नेभिगेशन
मुख्य समाचार

रवि लामिछानेलाई भेट्न नख्खु कारागारमा उम्मेदवारका आकांक्षी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रूपन्देही–३ का ९ जना उम्मेदवार आंकाक्षी सभापति रवि लामिछानेलाई भेट्न नख्खु कारागार पुगेका छन्। 

उम्मेदवारीको प्रतिस्पर्धामा रहेका सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा.लेखजङ्ग थापा, ज्ञानु पौड्याल, जितबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनमकुमारी अग्रवाल र मधुप्रसाद अर्याल सभापति लामिछाने भेट्न आइतबार बिहान नख्खु कारागार पुगेका हुन्।
आजै उम्मेदवार टुंगो लगाउने तयारी गरेको रास्वपाले त्यसअघि सभापतिसँग सबैलाई भेटाउने रणनिति बनाएको थियो ।  सोहि अनसार अहिले सबै जनाले रास्वपा सभापति लामिछानेलाई भेटीरहेको रास्वपाले जनाएको छ । 
रास्वपाले आज दिउँसो १ः३० बजे सचिवालय बैठकबाट उम्मेदवारको टुंगो लगाउने बताएपनि सबै उम्मेदवारसँग सभापतिले भेट्न समय लागेकाले सचिवालय बैठक समेत केहिबेर ढिला हुने जनाइएको छ । 

उम्मेदवारले भेटेपछि रास्वपाका कार्यवहाक सभापति डिपी अर्यालय, उपसभापति डा.स्वर्णीम वाग्लेले भेट गर्ने छन् । त्यसपछि मात्रै सचिवालय बैठक बसेर उम्मेदवारको नाममा टुंगो लाग्ने रास्वपाका एक सचिवालय सदस्यले जानकारी दिए । 

यसअघिनै रास्वपाका प्रवक्ता मनिष झाले आजै रास्वपामा रुपन्देही ३ तथा मधेशका सक्रिय युवा तथा नेताहरु पार्टी प्रवेश गराउने कार्यत्रम समेत रहेको बताएका थिए । उनीहरुलाई पार्टी प्रवेश गराएपछि उम्मेदवार घोषणा हुने भएकाले सम्भवत साढे ४ बजेपछि मात्रै उम्मेदवारको नाममा सर्वाजनिक गरिने जनाईएको छ । 

रास्वपाले प्राइमरी इलेक्सनमार्फत् रूपन्देही–३ को उम्मेदवार छनोट गरेको छ। रूपन्देही–३ मा आगामी असोज २१ गते उम्मेदवारी दर्ताको कार्यतालिका छ। कात्तिक १७ गते रूपन्देही–३ मा हुने उपनिर्वाचनका लागि उम्मेदवार बन्न रास्वपाबाट ९ जना प्रतिस्पर्धी थिए। 

उनीहरूबीच लिडरसिप एकेडेमीको अभ्यासमार्फत् प्रतिस्पर्धा र प्राइमरी इलेक्सन गराइएको थियो। प्राइमरी इलेक्सनमा सम्बन्धित निर्वाचन क्षेत्रका पार्टी सदस्य, स्थानीय, जिल्ला र प्रदेश समिति र केन्द्रीय समिति सदस्यले पनि मत हाल्ने व्यवस्था थियो।

उम्मेदवार छनोट कार्यविधिअनुसार लिडरसिप एकेडेमी, पोलिटिकल प्रोक्सिमिटी, समावेशितालाई ५० प्रतिशत मतभार र प्राइमरी इलेक्सनलाई ५० प्रतिशत मत भार तोकिएको थियो।

प्राइमरी इलेक्सनको ५० प्रतिशत मतभारमा सम्बन्धित निर्वाचन क्षेत्रका पार्टी सदस्यको मतको हिस्सा ५० प्रतिशत, तहगत कमिटीको मतको हिस्सा ५ र केन्द्रीय सदस्यको मतको हिस्सा ५ प्रतिशत रहेको रास्वपाले बताएको छ।
उपनिर्वाचनका लागि रास्वपाले प्रारम्भिक निर्वाचन गरेको थियो । जसमा ९ जना आकांक्षी सहभागी भएका छन् । कानुन व्यवसायी सुलभ खरेल, डा.लेखजंग थापा, ज्ञानु पौडेल, जितबहादुर गुप्ता, मधुप्रसाद अर्याल, पार्थिवेन्द्र उपाध्याय, कुसुम महर्जन, पुनमकुमारी अग्रवाल र रचना क्षेत्री आकांक्षी छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
एनपिएलः सुदूरपश्चिमको दोस्रो जित, शीर्षस्थानमा उक्लियो

एनपिएलः सुदूरपश्चिमको दोस्रो जित, शीर्षस्थानमा उक्लियो

पहिलो खेलमा सुदूरपश्चिमले काठमाडौँ गोर्खाजमाथि २९ रनको जित निकाल्दै सुखद सुरुआत गरेको थियो । योसँगै पोखरा दोस्रो खेलमा पनि पराजित भएको हो । पहिलो खेलमा पोखरा विराटनगर किङ्ससँग...
कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गरेको आरोपमा ५३ जनामाथि मुद्दा

कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गरेको आरोपमा ५३ जनामाथि मुद्दा

तीमध्ये १४ जना धरौटीमा छुटेको र ३९ जनामाथि अनुसन्धान भइरहेको उनले बताए । वडा प्रहरी कार्यालय बैदामबाट तीन जना र अन्यलाई जिल्ला प्रहरी कार्यालयबाट मुद्दा चलाइएको हो ।...
जिल्ला सुरक्षा समिति र जेन जी समूहबीच वार्ता जारी(तस्बिरहरु)

जिल्ला सुरक्षा समिति र जेन जी समूहबीच वार्ता जारी(तस्बिरहरु)

बुधबार बारा जिल्लाको सिमरामा जेन जी समूह र नेकपा एमाले निकट नेता तथा कार्यकर्ता बीच भएको झडप र त्यस पछिको सिर्जित अवस्था अन्त्यका लागि शुक्रबार सशस्त्र प्रहरी बल,...
‘जेनजी’ अगुवा र प्रशासनबीच वार्ता, सिमराको अवस्था सामान्य बन्दै

‘जेनजी’ अगुवा र प्रशासनबीच वार्ता, सिमराको अवस्था सामान्य बन्दै

वार्तामा ‘जेनजी’ पक्षबाट बारा संयोजक सम्राट उपाध्यायसहित १८ जना र प्रशासनका तर्फबाट प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रसहित सुरक्षा निकायका प्रमुखको सहभागिता रहेको सहायक प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम भट्टराईले...