नेभिगेशन
समाज

रविलाई भेट्न नख्खु कारागार जाँदै उपनिर्वाचनमा रास्वपाबाट उम्मेदवारका आकांक्षी ९ जना

काठमाडौँ । रुपन्देही ३ मा हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवार बन्न प्रतिस्पर्धामा रहेका ९ जना प्रारम्भिक उम्मेदवार आज सभापति रवि लामिछाने भेट्न ललितपुरस्थित नक्खु कारागार जाने भएका छन्। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रास्वपाका अनुसार  उनीहरू अहिले बिहान ११ बजे सभापतिसँग भेटवार्ता गर्न नक्खु कारागार पुग्ने भएका हुन्। उनीहरुलाई सकेसम्म सामूहिकरुपमा भेटघाट गर्ने वातावरण मिलाइने जनाइएको छ । यस्तै रास्वपाले आज रुपन्देही ३ का लागि आफ्नो उम्मेदवार घोषणा गर्ने भएको छ । रास्वपाका प्रवक्ता मनिष झाका अनुसार सचिवालय बैठकपछि उम्मेदवारको नाममा घोषणा हुने छ । 

Ncell
Extreme Energy

रास्वपाले दिउँसो १ः३० बजे सचिवालय बैठक बोलाएको छ । बैठकमा प्रारम्भिक निर्वाचनमा सहभागी भएको उम्मेदवार मध्ये एक जनालाई उम्मेदवारका रुपमा टुंगो लगाउने छ । त्यस लगत्तै रुपन्देहीबाटै केही व्यक्तीहरु रास्वपा प्रवेश गर्ने कार्यक्रम तय भएको प्रवक्ता झाले जानकारी दिए । त्यसलगत्तै उम्मेदवारको घोषणा हुने छ । 

कात्तिक १७ गते रुपन्देही ३ मा हुने उपनिर्वाचनका लागि रास्वपाले प्रारम्भिक निर्वाचन गरेको थियो । जसमा ९ जना आकांक्षी सहभागी भएका छन् । कानुन व्यवसायी सुलभ खरेल, डा.लेखजंग थापा, ज्ञानु पौडेल, जितबहादुर गुप्ता, मधुप्रसाद अर्याल, पार्थिवेन्द्र उपाध्याय, कुसुम महर्जन, पुनमकुमारी अग्रवाल र रचना क्षेत्री आकांक्षी छन् ।

आकांक्षीहरु मध्ये सुलभ खरेल सम्भावित उम्मेदवारका रुपमा देखिएका छन् । यो क्षेत्रबाट २०७९ को निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट निर्वाचित सांसद दीपक बोहराको निधन भएपछि रुपन्देही ३ रिक्त रहेको थियो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की

सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की

पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन र परिवर्तनका लागि आ–आफ्नो ठाउँबाट इमानदार, जिम्मेवार र चनाखो भएर कर्तव्य निर्वाह गर्न सबैसँग आग्रह गरेकी छिन्।
१ वर्षमा जेनजीले के पाए ?

१ वर्षमा जेनजीले के पाए ?

रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन

रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन

रसुवाको भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन भएको दुई सातासम्म पनि श्रीमान्को पत्ता नलागेपछि जनकपुरधामकी पूजा साहको चिन्ता अझै बढ्दै गएको छ।