नेभिगेशन
मुख्य समाचार

बाह्य शक्तिको हस्तक्षेपले मुलुकमा अस्थीरता देखिने गरेको छः सञ्चारमन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकमा अस्थीरता कायम हुनुमा प्रणालीलाई मात्रै दोष दिनु उचित नभएको बताएका छन् ।

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा गुरुङले अस्थीरता निर्वाचन प्रणालीका कारण मात्रै नभइ दलहरुको कारणले पनि हुने गरेको बताएका हुन । उनले दलहरु मिलेर काम गर्न सके जस्तो प्रणाली भएपनि स्थीरता कायम हुन सक्ने धारणा राखे ।

बाह्य शक्तिको हस्तक्षेपले समेत मुलुकमा अस्थीरता देखिने गरेको भन्दै उनले प्रणालीको सुधार गर्नुभन्दा पहिले दलहरुको कार्यशैलीमा सुधारको आवश्यकता रहेको उल्लेख गरे । गुरुङले संविधान संशोधन गर्दा पूर्ण समानुपातिक प्रणाली जानुपर्नेमा जोड दिए । पूर्ण समानुपातिक प्रणालीमा जान सके निर्वाचनमा नाममा हुने खर्च समेत नियन्त्रण हुने उनको भनाइ छ ।

त्यस्तै उनले आदिवासी जनजातिलाई संविधानले दिएको अधिकार कार्यान्वयनमा सरोकारवाला निकायहरु गम्भीर हुनुपर्ने बताए ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
गुडीरहेको ट्याक्टरबाट खसेर एक जनाको मृत्यु

गुडीरहेको ट्याक्टरबाट खसेर एक जनाको मृत्यु

पिपलचौरीबाट लालपत्ता तर्फ आउँदै गरेको स.१त ५४३५ नम्बरको थ्रेसर जडित ट्याक्टरबाट खस्दा त्रियुगा ५ का ५८ वर्षीय दमशेर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा मतदाता नामावलीमा नाम दर्ता गराउँदै गरेका सर्वसाधारण(तस्बिरहरु)

जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा मतदाता नामावलीमा नाम दर्ता गराउँदै गरेका सर्वसाधारण(तस्बिरहरु)

आइतबार केही समय सर्भरमा समस्या आउँदा केही भीड देखिए पनि नामावली दर्ता गर्न भने त्यति धेरै समय नलाग्ने र झन्झट नरहेको सहभागीहरुले बताएका छन् ।
संविधान र लोकतन्त्रलाई उन्नत तथा सुदृढ बनाउन आगामी निर्वाचनलाई सफल पार्नुपर्छः राष्ट्रपति पौडेल

संविधान र लोकतन्त्रलाई उन्नत तथा सुदृढ बनाउन आगामी निर्वाचनलाई सफल पार्नुपर्छः राष्ट्रपति पौडेल

आइतबार सिंहदरबारमा सार्वजनिक सेवा प्रसारण नेपालको प्रथम वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले युवा पुस्ताको सुशासन र विकासप्रति प्रकट भएको चाहनालाई ध्यान दिँदै संविधान र लोकतन्त्रलाई अझ उन्नत...
लागुऔषधसहित दुई जना पक्राउ, कोठा खानतालासी गर्दा रिभल्वर भेटियो

लागुऔषधसहित दुई जना पक्राउ, कोठा खानतालासी गर्दा रिभल्वर भेटियो

प्रहरीले ९२० मिलिग्राम, नगद रु ३२ हजार र मोबाइल पाँच थानसहित पक्राउ परेका दुई जनाको कोठाबाट थप रिभल्वर दुई थान र गोली बरामद गरेको छ ।

भर्खरै