नेभिगेशन
मुख्य समाचार

बागमती नगरपालिकाका मेयर थापालाई ८ वर्ष कैद, १० करोड जरिवानको फैसला

काठमाडौँ । सर्लाहीको बागमती नगरपालिकाका प्रमुख भरत थापालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै विषेश अदालतले  ८ वर्ष कैदको फैसला सुनाइएको छ । बिहीबार थापासहित अधिकृत विमलकुमार पोखरेल र योजना शाखा प्रमुख सागर पौडेललाई नदीजन्य पदार्थ हिनामिना गरी भ्रष्टाचार गरेको ठहर गर्दै जनही ८ वर्ष कैद र १० करोड ९ लाख ७८ हजार २ सय ९९ रुपैयाँ १३ पैसा जरिवाना सजाय सुनाएको हो ।  

थापा सहित तीनै जनालाई विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीशद्वय मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले साउन २१ गते कसुरदार ठहर गरे पनि बिहीबार सजाय निर्धारण गरेको हो । 
साथै अदालतले उनीहरुबाट पीडित राहत कोषमा ४० लाख ३९ हजार १३१ रुपैयाँ ९७ पैसा दाखिला गराउनेसमेत फैसला गरेको छ । उनीहरुले ३० करोड २९ लाख ३४ हजार ८९७ रुपैयाँ ४० पैसा बराबरको नदीजन्य पदार्थ हिनामिना गरी भ्रष्टाचार गरेको अदालतको ठहर छ ।

CG

विशेष अदालतले यसअघि थापालाई गैरकानुनी सम्पत्तिको मुद्दामा एक वर्ष कैद र बिगो बराबरको जरिवाना हुने फैसला सुनाएको थियो।  मेयर थापाले तीन करोड ४५ लाख २२ हजार ३८७ गैरकानुनी रूपमा आर्जन गरेको ठहर गरेको हो।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

उक्त भेटघाटमा सरकारका तर्फबाट प्रधानमन्त्री सहित गृहमन्त्री ओमप्रकाश अर्याल र सञ्चारमन्त्री जगदिश खरेल सहभागी छन् । त्यस्तै रास्वपाबाट लामिछानेसहित उपसभापतिद्वय डिपी अर्याल र डा.स्वर्णिम वाग्ले, नेताहरु सोविता गौतम,...
सभापतिको कार्यभार सम्हाल्दै रविले सम्झिए डिपीको त्यो प्रस्तावः ‘जेलको कार्यवाहक दिन मिल्दैन ?’

सभापतिको कार्यभार सम्हाल्दै रविले सम्झिए डिपीको त्यो प्रस्तावः ‘जेलको कार्यवाहक दिन मिल्दैन ?’

अर्यालले सो दिन रविलाई भनेका थिए, ‘पार्टीको नेतृत्व कार्यवाहक दिएको जस्तै कारागारको बसाई पनि कार्यवाहकलाई दिन मिल्दैन ? मिल्छ भने तपाईंको भागमा म भित्र बस्न तयार छु। देशलाई...
मधेशको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

मधेशको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

आज मधेश प्रदेशसभा बैठकमा भएको मत विभाजनमा सातदलीय गठबन्धनका तर्फबाट उम्मेदवार यादवलाई ७२ मत प्राप्त भएसँगै सभामुखमा यादव निर्वाचित भएका हुन । ९६ जना उपस्थित भएको प्रदेश सभा...
रवि लामिछानेको उपस्थितिमा रास्वपाको केन्द्रीय समिति बैठक सुरु

रवि लामिछानेको उपस्थितिमा रास्वपाको केन्द्रीय समिति बैठक सुरु

यस अघि कार्यकर्ता तथा शुभेच्छुकले बाजा गाजा सहित पार्टी कार्यालयमा भव्य स्वागत गरेका लामिछानेलाई कार्यवहाक सभापति डिपी अर्यालले स्वागत सहित जिम्मेवारी हस्तान्तरण गरेका थिए । अहिले केन्द्रीय समिति...