नेभिगेशन
मुख्य समाचार

पार्टीलाई बलियो बनाउन कांग्रेसमा हार्दिकता आवश्यक छः उपसभापति गुरुङ

बाँके । नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले पार्टीलाई बलियो बनाउन नेता, कार्यकर्ताबीच हार्दिकता आवश्यक रहेको बताएका छन् । 

नेपाली कांग्रेस बाँके प्रशिक्षण शाखाद्वारा नेपालगञ्जमा आयोजित दुईदिने जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमलाई आइतबार उद्घाटन गर्दै उपसभापति गुरुङले कार्यकर्तामा हार्दिकता अभाव हुँदा आमनिर्वाचनमा त्यसको प्रभाव पर्ने गरेको उल्लेख गरेका थिए । उनले यस्ता प्रशिक्षणले तल्लो तहमा रहेका कार्यकर्तामा हार्दिकता जोड्ने धारणा राखेका हुन ।

“कांग्रेसभित्र हार्दिकता जोड्दै सहकार्य र समन्वय आवश्यक छ”, उपसभापति गुरुङले भने, “त्यसको अभाव हुँदा निर्वाचनमा हामीले तीतो अनुभव बटुल्दै आएका छौँ । यस्ता प्रशिक्षणले हार्दिकतालाई जोड्ने काम गर्छ ।” कांग्रेसको सिद्धान्तप्रति प्रतिबद्ध गराउन प्रशिक्षण अत्यन्तै जरुरी रहेको उनले बताए । “कांग्रेसका तल्लो तहमा पार्टीको सिद्धान्तबारे बहस गर्नसक्ने क्षमता जगाउन तालिम, सीप विकासका लागि यस्ता प्रशिक्षण आवश्यक छ”, उनले भने, “जसले गर्दा पार्टीलाई बलियो र जनता केन्द्रित बनाउँछ ।” 

उपसापति गुरुङले आपसी समन्वय र सहकार्यमार्फत जनचाहनाअनुसार  कार्यसम्पादन गर्नुपर्नेमा जोड दिँदै सहकार्यको अभावमा गन्तव्यमा पुग्न नसकिने उल्लेख गरेका थिए । “राजनीतिको राजमार्गमा सबैलाई समेट्दै लैजानुपर्छ”, उनले भने, “समन्वय र सहकार्य हुन सकेन भने गन्तव्यमा पुग्न सकिँदैन । पार्टीभित्र र बाहिर पनि आवश्यकता अनुसार सहकार्य गर्दै जानु जरुरी छ ।” 

कांग्रेसका जिल्ला सभापति नारायणप्रसाद गौडेलले कांग्रेस बाँकेले कार्यकर्तालाई प्रशिक्षित बनाउँदै लगेको बताउँदै पालिका र वडा तहमा नेतृत्व गर्ने सबैलाई प्रशिक्षित गराइने उल्लेख गरेका थिए । उनले प्रशिक्षण कार्यक्रमका माध्यमबाट गाउँटोल हुँदै पार्टीलाई बलियो बनाउने अभियानमा आफूहरू लागिपरेको बताए । 

प्रशिक्षण शाखा प्रमुख गोपालप्रसाद अधिकारीको सभापतित्वमा भएको कार्यक्रमको उद्घाटन सत्रमा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन, लुम्बिनी प्रदेशका प्रशिक्षण विभाग प्रमुख भुवनप्रसाद श्रेष्ठलगायत नेताको उपस्थिति छ । 

प्रशिक्षणमा बाँके जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, महासमिति तथा महाधिवेशन प्रतिनिधिहरू, क्षेत्र, प्रदेशसभा क्षेत्र तथा पालिका कार्यसमितिका पदाधिकारीहरू, निर्वाचित पालिका प्रमुख तथा उपप्रमुखहरू, भ्रातृ तथा शुभेच्छुक संस्थाका केन्द्रीय पदाधिकारी तथा सदस्य, जिल्ला अध्यक्षसहित करिब ३५० जनाको सहभागिता रहेको प्रशिक्षण शाखा सचिव उमा थापामगरले जानकारी दिए ।

