नेभिगेशन
समाज

नेपाल पत्रकार महासङ्घद्वारा अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरणका अवरोध हटाउन आग्रह

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरणको काम तत्काल खुलाउन सरकारसमक्ष अनुरोध गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महासङ्घका अध्यक्ष निर्मला शर्मा नेतृत्वको प्रतिनिधि मण्डलले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ समक्ष ज्ञापनपत्र बुझाउँदै नवीकरणको काम तत्काल खुलाउन अनुरोध गरेको हो । महासङ्घका महासचिव रामप्रसाद दाहालद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा अवरूद्ध दर्ता, नवीकरण सुरू नभए महासङ्घ आन्दोलनमा उत्रने उल्लेख छ ।

Ncell
Extreme Energy

ज्ञापनपत्र बुझ्दै मन्त्री गुरूङले अनलाइन सञ्चारमाध्यमलाई परेको असहजता अन्त्य गर्न सङ्क्रमणकालीन व्यवस्था गरिने र तत्काल नयाँ नियमावली पनि ल्याउने आश्वासन दिए। मन्त्रालयका सचिव राधिका अर्यालले सञ्चारमाध्यम दर्ता र नवीकरण सहज बनाउन पहल गरिने बताइन् । 

छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन, २०४८ संशोधन गरी अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरण स्थानीय प्रशासनमा गर्ने व्यवस्था पछि देशभर अनलाइन सञ्चारमाध्यमको दर्ता, नवीकरण र सञ्चालन अवरुद्ध छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी बाढीप्रभावितलाई कैदीबन्दीको सहयोग

भोटेकोशी बाढीप्रभावितलाई कैदीबन्दीको सहयोग

चितवन कारागारका कैदीबन्दीले भोटेकोशी बाढीप्रभावितलाई सहयोग गरेका छन् ।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभा आजदेखि

संयुक्त राष्ट्रसंघको ८१औँ महासभा आजदेखि

जलवायु परिवर्तनबाट प्रत्यक्षरुपमा प्रभावित नेपालले जलवायु उत्सर्जनमा कम योगदान गरेका देशहरुको आवाज र त्यसमा भएका मानवीय तथा भौतिक पूर्वाधारको क्षतिलगायतका मुद्दालाई राष्ट्रसंघमा प्राथमिकताका साथ उठाउने भएको छ ।
सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की

सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की

पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन र परिवर्तनका लागि आ–आफ्नो ठाउँबाट इमानदार, जिम्मेवार र चनाखो भएर कर्तव्य निर्वाह गर्न सबैसँग आग्रह गरेकी छिन्।