नेभिगेशन
मुख्य समाचार

प्रधानमन्त्री ओली र भियतनामका प्रधानमन्त्री चिङबीच भेटवार्ता

चीन । प्रधानमन्त्री केपी शर्मा ओली र समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री फाम मिन चिङबीच चीनको थियानजिनमा दुईपक्षीय भेटवार्ता भएको छ ।

शाङ्घाई सहयोग सङ्गठन (एससि) को शिखर सम्मेलनमा सहभागी हुने सिलसिलामा यहाँ रहनुभएका  दुई प्रधानमन्त्रीबीच आज भेटवार्ता भएको हो । भेटका अवसरमा दुई देशबीचको सांस्कृतिक, कूटनीतिक र आर्थिक सम्बन्ध र सहकार्यका विविध पक्षमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

प्रधानमन्त्री चिङले उपराष्ट्रपति भो थि आन सुआनको हालैको नेपाल भ्रमणको स्मरण गर्दै प्रधानमन्त्री ओलीलाई भियतनाम भ्रमणका निम्ति आमन्त्रण गरे । प्रधानमन्त्री ओलीले भियतनामको स्वतन्त्रताको लडाइँमा नेपालको ऐक्यबद्धता प्रकट गर्दै छोटो अवधिमा सो मुलुकले गरेको प्रगति सबैका निम्ति प्रेरक  रहेको बताए । 

प्रधानमन्त्री ओलीले नेपाल आगामी वर्ष विकासशील मुलुकमा स्तरोन्तति हुने अवगत गराउँदै पर्याप्त प्रतिफल प्राप्त हुने ऊर्जा क्षेत्रमा लगानी गर्न आह्वान गरे । उनले समकक्षी चिङलाई नेपाल भ्रमणको निमन्त्रणा पनि गरे । 

भेटमा भ्रमण दलमा सहभागी मन्त्रीहरु, सांसदहरु र परराष्ट्र मन्त्रालयका उच्चाधिकारीको सहभागिता थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारः जेनजी प्रतिनिधित्व २७ प्रतिशत, विदेशबाट फर्कीनेलाई १० प्रतिशत सुनिश्चित

रास्वपाको समानुपातिक उम्मेदवारः जेनजी प्रतिनिधित्व २७ प्रतिशत, विदेशबाट फर्कीनेलाई १० प्रतिशत सुनिश्चित

जेन–जीको स्पिरिटको प्रतिनिधित्वलाई समानुपातिक बन्दसूचीमा समेट्दै २५ देखि ४० वर्षबीचका युवाका लागि उनीहरूको जनसङ्ख्या अनुपातकै आधारमा २७ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरिएको छ। त्यसैगरी, प्रवासबाट उम्मेदवार बन्न फर्किने नेपालीका...
गृहमन्त्री अर्याल भन्छन्ः सुशासनको पक्षमा शुद्ध चित्तले काम हुँदैछ, धैर्य गर्नु

गृहमन्त्री अर्याल भन्छन्ः सुशासनको पक्षमा शुद्ध चित्तले काम हुँदैछ, धैर्य गर्नु

आफ्नो शुद्ध चित्तले कर्म गरिरहने बाहेक सरकारसँग अरू विकल्प नभएको उल्लेख गर्दै भनेका छन्,‘कार्यकालको अन्तिममा जनतालाई हामी धैर्यताका निम्ति धन्यवाद भन्नेछौँ। पाइलै पिच्छे सुशासनको बाटो हिँडेर देशलाई निर्वाचन...
सौराहाबाट रास्वपाका १० घोषणा: महाधिवेशनको मिति देखि निर्वाचनमा जेन-जी उम्मेदवार बनाउने प्रयास

सौराहाबाट रास्वपाका १० घोषणा: महाधिवेशनको मिति देखि निर्वाचनमा जेन-जी उम्मेदवार बनाउने प्रयास

रास्वपाले समानुपातिक तथा प्रत्यक्ष निर्वाचनमा सहभागी हुने उम्मेदवारको प्रक्रिया पनि स्पष्ट पारेको छ । यस अघि बन्द सूचिमा रहेकाहरु नदोहोरिने गरी जेन-जीको २७ प्रतिशत र विदेशबाट नेपाल फर्किएर...
नेपाली कम्युनिष्ट पार्टीले सातै प्रदेशमा एकता सन्देश सभा गर्ने

नेपाली कम्युनिष्ट पार्टीले सातै प्रदेशमा एकता सन्देश सभा गर्ने

बैठकले पार्टीअन्तर्गतका जनवर्गीय सङ्गठन, मोर्चा तथा सहायक सङ्गठनहरूलाई सम्बन्धित तहका पार्टीसँग समन्वय गरी जनपरिचालन गर्न निर्देशन दिएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।