नेभिगेशन
मुख्य समाचार

लगानीको वातावरण सिर्जना गर्न सरकार लागिरहेको छः उपप्रधानमन्त्री पौडेल

काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लगानीको वातावरण सिर्जना गर्नतर्फ सरकारले काम गरिरहेको बताएका छन् । 

ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) को ४७ औँ वार्षिक साधारणसभाको आइतबार उद्घाटन गर्दै उपप्रधानमन्त्री पौडेलले भने, “सरकार निजी क्षेत्रको आत्मविश्वास बढाउने र मुलुकमा लगानीको वातावरण सिर्जना गर्ने दिशामा काम गरिरहेको छ ।

उपप्रधानमन्त्री पौडेलले पर्यटन प्रवद्र्धन र राष्ट्रिय अर्थतन्त्रको विकासमा सरकार प्रतिबद्ध रहेको जानकारी गराएका थिए । आफूले सरकार सम्हाल्दा अर्थतन्त्रमा सम्पूर्ण सूचकहरु नकारात्मक भएको उल्लेख गर्दै उनले भने, “अहिले अर्थतन्त्रका सबै सूचकहरुमा सकारात्मक परिवर्तन आएको छ । हिजो हामीले सरकार संहाल्दा अर्थतन्त्रका सूचकहरु नकारात्मक थिए ।” 

त्यसैगरी उपप्रधानमन्त्री पौडेलले ‘भ्याट’ छुट दिनसक्ने अवस्थामा सरकार नरहेको स्पष्ट गरेका थिए । उनले भने, “राजस्वबाट साधारण खर्च धान्न नै अहिले मुस्किल छ । अहिले भ्याट छुटभन्दा पनि व्यवसाय प्रवद्र्धनका योजना कार्यक्रमहरु ल्याउनुहोस् । सरकार सहजीकरण गर्न तयार छ ।” 

राजनीतिक स्थायित्व सुनिश्चित गर्दै मुलुक स्थिरताको बाटोमा अघि बढेको उल्लेख गर्दै उनले भने, “अहिलेको सरकार बलियो र स्थिर छ । यही सरकार २०८४ को निर्वाचनसम्म अघि बढ्छ र यसले नीतिगत स्थिरता दिन्छ । सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गर्न विशेष ध्यान दिएका छौँ ।”

कार्यक्रममा ‘टान’का अध्यक्ष सागर पाण्डेले  पर्यटन क्षेत्रको विकासका लागि नीतिगत सुधार र पूर्वाधार विकासमा सरकारले जोड दिनुपर्ने बताए । उनले भने, “सरकारले व्यावसायीलाई सहज वातावरण बनाउन नीतिगत सुधार र पूर्वाधार विकासमा ध्यान दिन आवश्यक छ ।”

सो अवसरमा पर्वतीय पर्यटन विकासमा योगदान पुर्‍याउने विभिन्न सङ्घसंस्था र सञ्चारकर्मीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
विद्यालयमै छात्रामाथि करणी, प्रधानाध्यापक पक्राउ

विद्यालयमै छात्रामाथि करणी, प्रधानाध्यापक पक्राउ

भदौ १४ गते बिहान विद्यालयकै कार्यालयको कोठामा आफनै  बिद्यालयकी १४ बर्षीया छात्रा(बालिका)लाई जबरजस्ती करणी गरेको आरोपमा ४७ बर्षीय श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी कार्यालयमा छात्राकी भाउजूले...
कञ्चनपुरका ५२ घर र सशस्त्र प्रहरीका २ वटा बिओपी बाढीले डुबायो

कञ्चनपुरका ५२ घर र सशस्त्र प्रहरीका २ वटा बिओपी बाढीले डुबायो

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सागर बोहराका अनुसार दोधारा चाँदनी नगरपालिका–८ स्थित रामपुरे टापु र गर्जा टोलमा जोगबुढा नदीको पानी पस्दा २५ घर डुबानमा परेका छन् । डुबानमा परेका...
लिपुलेकसम्बन्धी सहमतिबारे त्रिपक्षीय संवाद आवश्यकः परराष्ट्रविद्

लिपुलेकसम्बन्धी सहमतिबारे त्रिपक्षीय संवाद आवश्यकः परराष्ट्रविद्

नेपाल–भारतबीचको सुगौली सन्धिमा समेत लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भूमि भनेर उल्लेख भएको र त्यो भूभाग नेपालको भन्ने प्रशस्त प्रमाण भएको उनले बताए । “सुगौली सन्धिमा पनि प्रष्ट...
नेपाल र भारतबीचको सीमा विवाद कुटनीतिक संवादबाटै समाधान गरिन्छः प्रवक्ता गुरुङ

नेपाल र भारतबीचको सीमा विवाद कुटनीतिक संवादबाटै समाधान गरिन्छः प्रवक्ता गुरुङ

सोमबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्बा गुरुङले लिम्पियाधुरा, लिपुलेक र कालापानी लगाएत अन्य सीमा विवादलाई कुटनीतिक सम्वादका माध्यमबाटै समाधान गर्ने सरकारको नीति रहेको स्पष्ट पारेका हुन्...