नेभिगेशन
समाज

सुदूरपश्चिमको विकासमा लगानी गर्न आह्वान

काठमाडौँ । पर्यटकीय दृष्टिकोणले ‘भर्जिन ल्यान्ड’ का रूपमा रहेको सुदूरपश्चिममा लगानीका लागि सरोकार भएकाहरूलाई आह्वान गरिएको छ । सुदूरपश्चिम  प्रदेश लगानी तथा विकास सम्मेलनको पूर्वसन्ध्यामा सुदूरपश्चिम सरकारसँगको आयोजना र नेपाल पर्यटन बोर्डको सहकार्यमा शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भएको छलफलमा वक्ताहरूले सुदूरपश्चिममा लगानीकमा लागि आग्रह गरेका हुन ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेले सुदूरपश्चिमको पर्यटकीय पूर्वाधारमा लगानीका लागि आह्वान गरेका थिए । उनले सुदुरपश्चिममा लगानीको वातावरण बनाउन सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय गरी नीति निर्माण र योजना कार्यान्वयनमा ध्यान दिनुपर्ने खाँचो औँल्याएका थिए ।

Ncell
Extreme Energy

पर्यटनमन्त्री पाण्डेले भने, “सुदूरपश्चिम पर्यटक आकर्षणका मुख्य आधार प्रकृति, संस्कृति र साहसिक यात्राको सम्मिश्रण भएको प्रदेश हो । सुदुरपश्चिममा थुप्रै पर्यटकीय सम्भावना उजागर भइरहेका छन् । यस लगानी सम्मेलनमार्फत सुदूरपश्चिमका पर्यटकीय पूर्वाधारमा लगानी गर्न लगानीकर्ताहरूलाई आह्वान गर्दछु ।”

उनले लगानी सम्मेलनका लागि निजी क्षेत्रलाई विश्वासमा लिने र लगानीको वातावरण सिर्जना गर्न कानुनी उल्झन समाधान गर्ने र लगानीमैत्री नीति बनाउनेतर्फ ध्यान दिनुपर्नेमा जोड दिए । सुदूरपश्चिको पर्यटन विकासका लागि सुदूरपश्चिममा नेपाल पर्यटन बोर्डको कार्यालय यही वर्ष स्थापना गर्न बजेट विनियोजन गरिएको पनि मन्त्री पाण्डेले जानकारी दिए ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकार निजी क्षेत्रलाई लगानीका लागि स्वागत गर्न आतुर रहेको उल्लेख गरेका थिए । उनले भने, “हामी सुदूरपश्चिमका सम्भावनालाई लगानी सम्मेलनमार्फत राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउन चाहन्छौँ । यसका लागि स्वदेशका निजी क्षेत्रलाई लगानीका लागि आवश्यक कानुनी तथा लगानी सुरक्षाको ग्यारेन्टी गर्न सरकार प्रतिबद्ध छ ।”

मुख्यमन्त्री शाहले लगानी सम्मेलनमा सहभागी हुन र सुदुरपश्चिमको सम्भावनाको अध्ययन गर्दै लगानी गर्न आह्वान गरेका छन् । सुदूरपश्चिममा आगामी मङ्सिर १ र २ गते धनगढीमा लगानी सम्मेलन आयोजना हुने भएको छ । यसै सन्दर्भमा विभिन्न विधामा लगानीका लागि प्रदेश सरकारले विभिन्न निकायसँग छलफल गरिरहेको उनले बताए ।

कार्यक्रममा सुदूरपश्चिम सरकारका तर्फबाट सुदूरपश्चिममा पर्यटकीय सम्भावना र लगानीको वातावरणको स्थितिबारे प्रदेश नीति तथा योजना आयोगका सदस्य नृपबहादुर सुनार र लगानी तथा विकास सम्मेलन परियोजना विज्ञ दिलिप भट्टले प्रस्तुतीकरण गरिएको थियो । अन्तरक्रियामा होटल सङ्घका अध्यक्ष विनायक शाहले सुदूरपश्चिममा लगानीको प्रचुर सम्भावना रहेको भन्दै लगानीको वातावरण बनाइनुपर्नेमा जोड दिए ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ)  दीपकराज जोशीले सुदूरपश्चिममा पर्यटन विकासका लागि एकीकृत ढङ्गले अघि बढ्नुपर्नेमा जोड दिए ।

