नेभिगेशन
समाज

निजामती विधेयकमा ‘कुलिङ अफ पिरियड’ राख्नेमा सहमति जुट्यो

काठमाडौँ । निजामती विधेयकमा ‘कुलिङ अफ पिरियड’को व्यवस्था समेटिने भएको छ । प्रतिनिधिसभाबाट पारित भइसकेपछि विवादको उत्कर्षमा पुगेको यस व्यवस्थालाई आज राष्ट्रियसभाकोे विधायन व्यवस्थापन समितिले विधेयकमा राख्नुपर्ने निर्णय गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

समितिमा सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि दफावार छलफलका क्रममा दुई वर्षको कुलिङ अफ पिरियड राख्ने निर्णयमा टुङ्गो लागेको हो । यो व्यवस्थामा ‘निजामती कर्मचारी वा अन्य सरकारी सेवाबाट राजीनामा दिएको वा अवकाश भएको कर्मचारीले सेवाबाट अवकाश भएको मितिले दुई वर्ष अवधि पूरा नभई कुनै पनि संवैधानिक वा सरकारी पदमा नियुक्ति पाउनेछैन’ भन्ने प्रावधान राखिएको छ ।

Marvel
Extreme Energy

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले यो विषय सकारात्मक ढङ्गले अघि बढाउनुपर्ने बताइन् । उनले भनिन्, “यस विधेयकमा कुलिङ अफ पिरियडबाहेक पनि महत्त्वपूर्ण विषय छन् । निजामती कर्मचारीको नियुक्ति, सरुवा, व्यवस्थापनको विषय छ । अब निजामती विधेयकमा कुलिङ अफ पिरियडको व्यवस्था राखेर जानुपर्छ भन्ने मान्यता स्थापित भयो । सबै सकारात्मक सोचका साथ निष्कर्षमा पुग्न जरुरी छ । भोलि अभ्यासमा जाँदा कोहीमाथि अन्याय भएको महसुस भयो वा व्यावहारिक भएन भने सच्याएर संशोधन गरेर पनि जान सकिन्छ । त्यसैले यो विधेयक छिटो समिति र सभाबाट पारित हुनुपर्छ ।”

सांसदहरूले कुलिङ अफ पिरियड राजपत्राङ्कित उच्च तहका कमचारी (मुख्यसचिव, सचिव, सहसचिव) लाई लागू हुने तर सोभन्दा मुनिको कर्मचारीलाई लागू नहुने व्यवस्थामा सहमति जनाएका छन् ।  

समिति सभापति तुलसाकुमारी दाहालले समितिमा सहमति भएका व्यवस्थालाई भाषा मिलाएर प्रतिवेदन लेखन गर्न समिति सचिवालयलाई निर्देशन दिइन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सम्झौताको म्याद सकिएको एक वर्ष बित्दा पनि मुग्लिन–मलेखु सडकको प्रगति ४८ प्रतिशत मात्रै

सम्झौताको म्याद सकिएको एक वर्ष बित्दा पनि मुग्लिन–मलेखु सडकको प्रगति ४८ प्रतिशत मात्रै

पृथ्वी राजमार्गको मुग्लिन–मलेखु सडक विस्तारको काम सम्झौताको म्याद सकिएको एक वर्ष बित्दासमेत आधा पनि पूरा हुन सकेको छैन। दुई पटक म्याद थप गर्दा पनि आयोजनाको भौतिक प्रगति ४८...
अनुदानको मलको हिसाब देखाउन नसक्ने कृषि भण्डारलाई दुई लाख जरिवाना

अनुदानको मलको हिसाब देखाउन नसक्ने कृषि भण्डारलाई दुई लाख जरिवाना

अनुदानमा प्राप्त रासायनिक मलको बिक्री तथा मौज्दात विवरण देखाउन नसकेपछि झापाको बुद्धशान्तिस्थित एक कृषि भण्डारलाई जिल्ला प्रशासन कार्यालयले दुई लाख रुपैयाँ जरिवाना गरेको छ।
गुणस्तरहीन सेवा दिएर नाफा कमाउने दिन गए, कानुन नमान्ने कम्पनीलाई सहज हुँदैन : सञ्चारमन्त्री

गुणस्तरहीन सेवा दिएर नाफा कमाउने दिन गए, कानुन नमान्ने कम्पनीलाई सहज हुँदैन : सञ्चारमन्त्री

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले दूरसञ्चार सेवाको गुणस्तरमा सम्झौता गर्ने र कानुनी दायित्व पूरा नगर्ने सेवा प्रदायकमाथि कडा कारबाही गर्ने चेतावनी दिएका छन्।
प्रधानमन्त्रीको भारत भ्रमण सत्ता स्वार्थका लागि लम्पसार पर्ने प्रवृत्तिको पुनरावृत्ति : भीम रावल

प्रधानमन्त्रीको भारत भ्रमण सत्ता स्वार्थका लागि लम्पसार पर्ने प्रवृत्तिको पुनरावृत्ति : भीम रावल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपालको राष्ट्रिय हितविपरीत सम्झौता भएको आरोप लगाएका छन्। उनले सत्ता स्वार्थका लागि विगतमा विदेशी...

भर्खरै