नेभिगेशन
समाज

नेकपा माओवादी केन्द्रको पार्टी कार्यालयमा शिक्षक महासंघको धर्ना

काठमाडौँ । शिक्षक महासंघले नेकपा माओवादी केन्द्रको पार्टी कार्यलयमा पेरिसडाँडामा शुक्रबार धर्ना दिएका छन। पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत शुक्रबार विहान ११ः०० बजे देखि दिउसो १ः०० बजेसम्म २ घण्टा नेकपा माओवादी केन्द्रको कार्यालयमा धर्ना बसी ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम रहेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यसअघि शिक्षक महासंघले आफ्नो पहिलो चरणको आन्दोलन अन्र्तगत नेपाली कांग्रेस, नेकपा एमालेको पार्टी कार्यालय घर्ना दिएर ध्यानाकर्षण पत्र बुझाइसकेको छ । सोही अनुसार शुक्रबार शिक्षक महासंघले माओवादीको कार्यालयमा धर्नामा बसेका हुन् । सरकारले आफुहरुसंग गरेको सहमति पूर्णरुपमा सम्बोधन नभएको र त्यसलाई सच्चाउनका लागि दवाव दिन शिक्षकहरु पुनः आन्दोलनमा होमिएका हुन  ।

Ncell
Extreme Energy

विधेयकमा उल्लेख धेरै बिषय सकारात्मक रहेपनि शिक्षक कर्मचारीका मुख्य सरोकार र विगतका सहमतिमा रहेका धेरै बिषयहरु अझै पनि सम्बोधन हुन नसकेकाले त्यसलाई सच्चाउनका लागि ध्यानाकर्षण गराउन पार्टीका कार्यालयमा धर्ना दिइएको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी बाढीप्रभावितलाई कैदीबन्दीको सहयोग

भोटेकोशी बाढीप्रभावितलाई कैदीबन्दीको सहयोग

चितवन कारागारका कैदीबन्दीले भोटेकोशी बाढीप्रभावितलाई सहयोग गरेका छन् ।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभा आजदेखि

संयुक्त राष्ट्रसंघको ८१औँ महासभा आजदेखि

जलवायु परिवर्तनबाट प्रत्यक्षरुपमा प्रभावित नेपालले जलवायु उत्सर्जनमा कम योगदान गरेका देशहरुको आवाज र त्यसमा भएका मानवीय तथा भौतिक पूर्वाधारको क्षतिलगायतका मुद्दालाई राष्ट्रसंघमा प्राथमिकताका साथ उठाउने भएको छ ।
सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की

सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की

पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन र परिवर्तनका लागि आ–आफ्नो ठाउँबाट इमानदार, जिम्मेवार र चनाखो भएर कर्तव्य निर्वाह गर्न सबैसँग आग्रह गरेकी छिन्।