नेभिगेशन
समाज

लगानीको वातावरण सिर्जना गर्न सरकार लागिरहेको छः उपप्रधानमन्त्री पौडेल

काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लगानीको वातावरण सिर्जना गर्नतर्फ सरकारले काम गरिरहेको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) को ४७ औँ वार्षिक साधारणसभाको आइतबार उद्घाटन गर्दै उपप्रधानमन्त्री पौडेलले भने, “सरकार निजी क्षेत्रको आत्मविश्वास बढाउने र मुलुकमा लगानीको वातावरण सिर्जना गर्ने दिशामा काम गरिरहेको छ ।

Ncell
Extreme Energy

उपप्रधानमन्त्री पौडेलले पर्यटन प्रवद्र्धन र राष्ट्रिय अर्थतन्त्रको विकासमा सरकार प्रतिबद्ध रहेको जानकारी गराएका थिए । आफूले सरकार सम्हाल्दा अर्थतन्त्रमा सम्पूर्ण सूचकहरु नकारात्मक भएको उल्लेख गर्दै उनले भने, “अहिले अर्थतन्त्रका सबै सूचकहरुमा सकारात्मक परिवर्तन आएको छ । हिजो हामीले सरकार संहाल्दा अर्थतन्त्रका सूचकहरु नकारात्मक थिए ।” 

त्यसैगरी उपप्रधानमन्त्री पौडेलले ‘भ्याट’ छुट दिनसक्ने अवस्थामा सरकार नरहेको स्पष्ट गरेका थिए । उनले भने, “राजस्वबाट साधारण खर्च धान्न नै अहिले मुस्किल छ । अहिले भ्याट छुटभन्दा पनि व्यवसाय प्रवद्र्धनका योजना कार्यक्रमहरु ल्याउनुहोस् । सरकार सहजीकरण गर्न तयार छ ।” 

राजनीतिक स्थायित्व सुनिश्चित गर्दै मुलुक स्थिरताको बाटोमा अघि बढेको उल्लेख गर्दै उनले भने, “अहिलेको सरकार बलियो र स्थिर छ । यही सरकार २०८४ को निर्वाचनसम्म अघि बढ्छ र यसले नीतिगत स्थिरता दिन्छ । सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गर्न विशेष ध्यान दिएका छौँ ।”

कार्यक्रममा ‘टान’का अध्यक्ष सागर पाण्डेले  पर्यटन क्षेत्रको विकासका लागि नीतिगत सुधार र पूर्वाधार विकासमा सरकारले जोड दिनुपर्ने बताए । उनले भने, “सरकारले व्यावसायीलाई सहज वातावरण बनाउन नीतिगत सुधार र पूर्वाधार विकासमा ध्यान दिन आवश्यक छ ।”

सो अवसरमा पर्वतीय पर्यटन विकासमा योगदान पुर्‍याउने विभिन्न सङ्घसंस्था र सञ्चारकर्मीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
फिफा विश्वकप : आयोजक अमेरिकालाई पराजित गर्दै बेल्जियम क्वार्टरफाइनलमा

फिफा विश्वकप : आयोजक अमेरिकालाई पराजित गर्दै बेल्जियम क्वार्टरफाइनलमा

फिफा विश्वकपको राउन्ड अफ १६ अन्तर्गतको खेलमा अमेरिकालाई हराउँदै बेल्जियम विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
लेखासहित तीनवटा संसदीय समितिको बैठक बस्दै, मन्त्रीद्वय महावीर पुन र शिशिर खनाल सहभागी हुने

लेखासहित तीनवटा संसदीय समितिको बैठक बस्दै, मन्त्रीद्वय महावीर पुन र शिशिर खनाल सहभागी हुने

प्रतिनिधि सभाका तीनवटा विषयगत समितिको बैठक आज बस्दैछ ।
आरजुपछि जयवीर देउवाविरुद्ध पनि पूर्जी जारी, सात दिनभित्र हाजिर नभए पक्राउ गरिने

आरजुपछि जयवीर देउवाविरुद्ध पनि पूर्जी जारी, सात दिनभित्र हाजिर नभए पक्राउ गरिने

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवाका छोरा जयवीर सिंह देउवाविरुद्ध पूर्जी जारी भएको छ ।
गत वर्षको तुलनामा १२.६२ प्रतिशतले धान रोपाइँमा कमी

गत वर्षको तुलनामा १२.६२ प्रतिशतले धान रोपाइँमा कमी

मौसमको प्रतिकूलताका कारण यसवर्ष देशभर धान रोपाइँ गत वर्षको तुलनामा १२ दशमलव ६२ प्रतिशतले कमी आएको छ । गत वर्ष ४५ प्रतिशत रोपाइँ भएकामा यस वर्ष ३२.३८ प्रतिशत...

भर्खरै