नेभिगेशन
समाज

‘चौरासीको निर्वाचनमा राप्रपा पहिलो पार्टी बन्छ’ : राजेन्द्र लिङ्देन

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा राप्रपा मुलुकको पहिलो पार्टी बन्ने भएकाले सोही अनुसार तयारी थाल्न नेता तथा कार्यकर्तालाई आग्रह गरे । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पार्टीको ११औँ जिल्ला अधिवेशनलाई आज विर्तामोडमा सम्बोधन गर्दै उहाँले राप्रपा २०८४ को निर्वाचनमा मुलुकको पहिलो पार्टी बन्ने विश्वास व्यक्त गर्दै जनताले पार्टीप्रति आशा गरेका बताए । 

Ncell
Extreme Energy

अध्यक्ष लिङ्देनले संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचन प्रणालीबाट कार्यकारी प्रधानमन्त्री चुन्ने व्यवस्था गर्न माग गरे । उनले भ्रष्टाचार र भ्रष्ट प्रवृत्तिविरुद्ध पार्टीभित्र र बाहिर राप्रपाले कुनै सम्झौता नगर्ने धारणा राखे । पार्टीभित्र अनुशासन नमान्ने र अवसर मात्र खोज्नेहरू अब सचेत हुनुपर्ने उनको भनाइ छ ।

“राप्रपा एउटा पार्टी मात्र होइन, भ्रष्टाचारविरुद्धको अभियान पनि हो । पार्टी बलियो भएमा मुलुक समृद्ध बन्छ । राप्रपा भ्रष्टाचार र भ्रष्ट व्यवस्थाविरुद्ध सदैव उभिने छ”, अध्यक्ष लिङ्देनले भने । 

राप्रपाका प्रवक्ता एवं प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले मुलुकको अवस्था बदल्न देशको व्यवस्था बदल्नुपर्ने खाँचो औँल्याए । “हाम्रा पुस्ताका लागि पनि मुलुकको अवस्था र व्यवस्था दुवै बदल्नुपर्ने जरुरी छ, यसका लागि पार्टीले सडक र सदनबाट अगुवाइ गर्नेछ ।” 

पार्टीकी केन्द्रीय सदस्य खुश्वु ओलीले हाम्रै पालामा देश बनाउने हो भने राप्रपाले आगामी निर्वाचनमा बहुमत ल्याएर सरकारको नेतृत्व गर्नुपर्ने धारणा राखे । अधिवेशनले केशव ओझाको अध्यक्षता जिल्ला कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कालीगण्डकी बाढीप्रभावित राहुघाट जलविद्युत् आयोजना सञ्चालन

कालीगण्डकी बाढीप्रभावित राहुघाट जलविद्युत् आयोजना सञ्चालन

आयोजनाको प्रवर्द्धक नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले आवश्यक मर्मत तथा प्राविधिक कार्य सम्पन्न गरी २० मेगावाट क्षमताको एउटा युनिट सञ्चालनमा ल्याएको जानकारी...
नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति अशोकराज सिग्देलको उपस्थितिमा उक्त अभ्यासको पदक वितरण भएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको...
अनलाइनबाट विजुलीको बिल तिर्ने ग्राहकलाई विद्युत महसुलमा २.५ प्रतिशत छुट

अनलाइनबाट विजुलीको बिल तिर्ने ग्राहकलाई विद्युत महसुलमा २.५ प्रतिशत छुट

नेपाल विद्युत प्राधिकरणले  विजुलीको बिल अनलाइनबाट तिर्ने ग्राहकलाई थप सुविधा दिने निर्णय गरेको छ ।

भर्खरै