नेभिगेशन
मुख्य समाचार

उखु किसानको अनुदान बढाउन सांसदहरुद्वारा माग

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले उखु किसानलाई दिइँदै आएको अनुदान बढाउन माग गरेका छन् । उखु किसानलाई दिइँदै आएको अनुदान कटौती भएको विषयमा उनीहरुले ध्यानाकर्षण गराएका हुन । 
    
शुक्रबार बसेको बैठकको शून्य समयमा सांसद गङ्गाकुमारी बेल्वासेले उखु किसानलाई विगतमा दिइँदै आएको अनुदानलाई निरन्तरता दिनुपर्ने बताएकी हुन । सांसद गोपाल भट्टराईले बाढी र पहिरोका कारण अवरुद्ध छिमेकी मुलुक चीनसँगको तातोपानी र रसुवागढी नाका चाँडो सञ्चालनमा ल्याउन पहल गर्न सरकारसँग माग गरेका थिए । उनले कोरला नाका सञ्चालनमा ल्याउन समेत सरकारको ध्यानाकर्षण गराएका थिए ।

सांसद जगप्रसाद शर्माले सत्यनिरुपण तथा बेपत्ता व्यक्तिको छानबिनका लागि कानुन बनेको एक वर्ष भइसकेको अवस्थामा के कस्ता कार्य प्रगति भए भनेर जानकारी दिन माग गरेका थिए । सांसद तुलसाकुमारी दाहालले पछिल्लो समय महिला हिंसाका घटना बढ्दै गएको विषय उठाएकी थिइन । महिलाप्रतिको विभेद र हिंसाका घटनामा कमी ल्याउन सम्बन्धित निकायले पहल गर्नुपर्नेमा उनले जोड दिएकी थिइन ।

सांसद मायाप्रसाद शर्माले सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न चर्को शुल्क तोकिएको गुनासो गरिन । नेपाली अक्षरको सवारी नम्बर प्लेट राख्न आवश्यक रहेको उनले बताइन । सांसद शारदादेवी भट्टले वर्षायामसँगै डेङ्गी, मलेरिया, हैजालगायतका महामारीको जोखिम बढेको विषयमा सरकारको ध्यानाकर्षण गराएकी थिइन ।

सांसद सुमित्रा विसीले नेपालको भूमि लिपुलेक नाकाबाट भारत र चीनले व्यापारिक नाका खोल्ने गरी सहमति गरेका विषयमा सरकारले यस विषयलाई कूटनीतिक ढङ्गले समाधान गर्नुपर्ने धारणा व्यक्त  गरेकी थिइन । 

राष्ट्रियसभाको शुक्रबारको बैठकमा अर्थ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जवाफ दिने कार्यसूची रहेको छ । त्यस्तै, विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभामा पेस गर्ने कार्यतालिका रहेको छ ।

राष्ट्रियसभाका सचिव डा सुरेन्द्र अर्यालले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष टेबुल गर्नुहुने’ कार्यसूची आजका लागि तय भएको छ । त्यसैगरी, राष्ट्रियसभाको शुक्रबारको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले ‘सामाजिक सञ्जाल विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने जनाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
गुडीरहेको ट्याक्टरबाट खसेर एक जनाको मृत्यु

गुडीरहेको ट्याक्टरबाट खसेर एक जनाको मृत्यु

पिपलचौरीबाट लालपत्ता तर्फ आउँदै गरेको स.१त ५४३५ नम्बरको थ्रेसर जडित ट्याक्टरबाट खस्दा त्रियुगा ५ का ५८ वर्षीय दमशेर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा मतदाता नामावलीमा नाम दर्ता गराउँदै गरेका सर्वसाधारण(तस्बिरहरु)

जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा मतदाता नामावलीमा नाम दर्ता गराउँदै गरेका सर्वसाधारण(तस्बिरहरु)

आइतबार केही समय सर्भरमा समस्या आउँदा केही भीड देखिए पनि नामावली दर्ता गर्न भने त्यति धेरै समय नलाग्ने र झन्झट नरहेको सहभागीहरुले बताएका छन् ।
संविधान र लोकतन्त्रलाई उन्नत तथा सुदृढ बनाउन आगामी निर्वाचनलाई सफल पार्नुपर्छः राष्ट्रपति पौडेल

संविधान र लोकतन्त्रलाई उन्नत तथा सुदृढ बनाउन आगामी निर्वाचनलाई सफल पार्नुपर्छः राष्ट्रपति पौडेल

आइतबार सिंहदरबारमा सार्वजनिक सेवा प्रसारण नेपालको प्रथम वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले युवा पुस्ताको सुशासन र विकासप्रति प्रकट भएको चाहनालाई ध्यान दिँदै संविधान र लोकतन्त्रलाई अझ उन्नत...
लागुऔषधसहित दुई जना पक्राउ, कोठा खानतालासी गर्दा रिभल्वर भेटियो

लागुऔषधसहित दुई जना पक्राउ, कोठा खानतालासी गर्दा रिभल्वर भेटियो

प्रहरीले ९२० मिलिग्राम, नगद रु ३२ हजार र मोबाइल पाँच थानसहित पक्राउ परेका दुई जनाको कोठाबाट थप रिभल्वर दुई थान र गोली बरामद गरेको छ ।

भर्खरै