नेभिगेशन
समाज

सशस्त्र प्रहरी बल नं १ बराहबाहिनीको सुरक्षा सम्मेलन

सुनसरी । सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनीको प्रथम बाहिनी सुरक्षा सम्मेलन सम्पन्न भएको छ । चाडपर्वलाई लक्षित गरी सुरक्षा सतर्कता र समन्वयलाई प्रभावकारी बनाउने उद्देश्यले सशस्त्र प्रहरी बल, नेपाल नं १ बराह बाहिनी मुख्यालयमा सुरक्षा सम्मेलन गरिएको सशस्त्र प्रहरी प्रवक्ता वरिष्ठ उपरीक्षक (एसएसपी) सुधीर जङ्ग थापाले जानकारी दिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सम्मेलनमा कोसी प्रदेशको समग्र शान्तिसुरक्षाको अवस्था, सम्भावित चुनौती र समाधानका रणनीति विषयमा छलफल गर्दै, सीमावर्ती गतिविधि, आपराधिक क्रियाकलाप, बढ्दो सवारी दुर्घटना र चाडपर्वका सन्दर्भमा देखिनसक्ने जोखिमलाई न्यूनीकरण गर्न समन्वयात्मक सुरक्षा रणनीति निर्माण गरिएको प्रवक्ता थापाले बताए । 

Ncell
Extreme Energy

आइतबार आयोजित समापन कार्यक्रममा सशस्त्र प्रहरी बल नं १ बराह बाहिनी मुख्यालयका बाहिनीपति एवं सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले प्रशासनिक तथा अपरेशनल कार्यक्षमताको सुदृढीकरण, सीमा सुरक्षामा उच्च सतर्कता, युनिट व्यवस्थापनमा पारदर्शिता र चाडपर्वलाई लक्षितगरी त्रुटिरहित सुरक्षा रणनीति अपनाउन मातहत इकाइहरूलाई निर्देशन दिए ।

उनले चाडपर्व नजिकिँदै गर्दा भीडभाड, चोरी–डकैती, सवारी दुर्घटना न्यूनीकरण, तालिम व्यवस्थापन तथा कल्याणकारी सेवा प्रवाहमा थप सुधार गर्न आवश्यक रहेको बताएका थिए । सम्मेलनमा कोसी प्रदेशभरका १४ वटै जिल्लामा कार्यरत सशस्त्र प्रहरी बलका सात गण, सात गुल्म, दुई आश्रित गुल्म, एक मुद्दती तथा सेवा गुल्म तथा १० प्रस्तावित सीमासुरक्षा गुल्मका प्रमुखले सहभागिता जनाएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की

सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की

पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन र परिवर्तनका लागि आ–आफ्नो ठाउँबाट इमानदार, जिम्मेवार र चनाखो भएर कर्तव्य निर्वाह गर्न सबैसँग आग्रह गरेकी छिन्।
१ वर्षमा जेनजीले के पाए ?

१ वर्षमा जेनजीले के पाए ?

रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन

रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन

रसुवाको भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन भएको दुई सातासम्म पनि श्रीमान्को पत्ता नलागेपछि जनकपुरधामकी पूजा साहको चिन्ता अझै बढ्दै गएको छ।