नेभिगेशन
समाज

झुम्का कारागारबाट बलत्कार मुद्दामा सजाय काटीरहेका एक कैदी भागे

विराटनगर । सुनसरीको झुम्का कारागारबाट जबरजस्ती करणीमा सजाय काटीरहेका एक जना कैदी भागेका छन् । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका २ घर भएका २८ वर्षीय रुपक पौडेल खत्री मंगलबार राति कारागारको पर्खाल नाघेर भागेको जेलर सुवासकुमार लामिछानेले जानकारी दिए । 
उनलाई कारागारको बी ब्लकमा राखिएको थियो । सामूहिक बलात्कारको घटनामा संलग्न खत्रीलाई जिल्ला अदालत सुनसरीले २०८१ चैत २५ गते १३ वर्ष कैद सजाय सुनाए पनि उनी साउन २१ गते मात्रै कारागार चलान भएका थिए ।  घटनाको छानबिन गर्न सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
डोल्पाको जगदुल्ला बाढीः एकको मृत्यु, १० घरमा क्षति

डोल्पाको जगदुल्ला बाढीः एकको मृत्यु, १० घरमा क्षति

धुलाखोला लगायतका खोलामा आएको बाढी आइतबार बिहानपख गाउँमा पसेको थियो ।  बाढीबाट थप ६ जना घाइते भएका छन् । २ जनाको अवस्था गम्भीर रहेकालले थप उपचारका लागि पालिकाले...
मौलाकालिकाका १८८२ खुड्किला (तस्विरहरु)

मौलाकालिकाका १८८२ खुड्किला (तस्विरहरु)

बिहानको ठीक साढे ४ बजे। सहर अझै मस्त निद्रामै हुन्छ। तर, गैँडाकोटको फेदीमा रहेका १८८२ वटा ढुङ्गे खुड्किलाहरूमा भने पदयात्रीहरूको पदचाप गुञ्जिन सुरु भइसकेको हुन्छ। कुनै समय केवल...
जब ममताले घरमै पाइन् नागरिकता

जब ममताले घरमै पाइन् नागरिकता

यही अवस्थालाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय भोजपुरले नागरिकमैत्री सेवा प्रवाहको उदाहरण प्रस्तुत गरेको छ । प्रमुख जिल्ला अधिकारी राजन पौडेलसहितको टोली स्वयं ममताको घरमै पुगेर आवश्यक कागजात...
नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा नेपालमै पहिलोपटक बाँदरलगायत रुखमा बस्ने वन्यजन्तुलाई सडक सुरक्षित रूपमा वारपार गराउन ‘ओभरहेड क्यानोपी ब्रिज’ निर्माण गरिएको छ ।