नेभिगेशन
समाज

रवि लामिछानेलाई भेट्न नख्खु कारागारमा उम्मेदवारका आकांक्षी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रूपन्देही–३ का ९ जना उम्मेदवार आंकाक्षी सभापति रवि लामिछानेलाई भेट्न नख्खु कारागार पुगेका छन्। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उम्मेदवारीको प्रतिस्पर्धामा रहेका सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा.लेखजङ्ग थापा, ज्ञानु पौड्याल, जितबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनमकुमारी अग्रवाल र मधुप्रसाद अर्याल सभापति लामिछाने भेट्न आइतबार बिहान नख्खु कारागार पुगेका हुन्।
आजै उम्मेदवार टुंगो लगाउने तयारी गरेको रास्वपाले त्यसअघि सभापतिसँग सबैलाई भेटाउने रणनिति बनाएको थियो ।  सोहि अनसार अहिले सबै जनाले रास्वपा सभापति लामिछानेलाई भेटीरहेको रास्वपाले जनाएको छ । 
रास्वपाले आज दिउँसो १ः३० बजे सचिवालय बैठकबाट उम्मेदवारको टुंगो लगाउने बताएपनि सबै उम्मेदवारसँग सभापतिले भेट्न समय लागेकाले सचिवालय बैठक समेत केहिबेर ढिला हुने जनाइएको छ । 

Ncell
Extreme Energy

उम्मेदवारले भेटेपछि रास्वपाका कार्यवहाक सभापति डिपी अर्यालय, उपसभापति डा.स्वर्णीम वाग्लेले भेट गर्ने छन् । त्यसपछि मात्रै सचिवालय बैठक बसेर उम्मेदवारको नाममा टुंगो लाग्ने रास्वपाका एक सचिवालय सदस्यले जानकारी दिए । 

यसअघिनै रास्वपाका प्रवक्ता मनिष झाले आजै रास्वपामा रुपन्देही ३ तथा मधेशका सक्रिय युवा तथा नेताहरु पार्टी प्रवेश गराउने कार्यत्रम समेत रहेको बताएका थिए । उनीहरुलाई पार्टी प्रवेश गराएपछि उम्मेदवार घोषणा हुने भएकाले सम्भवत साढे ४ बजेपछि मात्रै उम्मेदवारको नाममा सर्वाजनिक गरिने जनाईएको छ । 

रास्वपाले प्राइमरी इलेक्सनमार्फत् रूपन्देही–३ को उम्मेदवार छनोट गरेको छ। रूपन्देही–३ मा आगामी असोज २१ गते उम्मेदवारी दर्ताको कार्यतालिका छ। कात्तिक १७ गते रूपन्देही–३ मा हुने उपनिर्वाचनका लागि उम्मेदवार बन्न रास्वपाबाट ९ जना प्रतिस्पर्धी थिए। 

उनीहरूबीच लिडरसिप एकेडेमीको अभ्यासमार्फत् प्रतिस्पर्धा र प्राइमरी इलेक्सन गराइएको थियो। प्राइमरी इलेक्सनमा सम्बन्धित निर्वाचन क्षेत्रका पार्टी सदस्य, स्थानीय, जिल्ला र प्रदेश समिति र केन्द्रीय समिति सदस्यले पनि मत हाल्ने व्यवस्था थियो।

उम्मेदवार छनोट कार्यविधिअनुसार लिडरसिप एकेडेमी, पोलिटिकल प्रोक्सिमिटी, समावेशितालाई ५० प्रतिशत मतभार र प्राइमरी इलेक्सनलाई ५० प्रतिशत मत भार तोकिएको थियो।

प्राइमरी इलेक्सनको ५० प्रतिशत मतभारमा सम्बन्धित निर्वाचन क्षेत्रका पार्टी सदस्यको मतको हिस्सा ५० प्रतिशत, तहगत कमिटीको मतको हिस्सा ५ र केन्द्रीय सदस्यको मतको हिस्सा ५ प्रतिशत रहेको रास्वपाले बताएको छ।
उपनिर्वाचनका लागि रास्वपाले प्रारम्भिक निर्वाचन गरेको थियो । जसमा ९ जना आकांक्षी सहभागी भएका छन् । कानुन व्यवसायी सुलभ खरेल, डा.लेखजंग थापा, ज्ञानु पौडेल, जितबहादुर गुप्ता, मधुप्रसाद अर्याल, पार्थिवेन्द्र उपाध्याय, कुसुम महर्जन, पुनमकुमारी अग्रवाल र रचना क्षेत्री आकांक्षी छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की

सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की

पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन र परिवर्तनका लागि आ–आफ्नो ठाउँबाट इमानदार, जिम्मेवार र चनाखो भएर कर्तव्य निर्वाह गर्न सबैसँग आग्रह गरेकी छिन्।
१ वर्षमा जेनजीले के पाए ?

१ वर्षमा जेनजीले के पाए ?

रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन

रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन

रसुवाको भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन भएको दुई सातासम्म पनि श्रीमान्को पत्ता नलागेपछि जनकपुरधामकी पूजा साहको चिन्ता अझै बढ्दै गएको छ।