नेभिगेशन
समाज

ऊर्जा क्षेत्रमा लगानीको वातावरण सिर्जना गर्न सरकार प्रयासरत छः मन्त्री खड्का

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ऊर्जा क्षेत्रमा लगानीको वातावरण निर्माण गर्न सरकार प्रयासरत रहेको बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सुदूरपश्चिम प्रदेशमा आगामी मङ्सिर १ र २ गते धनगढीमा गर्न लागेको ‘सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलन’को पूर्वसन्ध्यामा आइतबार ऊर्जा मन्त्रालयमा आयोजित कार्यक्रममा उनले ऊर्जा क्षेत्रको विकासका लागि मन्त्रालयले नीतिगत सुधारलाई उच्च प्राथमिकतामा राखेको बताए । उनले भने, “संविधान निर्माणपछि हामी कानुन निर्माणको चरणमा छौँ, जुन गतिमा कानुन निर्माण हुनुपर्ने हो त्यो अझै हुन सकेको छैन, ऊर्जा क्षेत्रको विकासका लागि सरकारले नीतिगत सुधारलाई उच्च प्राथमिकतामा राखेको छ”, ।

Ncell
Extreme Energy

मन्त्री खड्काले मुलुक सङ्घीयतामा गएपछि सबै प्रदेशले आफ्ना प्रदेशलाई कसरी सशक्त र सवलीकरण गर्न सकिन्छ भनेर चासो र चिन्ता लिनु सकारात्मक पक्ष भएको धारणा राखेका थिए । उनले भने, “सरकारले निजी क्षेत्रसँग सहकार्य र समन्वय गर्दै मुलुकको आर्थिक विकासमा अगाडि बढेको छ, विकास निर्माणमा अवरोध देखिएका कानुनलाई समयअनुसार संशोधन गर्दै अगाडि बढेका छौँ”, ।

ऊर्जामन्त्री खड्काले विकास निर्माणलाई अगाडि बढाउन सङ्घ र प्रदेश सरकारद्वारा निर्मित कानुनबीच तालमेल हुनु जरुरी रहेको बताए । उनले जलविद्युत् निर्माणका क्रममा वन र जग्गा प्राप्ति समस्याका रूपमा रहेको भन्दै यसलाई समाधान गर्न तीनै तहका सरकारबीच समन्वय हुनु आवश्यक रहेको बताएका छन् । मन्त्री खड्काले विकास निर्माणका क्रममा देखिने समस्यालाई कानुनी विधिअनुसार समाधान गर्नुपर्नेमा जोड दिए ।

उनले मुलुकमा भएका स्रोतसाधनलाई अधिकतम प्रयोग गर्दै समृद्ध मुलुक निर्माणमा सरकारले काम गरिरहेको बताएका छन् । मन्त्रालयले ऊर्जा क्षेत्रमा थुप्रै नीतिगत निर्णय गरेर अगाडि बढ्न चाहिरहेको उनले बताए ।ऊर्जामन्त्री खड्काले विद्युत् क्षेत्रको विकासका लागि निजी क्षेत्रलाई उत्पादनसँगै प्रसारण लाइन निर्माण र विद्युत् खरिदबिक्रीसम्म गर्ने व्यवस्था मिलाउन लागिएको बताएका छन् । सरकारले नीतिगत सुधार गर्दै प्रभावकारी काम गरिरहेको उनले बताए ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिमको विकास र समृद्धिका लागि लगानी सम्मेलन आयोजना गर्न लागिएको बताउँदै उक्त सम्मेलनमा जोडिन सबैलाई आग्रह गरेका छन् । उनले भने, “लगानी सम्मेलन लगानीमा मात्र केन्द्रित नभई मुलुकलाई केही दिन सकिन्छ की भनेर लागिरहेका छौँ, प्रदेशको विकास र रोजगारी प्रदान गर्ने बाटोमा हामी इमान्दारपूर्वक लागिरहेका छौँ”, । उनले लगानी सम्मेलनलाई सफल पार्न केन्द्र सरकारको साथ र सहयोग आवश्यक पर्नेमा जोड दिए ।  

सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव डा कमल पोखरेलले सुदूरपश्चिम सबै क्षेत्रमा प्रशस्त सम्भावना भएको प्रदेश भएकाले उक्त स्रोतको समुचित प्रयोग गरी समृद्ध मुलुक बनाउनका लागि सम्मेलन आयोजना गरिएको जानकारी दिए । धनगढीको सिटी हलमा दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा उद्घाटन सत्रका साथै विकास निर्माण्, लगानीका सम्भावनाबारे विभिन्न बैठक र सम्झौता गरिने कार्यक्रम छ ।

सुदूरपश्चिम प्रदेशमा हाल आठ हजार २४१ मेगावाटका १०८ जलविद्युत् आयोजना कुनै न कुनै रूपले अगाडि बढिरहेका विद्युत् विकास विभागका महानिर्देशक जीवछ मण्डलले जानकारी दिए । त्यस्तै, छलफलमा सुदूरपश्चिम प्रदेशमा ऊर्जा क्षेत्रको विकास गरिरहेका कम्पनीहरूले ऊर्जा क्षेत्रको विकासमा भोग्नुपरेका प्रसारण लाइन, जग्गा प्राप्ति, वनलगायत समस्याका बारेमा जानकारी गराएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पासपोर्टसम्बन्धी नयाँ कानुन ल्याउँदैछ सरकार, विदेशमा रहेका नेपालीले सहजै पाउने

पासपोर्टसम्बन्धी नयाँ कानुन ल्याउँदैछ सरकार, विदेशमा रहेका नेपालीले सहजै पाउने

त्यसभन्दा अघि पनि राज्यका निकायमा बसेकाहरूले पासपोर्ट दुरूपयोग गरेको घटना सार्वजनिक नभएको होइन । कतिले सफाइ पाए, कतिले अझै मुद्दा खेपिरहेका छन् । सरकारले दुरुपयोगमा कठोर बन्ने गरी...
राप्रपाका तीन प्रदेश सांसदलाई १२ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन

राप्रपाका तीन प्रदेश सांसदलाई १२ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार समितिको निर्णयबारे सम्बन्धित प्रदेशसभा सदस्यहरूलाई टेलिफोन, म्यासेज, म्यासेन्जर, भाइबर, ह्वाट्सएपलगायत विभिन्न माध्यमबाट सूचना पठाइएको छ।
टीकापुर घटनाबारे लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने मन्त्री चौधरीको प्रतिवद्धता

टीकापुर घटनाबारे लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने मन्त्री चौधरीको प्रतिवद्धता

थारू कल्याणकारिणी सभाले हरेक वर्ष भदौ ७ गते टीकापुर विद्रोह दिवसका रूपमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ। यस वर्ष पनि ‘टीकापुर विद्रोह, आन्दोलनको माग मुद्दा एवं अबको...
२१ सिट हुँदा प्रधानमन्त्री बन्न मेरो मात्रै हस्ताक्षर बाँकी राखेर प्रस्ताव आएको थियोः रवि लामिछाने

२१ सिट हुँदा प्रधानमन्त्री बन्न मेरो मात्रै हस्ताक्षर बाँकी राखेर प्रस्ताव आएको थियोः रवि लामिछाने

काठमाडौँमा आयोजित पार्टीको नीति, संगठन र नेतृत्व कार्यशालामा सम्बोधन गर्दै उनले पार्टीका नेताहरुलाई उनले सो कुरा बताएका हुन् । उनले भने, ‘मलाइ २१ सिटको दलको नेताको रुपमा प्रधानमन्त्री...