नेभिगेशन
समाज

लिपुलेकबाट व्यापारिक नाका खोल्ने भारत–चीनको सहमतिप्रति सांसदहरुको आपत्ति

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरूले नेपाली भूमि लिपुलेक क्षेत्रबाट व्यापारिक नाका खोल्नेगरी छिमेकी मुलुक चीन र भारतबीच भएको सहमतिप्रति आपत्ति जनाउँदै यो विवादको समाधानका लागि गम्भीर भएर कूटनीतिक पहल थाल्न सरकारको ध्यानाकर्षण गराएका छन् ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

छिमेकी देश चीन र भारततर्फ निकट भविष्यमा हुन गइरहेको प्रधानमन्त्रीको औपचारिक भ्रमणका क्रममा सीमा विवादको विषयलाई त्रिपक्षीय सहमतिबाट टुङ्ग्याउने गरी पहल थाल्नुपर्ने सुझाव उनीहरुले दिएका थिए । 

Ncell
Extreme Energy

त्यस्तै, नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानी मुलुकको सार्वभौमिकता र अखण्डतासँग जोडिएको विषय भएकाले यसमा राष्ट्रिय सहमतिका लागि सर्वदलीय बैठक बोलाएर सुझाव लिनुपर्ने धारणा राख्दै उनीहरुले सवारीसाधनमा ‘इम्बोस्ड नम्बर प्लेट’ जडान गर्दा देवनागरिक लिपि उल्लेख गर्न सरकारको ध्यानाकर्षण गराएका थिए । 

राष्ट्रियसभाको शुक्रबारको बैठकको विशेष समयमा नेपाली कांग्रेसका सांसद पदमबहादुर परियारले प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा लिपुलेक, लिम्पियाधुरा र कालापानी सीमा विवादको विषयलाई गम्भीर रुपमा उठाइनुपर्ने धारणा व्यक्त गरेका थिए । नेपालले यस विषयमा चीन र भारत दुवै मुलुकलाई एकै ठाउँमा राखेर समस्याका समाधान खोजिनुपर्ने उनको भनाइ थियो ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद सुरेशकुमार आलेमगरले भारत र चीनले नेपालको भूमि लिपुलेक हुँदै व्यापार गर्ने कुरामा नेपालको विमति रहेको बताए । छिमेकी देशहरूले नेपालको भूमिसँग सम्बन्धित विषयमा सहमति गर्नेक्रममा नेपाललाई बेवास्ता गरेकामा आपत्ति व्यक्त गर्दै कूटनीतिक प्रक्रियाबाट समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।
     
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद मदनकुमारी शाह (गरिमा)ले प्रधानमन्त्रीको औपचारिक चीन भ्रमणबारे राष्ट्रियसभालाई जानकारी नगराइएकोप्रति गुनासो गरेका थिए । प्रधानमन्त्री चीन भ्रणबाट फर्केर आएपछि भ्रमणका क्रममा भएका उपलब्धिका विषयबारे जानकारी गराउनुपर्ने धारणा व्यक्त गरेकी थिइन । 

अर्का सांसद वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन र भारत भ्रमणका क्रममा सीमा विवादको विषयलाई गम्भीर रुपमा उठाइनुपर्ने र सीमा विवादसम्बन्धी समस्या दिगो रुपमा समाधान गर्न सरकारले तत्पराता देखाउनुपर्ने धारणा व्यक्त गरेका थिए । 

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद गङ्गाकुमारी वेल्वासेले नेपालप्रति भारतले हेपाहा व्यवहार देखाउने गरेको टिप्पणी गर्दै नेपाल र भारतबीच नागरिकस्तरमा बलियो सम्बन्ध स्थापित रहे पनि विभिन्न कालखण्डमा भएका असमान सन्धिका कारण समस्या सिर्जना भएकाले त्यसलाई सच्याउन पहल गर्नुपर्नेमा जोड दिएकी थिइन ।   