दुई दिनसम्म सञ्चालन हुने प्रशिक्षणमा नेपाली कांग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठान विभागका कार्यकारी निर्देशक डा बुद्धिमान श्रेष्ठले ‘नेपालको संविधानः संविधान कार्यान्वयनमा कांग्रेसको भूमिका र दायित्व’, प्रतिष्ठानका निर्देशक डा कृष्णप्रसाद पौडेलले ‘नेपाली कांग्रेसको तहगत संरचना र नेतृत्व विकास’ र ‘साङ्गठानिक अवस्था र सङ्गठन विस्तारको रणनीति’, नवीन श्रेष्ठले ‘नेतृत्व क्षमताको विकास’, विश्वदीप लामिछाने ‘सङ्गठन विस्तारमा सूचना प्रविधिको प्रयोग र प्रभाव’, तीर्थ पौडेलले ‘प्रशिक्षणको विधि, प्रशिक्षकका सीप र प्रभावकारिता’, डा जगदीशचन्द्र पोख्रेलले ‘लोकतान्त्रिक समाजवादः नेपाली कांग्रेसको आर्थिक नीति, उपलब्धि र भावि कार्यदिशा’ र डा सञ्जय महतोले ‘युवा, रोजगारी र उद्यमशिलता’का विषयमा प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
बसले ठक्करदिँदा पैदलयात्रीको मृत्यु

बसले ठक्करदिँदा पैदलयात्रीको मृत्यु

जनकपुरबाट काठमाडौँतर्फ गइरहेको बाप्र०३–००१ख २६५६ नम्बरको यात्रुवाहक बसले ठक्कर दिँदा पैदलयात्री रुपन्देहीको देवदह नगरपालिका–८ का ३७ वर्षीय रामबहादुर बोहराको मृत्यु भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब...
घोडाघोडीमा जिपको ठक्करबाट एकको मृत्यु, तीन जना घाइते

घोडाघोडीमा जिपको ठक्करबाट एकको मृत्यु, तीन जना घाइते

प्रहरी नायब उपरीक्षक अवस्थीका अनुसार गम्भीर घाइते डगौरालाई उपचारका लागि घोडाघोडी अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका हुन् । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् ।
डा.तोसिमाले रास्वपाको विस्तारित बैठकमा पेस गरेको रिफर्मेसनको मार्गचित्रमा के छ ?

डा.तोसिमाले रास्वपाको विस्तारित बैठकमा पेस गरेको रिफर्मेसनको मार्गचित्रमा के छ ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सदस्य डा तोसिमा कार्कीले विस्तारित बैठकमा चार बुँदे मार्गचित्र पेश गरेकी छन्। जेनजी आन्दोलनपछि अवस्था पहिलेको जस्तो नरहने उल्लेख गर्दै उनले उनले पार्टी...
रास्वपाको समानुपातिक उम्मेदवारः जेनजी प्रतिनिधित्व २७ प्रतिशत, विदेशबाट फर्कीनेलाई १० प्रतिशत सुनिश्चित

रास्वपाको समानुपातिक उम्मेदवारः जेनजी प्रतिनिधित्व २७ प्रतिशत, विदेशबाट फर्कीनेलाई १० प्रतिशत सुनिश्चित

जेन–जीको स्पिरिटको प्रतिनिधित्वलाई समानुपातिक बन्दसूचीमा समेट्दै २५ देखि ४० वर्षबीचका युवाका लागि उनीहरूको जनसङ्ख्या अनुपातकै आधारमा २७ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरिएको छ। त्यसैगरी, प्रवासबाट उम्मेदवार बन्न फर्किने नेपालीका...

भर्खरै