नेभिगेशन
मुख्य समाचार

फ्रान्सद्वारा प्यालेस्टिनी राज्यलाई मान्यताः इजरायल–अमेरिका असन्तुष्ट

प्यालेस्टिनी राज्यलाई मान्यता दिने फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको निर्णयपछि इजरायल र अमेरिकामा असन्तोष बढेको छ । उनले गाजामा जारी युद्ध अन्त्य गर्न दुई–राज्य समाधानलाई अपरिहार्य भन्दै प्यालेस्टिनी राज्य शान्ति र इजरायलको सुरक्षाका लागि आवश्यक रहेको पत्रमार्फत इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई प्रस्ट परेका छन् ।

म्याक्रोनले फ्रान्सको पहल ‘गाजामा भयावह मानवीय सङ्कटप्रति आक्रोश बाट प्रेरित भएको बताएका छन् । सन् २०२३ अक्टोबर ७ मा हमासको आक्रमणपछि सुरु भएको युद्धमा मृतक प्यालेस्टिनीको सङ्ख्या ६३ हजार नाघेको इजरायली तथ्याङ्क छ । हाल गाजाको सबैभन्दा ठूलो सहरलाई लडाइँ क्षेत्र घोषणा गरिएको छ ।

CG

फ्रान्स, बेलायत, क्यानाडा, अस्ट्रेलिया र माल्टाले सेप्टेम्बर २३ देखि सुरु हुने संयुक्त राष्ट्रसङ्घीय महासभामा प्यालेस्टिनी राज्यलाई मान्यता औपचारिक गर्ने बताएका छन् । न्युजिल्यान्ड, फिनल्यान्ड, पोर्चुगलसहित अन्य देशले पनि यस्तै कदम चाल्ने तयारी गरेका छन् ।

नेतान्याहुले भने प्यालेस्टिनी राज्यलाई अस्वीकार गर्दै गाजामा सैन्य कारबाही बढाउने चेतावनी दिएका छन् । उनले म्याक्रोनको अभिव्यक्तिलाई ‘यहुदी विरोधलाई उक्साउने’ आरोप लगाए । अमेरिकाकी राजदुत चाल्र्स कुशनरले पनि यस्तो मान्यताले चरमपन्थीलाई प्रोत्साहन गर्ने दाबी गरेका छन् । उक्त दाबीलाई फ्रान्सले भने आपत्ति जनाएको छ ।

विशेषज्ञ पास्कल बोनिफेसका अनुसार, पश्चिमी राष्ट्रहरूको समर्थनले दुई–राज्य समाधानलाई पुनः बहसको केन्द्रमा ल्याएको छ । यद्यपि गाजाको स्थितिले समाधान कठिन बनाइरहेको छ । म्याक्रोनले नेतान्याहुलाई पठाएको पत्रमा ‘गाजाको कब्जा र जबरजस्ती विस्थापनले इजरायललाई अलगावमा पुर्‍याउने र यहुदी समुदायलाई अझ जोखिममा पार्ने’ चेतावनी दिएका छन् । हालसम्म एक सय ४० भन्दा बढी देशले प्यालेस्टिनी राज्यलाई मान्यता दिइसकेका छन्, जसलाई धेरैले प्रतीकात्मक मान्छन् । तर विश्लेषकहरूका अनुसार यसले इजरायलमाथि कूटनीतिक दबाब बढाउनेछ ।

फ्रान्सेली विदेशमन्त्री जीन–नोएल बारोटले फ्रान्स र साउदी अरबको नेतृत्वमा भएको पहलबाट पहिलो पटक अरब लिगका सबै सदस्यले नागरिकमाथि हमासको आक्रमणलाई निन्दा गरेको बताए । साथै, गाजामा हमासले शासन अन्त्य गरी हतियारहरू प्यालेस्टिनी प्राधिकरणलाई सुम्पिनुपर्ने सहमति भएको थियो ।

विश्लेषक मुहम्मद शेहादाका अनुसार, यस कदमले नरमपन्थी प्यालेस्टिनीलाई बलियो बनाउनेछ र ‘हिंसाले नभई, कूटनीतिक बाटोले मात्र राज्य सम्भव छ’ भन्ने सन्देश प्रष्ट पार्नेछ । प्यालेस्टिनी प्राधिकरणले सन् १९६७ को युद्धपछि कब्जामा परेका वेस्ट ब्याङ्क, पूर्वी जेरुसेलम र गाजामा स्वतन्त्र राज्यको सपना बोकेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
हेलिपोर्ट निमार्णमा भ्रष्टाचार आरोपीत महानिर्देशक प्रदीप अधिकारी पुर्पक्षका लागि कारागार चलान

हेलिपोर्ट निमार्णमा भ्रष्टाचार आरोपीत महानिर्देशक प्रदीप अधिकारी पुर्पक्षका लागि कारागार चलान

आरोप पत्रमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी, तत्कालीन निर्देशक मुरारी भण्डारी, तत्कालीन उपप्रबन्धक हालका प्रबन्धक विक्रम थापा, तत्कालीन वरिष्ठ अधिकृत तथा हालका उपप्रबन्धक सम्वृद्धि श्रेष्ठ, परामर्शदाता गुरुदत्त...
पोखरा विमानस्थलमा भ्रष्टाचारः निर्माण कम्पनीसहित ५५ जनाबिरुद्ध विशेष अदालतमा मुद्दा दायर

पोखरा विमानस्थलमा भ्रष्टाचारः निर्माण कम्पनीसहित ५५ जनाबिरुद्ध विशेष अदालतमा मुद्दा दायर

स्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्रालयका तत्कालीन मन्त्रीहरु स्व. पोष्ट बहादुर बोगटी, राम कुमार श्रेष्ठ, भीम प्रसाद आचार्य, दिपक चन्द्र अमात्य, तत्कालीन अर्थ मन्त्री राम शरण महत, तत्कालीन...
हेटौंडा सडक विस्तार २६ गतेसम्मलाई स्थगन

हेटौंडा सडक विस्तार २६ गतेसम्मलाई स्थगन

सर्वोच्चको अल्पकालिन पत्र कार्यालयमा आधिकारिक रुपमा नआएकाले हिजो शनिबार करिब ७ किलोमिटर क्षेत्रमा घरटहरा भत्काउने कार्य भएको थियो । तथ्यांक अनुसार हेटौंडा बजार क्षेत्रको ९.५ किलोमिटर क्षेत्रमा ५३१...
चीनद्वारा इन्टरनेट उपग्रहहरूको नयाँ समूह प्रक्षेपण

चीनद्वारा इन्टरनेट उपग्रहहरूको नयाँ समूह प्रक्षेपण

रकेट दिउँसो ३ः५३ बजे उड्यो र उपग्रहहरूलाई सफलतापूर्वक आफ्नो कक्षामा पुर्‍यायो । लङ मार्च–८ए रकेट ५०.५ मिटर लामो र ३७१ टन तौलको छ । यसले ७०० किलोमिटर उचाइमा...

भर्खरै