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) का महासचिव युविकाराज भण्डारी, नेपाल पर्वतारोहण सङ्घका उपाध्यक्ष ठाकुरराज पाँडे, सिद्धार्थ होटल एन्ड ग्रुप अफ कम्पनीका कार्यकारी निर्देशक कृष्ण न्यौपाने, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का महासचिव रामप्रसाद सेढाईं, नेपाल उद्योग परिसङ्घको पर्यटन समिति सभापति पम्फा धमला, नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज् (नारा) का महासचिव देवराज जोशीलगायत पर्यटन सम्बद्ध निकायका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा पर्यटनसम्बन्धी सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरूले सुदूरपश्चिममा लगानी गर्न आफूहरू तयार रहे भए पनि सरकारले आवश्यक नीति र लगानीको क्षेत्र पहिचान गर्नुपर्ने सुझाव दिएका थिए ।

सरकारले पछिल्लो समय सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमालहरूको आरोहण दुई वर्षका लागि निःशुल्क गरेको छ । सुदूरपश्चिमको धनगढी विमानस्थलको स्तरोन्नति र कञ्चनपुर विमानस्थल निर्माणको अन्तिम चरणमा रहेको जानकारी दिइएको थियो । छलफलमा सुदूरपश्चिम धार्मिक दृष्टिले पनि पर्यटकीय सम्भावना बोकेको क्षेत्र भएको उल्लेख गर्दै लगानीका लागि आह्वान गरिएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भन्सार विभागको महानिर्देशकमा यमलाल भुसाल र आन्तरिक राजश्वमा डा.भीष्मकुमार भुसाल नियुक्त

भन्सार विभागको महानिर्देशकमा यमलाल भुसाल र आन्तरिक राजश्वमा डा.भीष्मकुमार भुसाल नियुक्त

विभागमा यसअघि निमित्त महानिर्देशक भरतमणि पाण्डेयलाई अर्थमन्त्रालय बाहिरका निकायमा  सरुवा गरिएको छ । विभागको उपमहानिर्देशकमा भने प्रेम प्रसाद आचार्य नियुक्त भएका छन् ।
ललितपुरमा भएको दुर्व्यवहारको घटनामा गृहमन्त्रीले भने, ‘महिलाको साहसलाई सम्मान छ, दोषीलाई कारबाही गर्नेमा दृढ छु’

ललितपुरमा भएको दुर्व्यवहारको घटनामा गृहमन्त्रीले भने, ‘महिलाको साहसलाई सम्मान छ, दोषीलाई कारबाही गर्नेमा दृढ छु’

‘कुनै पनि महिला वा छोरीचेलीमाथि हुने यौन दुर्व्यवहार वा उत्पीडन सभ्य समाजका लागि कदापि स्वीकार्य छैन। पीडितले आफ्नो पीडा पुष्टि गर्न भिडियो सार्वजनिक गर्नुपर्ने अवस्था आउनु पनि आफैँमा...
सरकारी जग्गा ओगटेर बसेका ट्रेड युनियनका भवन तीन दिनभित्र खाली गर्न मन्त्रालयको निर्देशन

सरकारी जग्गा ओगटेर बसेका ट्रेड युनियनका भवन तीन दिनभित्र खाली गर्न मन्त्रालयको निर्देशन

मन्त्रालयका अनुसार नेपाल सरकारले निजामती कर्मचारीको ट्रेड युनियन सम्बन्धी व्यवस्था खारेज गरेपछि साविकमा राष्ट्रियस्तरका ट्रेड युनियनका रूपमा रहेका केही संगठनहरूले सरकारी स्वामित्वको जग्गा प्रयोग गरी निर्माण गरेका भवन...
अभागी नेयमारः पेलेको रेकर्ड तोडे, तर जिताउन सकेनन् विश्वकप, अन्त्यमा लिए सन्यास

अभागी नेयमारः पेलेको रेकर्ड तोडे, तर जिताउन सकेनन् विश्वकप, अन्त्यमा लिए सन्यास

नेयमार राष्ट्रिय टिमबाट डेब्यु गर्दा मात्र १८ वर्षका थिए । लगातार विश्व फुटबलमा सानदार प्रदर्शन गरेपछि नेयमारलाई ब्राजिलको भविष्यको रुपमा हेरिएको थियो । पेलेको उत्तराधिकारी मानिएको थियो ।...

भर्खरै