चलान भएका थिए ।  घटनाको छानबिन गर्न सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

उक्त भेटघाटमा सरकारका तर्फबाट प्रधानमन्त्री सहित गृहमन्त्री ओमप्रकाश अर्याल र सञ्चारमन्त्री जगदिश खरेल सहभागी छन् । त्यस्तै रास्वपाबाट लामिछानेसहित उपसभापतिद्वय डिपी अर्याल र डा.स्वर्णिम वाग्ले, नेताहरु सोविता गौतम,...
सभापतिको कार्यभार सम्हाल्दै रविले सम्झिए डिपीको त्यो प्रस्तावः ‘जेलको कार्यवाहक दिन मिल्दैन ?’

सभापतिको कार्यभार सम्हाल्दै रविले सम्झिए डिपीको त्यो प्रस्तावः ‘जेलको कार्यवाहक दिन मिल्दैन ?’

अर्यालले सो दिन रविलाई भनेका थिए, ‘पार्टीको नेतृत्व कार्यवाहक दिएको जस्तै कारागारको बसाई पनि कार्यवाहकलाई दिन मिल्दैन ? मिल्छ भने तपाईंको भागमा म भित्र बस्न तयार छु। देशलाई...
रवि लामिछानेको उपस्थितिमा रास्वपाको केन्द्रीय समिति बैठक सुरु

रवि लामिछानेको उपस्थितिमा रास्वपाको केन्द्रीय समिति बैठक सुरु

यस अघि कार्यकर्ता तथा शुभेच्छुकले बाजा गाजा सहित पार्टी कार्यालयमा भव्य स्वागत गरेका लामिछानेलाई कार्यवहाक सभापति डिपी अर्यालले स्वागत सहित जिम्मेवारी हस्तान्तरण गरेका थिए । अहिले केन्द्रीय समिति...