नेभिगेशन
समाज

संवादको वातावरण सृजना गरी सदनलाई आफ्नो मूल लयमा फर्काउन सभामुख घिमिरेको अपिल

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संवादको वातावरण सृजना गरी सदनलाई आफ्नो मूल लयमा फर्काउन अपिल गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबार प्रतिनिधिसभा बैठकमा सभामुख घिमिरेले भिजिट भिसा प्रकरणमा रास्वपा र राप्रपाले गरिरहको असन्तुष्टिका बारेमा सहमति खोज्न आफु प्रयत्नशील रहेको भन्दै संवादको वातावरण सृजना गरी सदनलाई आफ्नो मूल लयमा फर्काउन दलहरुलाई अपिल गरेका हुन ।

Ncell
Extreme Energy

सदन सुचारू बनाउन सरकार र राजनीतिक दलहरूबीच हुनुपर्ने छलफल र संवाद नभएकोप्रति उनले चिन्ता व्यक्त गरेका थिए । सभामुख घिमिरेले  बैठक सुरू हुनासाथ असहमति प्रदर्शन गर्ने र बाहिरिने प्रवृत्ति संस्थागत लोकतान्त्रिक प्रणाली र संसदीय अभ्यासका दृष्टिले दीर्घकालीनरूपमा हानिकारक सावित हुनसक्ने भएकाले सबै सचेत रहनु आवश्यक रहेको उल्लेख गरेका छन् ।

उनले संसद केवल असहमति अभिव्यक्त गर्ने स्थलमात्र नभइ राष्ट्रिय सहमतिको आवाज प्रकट गर्ने थलो पनि भएको बताए । सभामुख घिमिरेले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ पार्ने प्रयोजनका लागि संघीयतासँग प्रत्यक्ष सम्बन्धित विधेयकहरूलाई पारित गर्ने प्रक्रियामा गम्भीर र रचनात्मक बहस अपरिहार्य रहेकाले बैठक बहिष्कार नगरि सहभागी हुन आग्रह समेत गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की

सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की

पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन र परिवर्तनका लागि आ–आफ्नो ठाउँबाट इमानदार, जिम्मेवार र चनाखो भएर कर्तव्य निर्वाह गर्न सबैसँग आग्रह गरेकी छिन्।
१ वर्षमा जेनजीले के पाए ?

१ वर्षमा जेनजीले के पाए ?

रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन

रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन

रसुवाको भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन भएको दुई सातासम्म पनि श्रीमान्को पत्ता नलागेपछि जनकपुरधामकी पूजा साहको चिन्ता अझै बढ्दै गएको छ।