नेपाली कांग्रेसका सांसद विष्णुदेवी पुडासैनीले छोराछोरीको कमाइबाट निश्चित प्रतिशत रकम ज्येष्ठ नागरिकका लागि छुट्याउने कानुन बनाउन आवश्यक रहेको बताइन । ज्येष्ठ नागरिकको रेखदेख तथा स्याहारसुसार गर्ने दायित्व राज्यको समेत भएको उल्लेख गर्दै उनले त्यससम्बन्धी समस्या सम्बोधन गर्नेगरी कानुन निर्माण गरिनुपर्नेमा जोड दिएकी थिइन । 

जनता समाजवादी पार्टी नेपालका सांसद मृगेन्द्रकुमार सिंह यादवले किसानका समस्या समाधानका लागि सरकार जिम्मेवार हुन नसकेको बताए । अहिले अनुदान घटाएको विषयमा उखु किसान माइतीघर मण्डलामा आन्दोलनरत रहेको, दुग्ध किसानको बक्यौता बाँकी रहेको, बीउ तथा मलखाद समयमा पाउन नसकेको उल्लेख गर्दै ती समस्या समाधानका लागि तत्काल पहल गर्न अनुरोध गरेका थिए । त्यस्तै, चुरे दोहन र जङ्गल विनाश रोक्नका लागि पनि उनले सरकारको ध्यानाकर्षण गराएका थिए ।

विशेष समयमा भाग लिँदै सांसद सुमीत्रा बिसीले पछिल्लो समय महिला हिंसाका घटना बढेको उल्लेख गर्दै विभेद र हिंसा न्यूनीकरणका लागि अभियान थाल्नुपर्ने धारणा व्यक्त गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पासपोर्टसम्बन्धी नयाँ कानुन ल्याउँदैछ सरकार, विदेशमा रहेका नेपालीले सहजै पाउने

पासपोर्टसम्बन्धी नयाँ कानुन ल्याउँदैछ सरकार, विदेशमा रहेका नेपालीले सहजै पाउने

त्यसभन्दा अघि पनि राज्यका निकायमा बसेकाहरूले पासपोर्ट दुरूपयोग गरेको घटना सार्वजनिक नभएको होइन । कतिले सफाइ पाए, कतिले अझै मुद्दा खेपिरहेका छन् । सरकारले दुरुपयोगमा कठोर बन्ने गरी...
राप्रपाका तीन प्रदेश सांसदलाई १२ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन

राप्रपाका तीन प्रदेश सांसदलाई १२ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार समितिको निर्णयबारे सम्बन्धित प्रदेशसभा सदस्यहरूलाई टेलिफोन, म्यासेज, म्यासेन्जर, भाइबर, ह्वाट्सएपलगायत विभिन्न माध्यमबाट सूचना पठाइएको छ।
टीकापुर घटनाबारे लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने मन्त्री चौधरीको प्रतिवद्धता

टीकापुर घटनाबारे लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने मन्त्री चौधरीको प्रतिवद्धता

थारू कल्याणकारिणी सभाले हरेक वर्ष भदौ ७ गते टीकापुर विद्रोह दिवसका रूपमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ। यस वर्ष पनि ‘टीकापुर विद्रोह, आन्दोलनको माग मुद्दा एवं अबको...
२१ सिट हुँदा प्रधानमन्त्री बन्न मेरो मात्रै हस्ताक्षर बाँकी राखेर प्रस्ताव आएको थियोः रवि लामिछाने

२१ सिट हुँदा प्रधानमन्त्री बन्न मेरो मात्रै हस्ताक्षर बाँकी राखेर प्रस्ताव आएको थियोः रवि लामिछाने

काठमाडौँमा आयोजित पार्टीको नीति, संगठन र नेतृत्व कार्यशालामा सम्बोधन गर्दै उनले पार्टीका नेताहरुलाई उनले सो कुरा बताएका हुन् । उनले भने, ‘मलाइ २१ सिटको दलको नेताको रुपमा प्रधानमन्त्री...