नेभिगेशन
समाज

बाह्य शक्तिको हस्तक्षेपले मुलुकमा अस्थीरता देखिने गरेको छः सञ्चारमन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकमा अस्थीरता कायम हुनुमा प्रणालीलाई मात्रै दोष दिनु उचित नभएको बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा गुरुङले अस्थीरता निर्वाचन प्रणालीका कारण मात्रै नभइ दलहरुको कारणले पनि हुने गरेको बताएका हुन । उनले दलहरु मिलेर काम गर्न सके जस्तो प्रणाली भएपनि स्थीरता कायम हुन सक्ने धारणा राखे ।

Ncell
Extreme Energy

बाह्य शक्तिको हस्तक्षेपले समेत मुलुकमा अस्थीरता देखिने गरेको भन्दै उनले प्रणालीको सुधार गर्नुभन्दा पहिले दलहरुको कार्यशैलीमा सुधारको आवश्यकता रहेको उल्लेख गरे । गुरुङले संविधान संशोधन गर्दा पूर्ण समानुपातिक प्रणाली जानुपर्नेमा जोड दिए । पूर्ण समानुपातिक प्रणालीमा जान सके निर्वाचनमा नाममा हुने खर्च समेत नियन्त्रण हुने उनको भनाइ छ ।

त्यस्तै उनले आदिवासी जनजातिलाई संविधानले दिएको अधिकार कार्यान्वयनमा सरोकारवाला निकायहरु गम्भीर हुनुपर्ने बताए ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कालीगण्डकी बाढीप्रभावित राहुघाट जलविद्युत् आयोजना सञ्चालन

कालीगण्डकी बाढीप्रभावित राहुघाट जलविद्युत् आयोजना सञ्चालन

आयोजनाको प्रवर्द्धक नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले आवश्यक मर्मत तथा प्राविधिक कार्य सम्पन्न गरी २० मेगावाट क्षमताको एउटा युनिट सञ्चालनमा ल्याएको जानकारी...
नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति अशोकराज सिग्देलको उपस्थितिमा उक्त अभ्यासको पदक वितरण भएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको...
अनलाइनबाट विजुलीको बिल तिर्ने ग्राहकलाई विद्युत महसुलमा २.५ प्रतिशत छुट

अनलाइनबाट विजुलीको बिल तिर्ने ग्राहकलाई विद्युत महसुलमा २.५ प्रतिशत छुट

नेपाल विद्युत प्राधिकरणले  विजुलीको बिल अनलाइनबाट तिर्ने ग्राहकलाई थप सुविधा दिने निर्णय गरेको छ ।

भर्खरै