नेभिगेशन
समाज

ब्रिलियन्ट एजुकेशनमा १० भन्दा धेरै ख्यातिप्राप्त विश्वविद्यालय एवम् कलेजका प्रतिनिधिसँग एकै पटक परामर्शको अवसर

काठमाडौँ । उच्च शिक्षाका लागि विदेश पढ्न जाने विद्यार्थीहरूका लागि ब्रिलियन्ट एजुकेसन एण्ड सर्भिसेज प्रालिले भोलि  बुधबार ‘एड्मिसन डे’ आयोजना गर्दैछ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शैक्षिक परामर्श क्षेत्रमा लामो समय देखि गुणस्तरीय काम गर्दै आएको ब्रिलियन्टले विश्वका १० भन्दा धेरै ख्यातिप्राप्त विश्वविद्यालय एवम् कलेजका प्रतिनिधिसँग नेपाली विद्यार्थीहरूलाई एकै छानामुनि परामर्श प्रदान गर्ने उद्देश्यले एक दिने कार्यक्रम गर्न लागेको हो । 
विदेशमा पढ्न जाने विद्यार्थीहरूलाई सही सूचना र जानकारी दिने उद्देश्यसहित आयोजना गरिएको ‘एड्मिसन डे’ सम्पूर्ण तयारी सकिएको ब्रिलियन्ट एजुकेशनका संस्थापक राजेन्द्र बरालले बताए । 

Ncell
Extreme Energy

‘ब्रिलियन्ट नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट स्वीकृति प्राप्त संस्था हो । पुतलीसडक (नबिल बैंकको अगाडि) केन्द्रीय कार्यालयमा बिहान ९ बजे देखि ‘एड्मिसन डे’ आयोजना हुँदैछ,’ बरालले भने । 

उनका अनुसार ‘एड्मिसन डे’ मा विद्यार्थीहरूले विभिन्न मुलुकका १० भन्दा बढी ख्यातिप्राप्त विश्वविद्यालय एवम् कलेजका प्रतिनिधिसँग एउटै छानामुनि भेट्ने अवसर पाउनेछन् ।

‘एजुकेशन डे’ मा विदेश पढ्न जान चाहने विद्यार्थीहरूले जान चाहेको गन्तव्य, ति देशका कानुनी प्रावधान, त्यहाँको शैक्षिक प्रणाली, आफूले पढ्न चाहेको कोर्सहरू, विश्वविद्यालय र करिअर निर्माणको लागि सबै आवश्यक जानकारी लिन सकिने संस्थापक बरालले बताए । 

brealiant--1755601356.jpg
एजुकेशनकी निर्देशक कल्पना बस्नेतका अनुसार विदेश पढ्न जान चाहने विद्यार्थीहरूलाई ब्रिलियन्टले सही गन्तव्यको लागि परामर्श दिँदै आएको र बुधबारको कार्यक्रम एक उत्कृष्ट अवसर भएको बताइन् ।

‘यो ‘एड्मिशन डे’ विदेश पढ्न जान चाहने विद्यार्थीहरूले एकै छानामुनिबाट आफ्नो शैक्षिक लक्ष्य प्राप्त गर्नका लागि आवश्यक सबै सूचना लिने र विश्वविद्यालय छनोट गर्ने उत्कृष्ट प्लेटफर्म हो,’ निर्देशक बस्नेतले भनिन् । 

उनकाअनुसार एडिमशन डेमा अष्ट्रेलिया, अमेरिका, न्युजिल्याण्ड, बेलायत, जर्मनी र क्यानडा लगायतका देशका ४९ भन्दा धेरै विश्वविद्यालय एवम् कलेजबारे विद्यार्थीले परामर्श पाउने छन् । ‘एड्मिशन डे’ को कार्यक्रममा सहभागी हुने विद्यार्थीहरूलाई एक एक गरेर परामर्श दिइने पनि कम्पनीले जनाएको छ । 

brealiant-1.jpg--1755601474.jpg
सो अवसरमा विद्यार्थीहरूले तत्काल भर्ना, पूर्ण छात्राबृति, आइइएलटीएस तथा पिटिएका कोर्शहरु अध्यायनमा विशेष छुट पाउने पनि निर्देशक बस्नेतले जानकारी दिइन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन

परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन

बिहीबार काठमाडौँको कीर्तिपुरमा बसेको विश्वविद्यालयको ६७ औं वार्षिक बैठकमा पोखरेलले त्रिविको मुख्य समस्याको रूपमा रहेको परीक्षा ढिलो हुने र नतिजा समयमा नआउने परिपाटीलाई सुधार गर्न निर्देशन दिएका हुन्...
मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

'सम्माननीय प्रधानमन्त्रीज्यूले मधेसमा वर्ल्ड क्लास विद्यालयहरू खुल्नुपर्छ भनेर मलाई सुझाव दिनुभएको छ, हाम्रो सल्लाह पनि भएको छ यो विषयमा,' उनले भने, 'हामी मधेसमा कम्तीमा सय वटा वर्ल्ड क्लास...
कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अध्ययन बिदा छानविन गर्न समिति गठन

कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अध्ययन बिदा छानविन गर्न समिति गठन

विश्वविद्यालयका रजिस्ट्रार प्रा डा सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त निर्देशन तथा विश्वविद्यालयको कार्यकारी परिषद्को निर्णयका आधारमा समिति गठन गरिएको...
केएमसीद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २३ लाख बढी सहयोग

केएमसीद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २३ लाख बढी सहयोग

विद्यालयका अनुसार कुल सहयोग रकममध्ये विद्यालय तथा कलेजको संस्थागततर्फबाट १५ लाख ३३ हजार ३३३ रुपैयाँ, शिक्षक तथा कर्मचारीका तर्फबाट ५ लाख ७५ हजार ७४७ रुपैयाँ र विद्यार्थीका तर्फबाट...