नेभिगेशन
समाज

कटारीमा अनुदानको मल प्रकरणः छानविन समितिले प्रतिवेदन बुझायो, तर खुलेन दुई सय बोरा मलको स्रोत

उदयपुर । उदयपुरको कटारी नगरपालिकामा किसानलाई वितरण गर्न  दिएको अनुदानको मल व्यापारीको गोदाममा दुई सय बोरा युरिया मल फेला परेपछि  गठन भएको छानविन समितिले जिल्ला प्रशासन कार्यालयमा प्रतिवेदन बुझाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भदौ १२ गते उदयपुरका सहायक जिल्ला अधिकारी विक्रम पाण्डेयको नेतृत्वमा कटारीमा गरेको अनुगमन टोलीले गोदाममा लुकाएर रोखेको अवस्थामा अनुदानमा आएको  युरिया मल फेला पारेको थियो । 

Ncell
Extreme Energy

कटारी ४ मा दिलीप चौधरीले सञ्चालन गर्दै आएको अशुतोष ट्रेडर्स तथा जेनरल स्टोर र जय माँ काली प्रालिबाट युरिया मल फेला परेपछि आवश्यक छानविनका लागि समिति गठन गरेको थियो । कटारी नगरपालिका, ईलाका प्रशासन कार्यालय ,राष्ट्रिय अनुसंधान प्रतिनिधि, पत्रकार महासंघ प्रतिनिधि, उधोग बाणिज्य संघ र स्थानीय संघसस्थाका प्रतिनिधिसमेत रहनेगरी छानविन समिति बनाएर अध्ययन सुरु गरेको थियो । कटारीका प्रमुख प्रशासकीय अधिकृत राजन थापाले मल कहाँबाट र कसरी गोदाममा आयो भन्ने विषय अझै खुल्न सकेको छैन् । छानबिन समितिले प्रतिवेदन तयार पारी जिल्ला प्रशासन कार्यालय पठाएको बताए । 

नगरपालिकासँग कारबाही गर्ने अधिकार नभएकाले उक्त विषयमा जिल्ला प्रशासनले थप अध्ययन गरेर कारबाहीको प्रक्रिया अघि बढाउने प्रशासकीय अधिकृत थापाले बताए । 

उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रेम लुईटेलका अनुसार मल भेटिएको गोदाममा सञ्चालक चौधरीले युरिया मलको स्रोत नबताएकाले थप छानविन गर्ने बताए । सरकारी अनुदानको मल व्यापारीको फेला पर्दा कुन कानुन आकर्षित हुन्छ भन्ने कुनै कानूनी आधार नभएकाले अहिले पनि हामि  छलफल गरिरहेका छौं। प्रजिअ लुइटेलका अनुसार मल कहाँबाट आयो र कसरी ल्यायो भन्ने विषयमा कुनै कागजात फेला परेको छैन् । 

उक्त विषयमा थप छलफल गरी निर्णय गर्ने र कुन कानुन आकर्षण हुन्छ त्यही अनुसार कारबाहीको प्रक्रिया अगाडि बढाउने लुईटेलले जानकारी दिए । व्यापारीलाई जस्तो कारबाही भएपनि उक्त मल भने नगरपालिकामार्फत किसानलाई नै वितरण गर्ने उनले बताए । व्यापारीको गोदाममा फेला परेको उक्त मल नगरपालिकाले आवश्यकताका आधारमा मापदण्ड बनाएर नगरबासीलाई वितरण गर्ने तयारी गरेको नगर प्रमुख राजेशचन्द्र श्रेष्ठले  जानकारी दिए।

सम्बन्धित समाचार:

कटारीमा व्यापारीको गोदाममा २ सय बोरा अनुदानको मल फेला

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १३५७ पुग्यो, ५३२६ सम्पर्कविहीन

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १३५७ पुग्यो, ५३२६ सम्पर्कविहीन

प्राधिकरणका अनुसार, आजसम्ममा रसुवामा १६९, नुवाकोटमा १९७, धादिङमा ७०, गोरखामा ७५, तनहुँमा ३८, चितवनमा ३६३, नवलपरासीपूर्वमा २२३ र नवलपरासी पश्चिममा २२२ शव फेला परेको छ ।
भोटेकोशी बाढीप्रभावितलाई कैदीबन्दीको सहयोग

भोटेकोशी बाढीप्रभावितलाई कैदीबन्दीको सहयोग

चितवन कारागारका कैदीबन्दीले भोटेकोशी बाढीप्रभावितलाई सहयोग गरेका छन् ।
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...

भर्खरै