नेभिगेशन
मुख्य समाचार

रुपन्देही ३ का लागि रास्वापले आज उम्मेदवार घोषणा गर्ने, को बन्ला उम्मेदवार ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले आज रुपन्देही ३ का लागि आफ्नो उम्मेदवार घोषणा गर्ने भएको छ । रास्वपाका प्रवक्ता मनिष झाका अनुसार सचिवालय बैठकपछि उम्मेदवारको नाममा घोषणा हुने छ । 

रास्वपाले दिउँसो १ः३० बजे सचिवालय बैठक बोलाएको छ । बैठकमा प्रारम्भिक निर्वाचनमा सहभागी भएको उम्मेदवार मध्ये एक जनालाई उम्मेदवारका रुपमा टुंगो लगाउने छ । त्यस लगत्तै रुपन्देहीबाटै केही व्यक्तीहरु रास्वपा प्रवेश गर्ने कार्यक्रम तय भएको प्रवक्ता झाले जानकारी दिए । त्यसलगत्तै उम्मेदवारको घोषणा हुने छ । 

कात्तिक १७ गते रुपन्देही ३ मा हुने उपनिर्वाचनका लागि रास्वपाले प्रारम्भिक निर्वाचन गरेको थियो । जसमा ९ जना आकांक्षी सहभागी भएका छन् । कानुन व्यवसायी सुलभ खरेल, डा.लेखजंग थापा, ज्ञानु पौडेल, जितबहादुर गुप्ता, मधुप्रसाद अर्याल, पार्थिवेन्द्र उपाध्याय, कुसुम महर्जन, पुनमकुमारी अग्रवाल र रचना क्षेत्री आकांक्षी छन् ।

आकांक्षीहरु मध्ये सुलभ खरेल सम्भावित उम्मेदवारका रुपमा देखिएका छन् । यो क्षेत्रबाट २०७९ को निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट निर्वाचित सांसद दीपक बोहराको निधन भएपछि रुपन्देही ३ रिक्त रहेको थियो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
एनपिएलः सुदूरपश्चिमको दोस्रो जित, शीर्षस्थानमा उक्लियो

एनपिएलः सुदूरपश्चिमको दोस्रो जित, शीर्षस्थानमा उक्लियो

पहिलो खेलमा सुदूरपश्चिमले काठमाडौँ गोर्खाजमाथि २९ रनको जित निकाल्दै सुखद सुरुआत गरेको थियो । योसँगै पोखरा दोस्रो खेलमा पनि पराजित भएको हो । पहिलो खेलमा पोखरा विराटनगर किङ्ससँग...
कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गरेको आरोपमा ५३ जनामाथि मुद्दा

कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गरेको आरोपमा ५३ जनामाथि मुद्दा

तीमध्ये १४ जना धरौटीमा छुटेको र ३९ जनामाथि अनुसन्धान भइरहेको उनले बताए । वडा प्रहरी कार्यालय बैदामबाट तीन जना र अन्यलाई जिल्ला प्रहरी कार्यालयबाट मुद्दा चलाइएको हो ।...
जिल्ला सुरक्षा समिति र जेन जी समूहबीच वार्ता जारी(तस्बिरहरु)

जिल्ला सुरक्षा समिति र जेन जी समूहबीच वार्ता जारी(तस्बिरहरु)

बुधबार बारा जिल्लाको सिमरामा जेन जी समूह र नेकपा एमाले निकट नेता तथा कार्यकर्ता बीच भएको झडप र त्यस पछिको सिर्जित अवस्था अन्त्यका लागि शुक्रबार सशस्त्र प्रहरी बल,...
‘जेनजी’ अगुवा र प्रशासनबीच वार्ता, सिमराको अवस्था सामान्य बन्दै

‘जेनजी’ अगुवा र प्रशासनबीच वार्ता, सिमराको अवस्था सामान्य बन्दै

वार्तामा ‘जेनजी’ पक्षबाट बारा संयोजक सम्राट उपाध्यायसहित १८ जना र प्रशासनका तर्फबाट प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रसहित सुरक्षा निकायका प्रमुखको सहभागिता रहेको सहायक प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम भट्टराईले...