नेभिगेशन
मुख्य समाचार

सशस्त्रका असई विकको हत्या आरोपमा फरार देवेन्द्रलाई शेरबहादुर र विश्वप्रकाशले कांग्रेसमा भित्राए

काठमाडौँ । सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) थमन विकको हत्याका फरार प्रतिवादी देवेन्द्र यादव नेपालीलाई कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री विश्वप्रकाश शर्माले पार्टीमा भित्राएका छन् ।

CG

विक हत्याका आरोपित यादव फरार भएपछि महोत्तरी जिल्ला अदालतले उनको मुद्दा मुलतवीमा राखेको छ । उनै यादवलाई देउवा सहित  कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्री महेन्द्र यादव, महोत्तरी ४ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य महेन्द्रकुमार राय, कांग्रेस मधेश प्रदेशका सभापति कृष्ण यादव र कांग्रेस महोत्तरी सभापति नागेश्वर यादवले पार्टीमा भित्राएका हुन् । 

मधेश आन्दोलनको क्रममा २०७२ भदौ २५ गते हेटौंडाबाट संयुक्त राष्ट्रसंघीय मिसनका लागि परीक्षा दिएर ड्युटीको लागि महोत्तरी आएका असई थमन विकमाथि महोत्तरीमा आन्दोलनकारीले आक्रमण गरेका थिए ।

घाइते विकको जलेश्वर अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि एम्बुलेन्समा जनकपुर ल्याउँदै गर्दा महोत्तरीको साविक अनैठा गाविसमा आन्दोलनकारीले निकालेर कुटपिट गर्दा ज्यान गएको थियो ।

विकको हत्यामा महोत्तरी जिल्ला अदालतले २०८० मंसिर २८ गते ७ जनालाई जन्मकैदको सजाय सुनाएको थियो । न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले अभियुक्तहरू सञ्जयकुमार साह, प्रदीप साह माझी, मोहन ठाकुर, अभिराम शर्मा, धर्मेन्द्र राय, रामशंकर मिश्र र सुरेश पाण्डेलाई जन्मकैदको सजाय सुनाएको थियो ।

congress-___party-prabesh-1-1755247821.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

उक्त भेटघाटमा सरकारका तर्फबाट प्रधानमन्त्री सहित गृहमन्त्री ओमप्रकाश अर्याल र सञ्चारमन्त्री जगदिश खरेल सहभागी छन् । त्यस्तै रास्वपाबाट लामिछानेसहित उपसभापतिद्वय डिपी अर्याल र डा.स्वर्णिम वाग्ले, नेताहरु सोविता गौतम,...
सभापतिको कार्यभार सम्हाल्दै रविले सम्झिए डिपीको त्यो प्रस्तावः ‘जेलको कार्यवाहक दिन मिल्दैन ?’

सभापतिको कार्यभार सम्हाल्दै रविले सम्झिए डिपीको त्यो प्रस्तावः ‘जेलको कार्यवाहक दिन मिल्दैन ?’

अर्यालले सो दिन रविलाई भनेका थिए, ‘पार्टीको नेतृत्व कार्यवाहक दिएको जस्तै कारागारको बसाई पनि कार्यवाहकलाई दिन मिल्दैन ? मिल्छ भने तपाईंको भागमा म भित्र बस्न तयार छु। देशलाई...
मधेशको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

मधेशको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

आज मधेश प्रदेशसभा बैठकमा भएको मत विभाजनमा सातदलीय गठबन्धनका तर्फबाट उम्मेदवार यादवलाई ७२ मत प्राप्त भएसँगै सभामुखमा यादव निर्वाचित भएका हुन । ९६ जना उपस्थित भएको प्रदेश सभा...
रवि लामिछानेको उपस्थितिमा रास्वपाको केन्द्रीय समिति बैठक सुरु

रवि लामिछानेको उपस्थितिमा रास्वपाको केन्द्रीय समिति बैठक सुरु

यस अघि कार्यकर्ता तथा शुभेच्छुकले बाजा गाजा सहित पार्टी कार्यालयमा भव्य स्वागत गरेका लामिछानेलाई कार्यवहाक सभापति डिपी अर्यालले स्वागत सहित जिम्मेवारी हस्तान्तरण गरेका थिए । अहिले केन्द्रीय समिति...