नेभिगेशन
मुख्य समाचार

धनगढी पुगेर डा.गोविन्द केसीले सुरु गरे तीनदिने सत्याग्रह

काठमाडौँ । डा.गोविन्द केसीले निजी मेडिकल कलेजको सिट वृद्धिलगायत निर्णयको विरोध गर्दै धनगढी पुगेर सत्याग्रह शुरू गरेका छन्।

धनगढीस्थित गेटा मेडिकल कलेज परिसरमा आइतबारबाट तीन दिने सत्याग्रह शुरू गरेका हुन्। उनले केही समययताका आयोग, सरकार र अदालतका गलत निर्णय तथा फैसलाले चिकित्सा शिक्षा ऐनको अस्तित्व नै धरापमा परेको भन्दै निजी कलेजलाई पोस्ने नीतिका विरुद्ध आफ्नो सत्याग्र रहेको बताए । उनले भने “चिकित्सा शिक्षा ऐनको मर्मविपरित प्रधानमन्त्री केपी ओलीको नाजायज र प्रत्यक्ष हस्तक्षेपका कारण हालै चिकित्सा शिक्षा आयोगले निजी मेडिकल कलेजको सिट बढाउने गैरजिम्मेवार  निर्णय गरेको छ। त्यसलगायत विद्यार्थी भर्ना सिट संख्या वृद्धि गर्दा नेता र माफियाको झोला त भरिन्छ तर शिक्षाको गुणस्तरमा ह्रास आउँछ,” उनले विज्ञप्तिमा भनेका छन्। 

उनले निजी मेडिकल कलेजको सिट वृद्धि फिर्ता गर्नुपर्ने, इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज तथा अस्पताल खोल्नुपर्ने, कैलालीको गेटामा निर्माण सम्पन्न भइसकेको शिक्षण अस्पताल र शैक्षिक कार्यक्रम तत्काल सञ्चालन गर्नुपर्ने माग गरेका छन् । 

साथै डा केसीले  यसअघिको सम्झौता अनुसार एकीकृत प्रतिष्ठान ऐन, उच्च शिक्षा ऐन, गैरनाफामूलक मेडिकल शिक्षा र दरबन्दीसम्बन्धी प्रावधानलाई कार्यान्वयन गर्न पनि माग गरेका छन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
विद्यालयमै छात्रामाथि करणी, प्रधानाध्यापक पक्राउ

विद्यालयमै छात्रामाथि करणी, प्रधानाध्यापक पक्राउ

भदौ १४ गते बिहान विद्यालयकै कार्यालयको कोठामा आफनै  बिद्यालयकी १४ बर्षीया छात्रा(बालिका)लाई जबरजस्ती करणी गरेको आरोपमा ४७ बर्षीय श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी कार्यालयमा छात्राकी भाउजूले...
कञ्चनपुरका ५२ घर र सशस्त्र प्रहरीका २ वटा बिओपी बाढीले डुबायो

कञ्चनपुरका ५२ घर र सशस्त्र प्रहरीका २ वटा बिओपी बाढीले डुबायो

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सागर बोहराका अनुसार दोधारा चाँदनी नगरपालिका–८ स्थित रामपुरे टापु र गर्जा टोलमा जोगबुढा नदीको पानी पस्दा २५ घर डुबानमा परेका छन् । डुबानमा परेका...
लिपुलेकसम्बन्धी सहमतिबारे त्रिपक्षीय संवाद आवश्यकः परराष्ट्रविद्

लिपुलेकसम्बन्धी सहमतिबारे त्रिपक्षीय संवाद आवश्यकः परराष्ट्रविद्

नेपाल–भारतबीचको सुगौली सन्धिमा समेत लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भूमि भनेर उल्लेख भएको र त्यो भूभाग नेपालको भन्ने प्रशस्त प्रमाण भएको उनले बताए । “सुगौली सन्धिमा पनि प्रष्ट...
नेपाल र भारतबीचको सीमा विवाद कुटनीतिक संवादबाटै समाधान गरिन्छः प्रवक्ता गुरुङ

नेपाल र भारतबीचको सीमा विवाद कुटनीतिक संवादबाटै समाधान गरिन्छः प्रवक्ता गुरुङ

सोमबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्बा गुरुङले लिम्पियाधुरा, लिपुलेक र कालापानी लगाएत अन्य सीमा विवादलाई कुटनीतिक सम्वादका माध्यमबाटै समाधान गर्ने सरकारको नीति रहेको स्पष्ट पारेका हुन्...