नेभिगेशन
समाज

ब्रिलियन्ट एजुकेशनमा १० भन्दा धेरै ख्यातिप्राप्त विश्वविद्यालय एवम् कलेजका प्रतिनिधिसँग एकै पटक परामर्शको अवसर

काठमाडौँ । उच्च शिक्षाका लागि विदेश पढ्न जाने विद्यार्थीहरूका लागि ब्रिलियन्ट एजुकेसन एण्ड सर्भिसेज प्रालिले भोलि  बुधबार ‘एड्मिसन डे’ आयोजना गर्दैछ।

शैक्षिक परामर्श क्षेत्रमा लामो समय देखि गुणस्तरीय काम गर्दै आएको ब्रिलियन्टले विश्वका १० भन्दा धेरै ख्यातिप्राप्त विश्वविद्यालय एवम् कलेजका प्रतिनिधिसँग नेपाली विद्यार्थीहरूलाई एकै छानामुनि परामर्श प्रदान गर्ने उद्देश्यले एक दिने कार्यक्रम गर्न लागेको हो । 
विदेशमा पढ्न जाने विद्यार्थीहरूलाई सही सूचना र जानकारी दिने उद्देश्यसहित आयोजना गरिएको ‘एड्मिसन डे’ सम्पूर्ण तयारी सकिएको ब्रिलियन्ट एजुकेशनका संस्थापक राजेन्द्र बरालले बताए । 

CG

‘ब्रिलियन्ट नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट स्वीकृति प्राप्त संस्था हो । पुतलीसडक (नबिल बैंकको अगाडि) केन्द्रीय कार्यालयमा बिहान ९ बजे देखि ‘एड्मिसन डे’ आयोजना हुँदैछ,’ बरालले भने । 

उनका अनुसार ‘एड्मिसन डे’ मा विद्यार्थीहरूले विभिन्न मुलुकका १० भन्दा बढी ख्यातिप्राप्त विश्वविद्यालय एवम् कलेजका प्रतिनिधिसँग एउटै छानामुनि भेट्ने अवसर पाउनेछन् ।

‘एजुकेशन डे’ मा विदेश पढ्न जान चाहने विद्यार्थीहरूले जान चाहेको गन्तव्य, ति देशका कानुनी प्रावधान, त्यहाँको शैक्षिक प्रणाली, आफूले पढ्न चाहेको कोर्सहरू, विश्वविद्यालय र करिअर निर्माणको लागि सबै आवश्यक जानकारी लिन सकिने संस्थापक बरालले बताए । 

brealiant--1755601356.jpg
एजुकेशनकी निर्देशक कल्पना बस्नेतका अनुसार विदेश पढ्न जान चाहने विद्यार्थीहरूलाई ब्रिलियन्टले सही गन्तव्यको लागि परामर्श दिँदै आएको र बुधबारको कार्यक्रम एक उत्कृष्ट अवसर भएको बताइन् ।

‘यो ‘एड्मिशन डे’ विदेश पढ्न जान चाहने विद्यार्थीहरूले एकै छानामुनिबाट आफ्नो शैक्षिक लक्ष्य प्राप्त गर्नका लागि आवश्यक सबै सूचना लिने र विश्वविद्यालय छनोट गर्ने उत्कृष्ट प्लेटफर्म हो,’ निर्देशक बस्नेतले भनिन् । 

उनकाअनुसार एडिमशन डेमा अष्ट्रेलिया, अमेरिका, न्युजिल्याण्ड, बेलायत, जर्मनी र क्यानडा लगायतका देशका ४९ भन्दा धेरै विश्वविद्यालय एवम् कलेजबारे विद्यार्थीले परामर्श पाउने छन् । ‘एड्मिशन डे’ को कार्यक्रममा सहभागी हुने विद्यार्थीहरूलाई एक एक गरेर परामर्श दिइने पनि कम्पनीले जनाएको छ । 

brealiant-1.jpg--1755601474.jpg
सो अवसरमा विद्यार्थीहरूले तत्काल भर्ना, पूर्ण छात्राबृति, आइइएलटीएस तथा पिटिएका कोर्शहरु अध्यायनमा विशेष छुट पाउने पनि निर्देशक बस्नेतले जानकारी दिइन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
त्रिविको ५१औँ दीक्षान्त समारोह आज

त्रिविको ५१औँ दीक्षान्त समारोह आज

समारोहमा नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिता प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । टोकियो विश्वविद्यालयमा आबद्ध उनले सन् २०१५ को भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार प्राप्त गरेका थिए ।
अत्यधिक चिसो बढेपछि गौरका विद्यालयमा बिदा

अत्यधिक चिसो बढेपछि गौरका विद्यालयमा बिदा

बर्खे बिदाबाट कट्टा हुनेगरी विद्यालयमा बिदा दिइएको उहाँले जानकारी दिए । केही दिनदेखि बढेको शीतलहर र चिसोका कारण रौतहटको जनजीवन प्रभावित बनेको छ ।
प्राध्यापक तथा शिक्षकहरु राजनीतिक गतिविधिमा संलग्न भए कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

प्राध्यापक तथा शिक्षकहरु राजनीतिक गतिविधिमा संलग्न भए कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

उनले विज्ञप्तीमा कुनै पनि पेशागत ऐनहरुले त्यस्तो सेवामा कार्यरत कसैलाई पनि पेशागत हकहित र अधिकार प्राप्तिको लागि सौदावाजी गर्ने बाहेक अन्य राजनीतिक गतिविधिमा संलग्न हुने अधिकार नदिएको र...
विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्थालाई हटाउनुपर्छः शिक्षामन्त्री पुन

विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्थालाई हटाउनुपर्छः शिक्षामन्त्री पुन

सोमबार केशरमहलस्थीत मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री पुनले अहिले विश्वविद्यालयहरुमा राजनीति भइरहेको गुनासो आउने गरेको भन्दै विश्वविद्यालयमा राजनीति अन्त्य गर्न कुलपति प्रधानमन्त्री हुने व्यवस्था हटाउनुपर्ने बताएका हुन् ।...