नेभिगेशन
समाज

उखु किसानको अनुदान बढाउन सांसदहरुद्वारा माग

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले उखु किसानलाई दिइँदै आएको अनुदान बढाउन माग गरेका छन् । उखु किसानलाई दिइँदै आएको अनुदान कटौती भएको विषयमा उनीहरुले ध्यानाकर्षण गराएका हुन । 
    
शुक्रबार बसेको बैठकको शून्य समयमा सांसद गङ्गाकुमारी बेल्वासेले उखु किसानलाई विगतमा दिइँदै आएको अनुदानलाई निरन्तरता दिनुपर्ने बताएकी हुन । सांसद गोपाल भट्टराईले बाढी र पहिरोका कारण अवरुद्ध छिमेकी मुलुक चीनसँगको तातोपानी र रसुवागढी नाका चाँडो सञ्चालनमा ल्याउन पहल गर्न सरकारसँग माग गरेका थिए । उनले कोरला नाका सञ्चालनमा ल्याउन समेत सरकारको ध्यानाकर्षण गराएका थिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सांसद जगप्रसाद शर्माले सत्यनिरुपण तथा बेपत्ता व्यक्तिको छानबिनका लागि कानुन बनेको एक वर्ष भइसकेको अवस्थामा के कस्ता कार्य प्रगति भए भनेर जानकारी दिन माग गरेका थिए । सांसद तुलसाकुमारी दाहालले पछिल्लो समय महिला हिंसाका घटना बढ्दै गएको विषय उठाएकी थिइन । महिलाप्रतिको विभेद र हिंसाका घटनामा कमी ल्याउन सम्बन्धित निकायले पहल गर्नुपर्नेमा उनले जोड दिएकी थिइन ।

Ncell
Extreme Energy

सांसद मायाप्रसाद शर्माले सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न चर्को शुल्क तोकिएको गुनासो गरिन । नेपाली अक्षरको सवारी नम्बर प्लेट राख्न आवश्यक रहेको उनले बताइन । सांसद शारदादेवी भट्टले वर्षायामसँगै डेङ्गी, मलेरिया, हैजालगायतका महामारीको जोखिम बढेको विषयमा सरकारको ध्यानाकर्षण गराएकी थिइन ।

सांसद सुमित्रा विसीले नेपालको भूमि लिपुलेक नाकाबाट भारत र चीनले व्यापारिक नाका खोल्ने गरी सहमति गरेका विषयमा सरकारले यस विषयलाई कूटनीतिक ढङ्गले समाधान गर्नुपर्ने धारणा व्यक्त  गरेकी थिइन । 

राष्ट्रियसभाको शुक्रबारको बैठकमा अर्थ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जवाफ दिने कार्यसूची रहेको छ । त्यस्तै, विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभामा पेस गर्ने कार्यतालिका रहेको छ ।

राष्ट्रियसभाका सचिव डा सुरेन्द्र अर्यालले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष टेबुल गर्नुहुने’ कार्यसूची आजका लागि तय भएको छ । त्यसैगरी, राष्ट्रियसभाको शुक्रबारको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले ‘सामाजिक सञ्जाल विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने जनाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कालीगण्डकी बाढीप्रभावित राहुघाट जलविद्युत् आयोजना सञ्चालन

कालीगण्डकी बाढीप्रभावित राहुघाट जलविद्युत् आयोजना सञ्चालन

आयोजनाको प्रवर्द्धक नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले आवश्यक मर्मत तथा प्राविधिक कार्य सम्पन्न गरी २० मेगावाट क्षमताको एउटा युनिट सञ्चालनमा ल्याएको जानकारी...
नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति अशोकराज सिग्देलको उपस्थितिमा उक्त अभ्यासको पदक वितरण भएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको...
अनलाइनबाट विजुलीको बिल तिर्ने ग्राहकलाई विद्युत महसुलमा २.५ प्रतिशत छुट

अनलाइनबाट विजुलीको बिल तिर्ने ग्राहकलाई विद्युत महसुलमा २.५ प्रतिशत छुट

नेपाल विद्युत प्राधिकरणले  विजुलीको बिल अनलाइनबाट तिर्ने ग्राहकलाई थप सुविधा दिने निर्णय गरेको छ ।

भर्खरै