नेभिगेशन
समाज

एससीओ सम्मेलनः चीन, रूस र भारतबीच रणनीतिक सम्वादको नयाँ चरण

चीन । चीनका राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित युरेशियाली क्षेत्रका करिब २० देशका शीर्ष नेताहरू चीनको तियानजिन सहरमा आयोजित शिखर सम्मेलनमा सहभागी भएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शाङ्घाई सहयोग सङ्गठन (एससीओ) अन्तर्गत आयोजित यो सम्मेलन सोमबारसम्म जारी रहनेछ । सम्मेलनको सुरक्षालाई मध्यनजर गर्दै तियानजिनमा उच्च सतर्कता अपनाइएको छ । केही दिनपछि राजधानी बेइजिङमा दोस्रो विश्वयुद्धको समाप्तिको ८०औँ वार्षिक उत्सवमा आयोजना हुने भव्य सैन्य परेडलाई समेत दृष्टिगत गर्दै, सम्मेलनलाई विशेष महत्वका साथ हेरिएको छ ।

Ncell
Extreme Energy

शाङ्घाई सहयोग सङ्गठनमा चीन, भारत, रूस, पाकिस्तान, इरान, कजाखस्तान, किर्गिस्तान, ताजिकिस्तान, उज्बेकिस्तान र बेलारुस स्थायी सदस्य रहेका छन्, भने १६ अन्य देशहरू पर्यवेक्षक  साझेदारका रूपमा आबद्ध छन् ।

रूसी राष्ट्रपति पुटिन आइतबार उच्चस्तरीय सरकारी तथा व्यापारिक प्रतिनिधिमण्डलसहित थिआन्जिन पुग्नु भएको हो ।  सम्मेलनका क्रममा राष्ट्रपति सी जिनपिङले माल्दिभ्स, अजरबैजान, किर्गिस्तान तथा बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोसहित विभिन्न मुलुकका नेताहरूसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार राष्ट्रपति सीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि सौहार्दपूर्ण वातावरणमा छलफल गरेका छन् ।

क्षेत्रीय समन्वय र नयाँ विश्व व्यवस्था निर्माणतर्फ छलफल

चीन र रूसले यस सङ्गठनलाई बहुध्रुवीय विश्व व्यवस्थाको विकल्पको रूपमा अघि सार्दै आएका छन् । यसपटकको सम्मेलन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पुनः पदस्थापन भएपछिको पहिलो एससीओ बैठक हो, जसले पनि यसलाई विशेष महत्व दिएको छ । राष्ट्रपति पुटिनले सम्मेलनअघि चिनियाँ सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्तामा उनले भने, “यो बैठकले साझा युरेशियाली क्षेत्रको एकता सुदृढ गर्न तथा वर्तमान चुनौती र खतराहरूको सामना गर्न संगठनलाई अझ प्रभावकारी बनाउनेछ ।”

विश्लेषकहरूका अनुसार, चीन र रूसले एससीओजस्ता क्षेत्रीय मञ्चमार्फत अन्तर्राष्ट्रिय सन्तुलनको पक्षमा नयाँ पहल गर्ने प्रयास गरिरहेका छन् । यस्ता मञ्चहरूमा सहभागिताका माध्यमबाट विकासोन्मुख र गैरपश्चिमी मुलुकहरूलाई सहभागी गराई समावेशी विश्व संरचनाको परिकल्पना गरिएको बताइएको छ ।

व्यापक सहभागिता र कूटनीतिक सन्देश

यस सम्मेलनमा इरानका राष्ट्रपति मासुद पेजेश्कियन, तर्कीएका राष्ट्रपति रेचेप तैयप एर्दोआन लगायत धेरै देशका प्रमुखहरूको उपस्थिति रहेको छ । विश्लेषकहरूको भनाइमा, यस्तो उच्चस्तरीय सहभागिताले एससीओको बढ्दो प्रभाव र चीनको कूटनीतिक सक्रियतालाई प्रष्ट पार्दछ ।

एशिया समाज नीति संस्थानकी विश्लेषक लिज्जी लीका अनुसार,“चीनले एससीओलाई सार्वभौमिकता, आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नीति तथा बहुध्रुवीयता जस्ता सिद्धान्तमा आधारित मञ्चको रूपमा प्रस्तुत गर्दै आएको छ ।”

आपसी छलफल

शनिबार राष्ट्रपति शीले कम्बोडियाका प्रधानमन्त्री हुन मानेतसँग पनि शिष्टाचार भेटवार्ता गरेका छन् । आगामी दिनहरूमा राष्ट्रपति पुटिनले तर्कीए र इरानका राष्ट्रप्रमुखहरूसँग युक्रेन युद्ध र इरानी आणविक कार्यक्रमबारे छलफल गर्नुहुने कार्यक्रम रहेको छ ।

जापानस्थित सोका विश्वविद्यालयका प्राध्यापक लिम ताई वेइका अनुसार,“रूसका लागि एससीओजस्ता क्षेत्रीय मञ्चहरू विश्व राजनीतिमा भूमिका बढाउने अवसर हुन् । साथै, चीनजस्तो ठूलो अर्थतन्त्रको साथ पाउन पुटिन इच्छुक छन् ।”

भारतका प्रधानमन्त्री मोदी शनिबार चीन पुगेका छन् । यो सन् २०१८ यता उनको पहिलो चीन भ्रमण हो । केही दिनअघि अमेरिकाले भारतले रूसी तेल खरिद गरेको विषयलाई लिएर भारतीय सामानमाथि आयात शुल्क बढाएको थियो, जसले भारत–अमेरिका व्यापार सम्बन्धमा असर पारेको बताइन्छ ।

भारत र चीन विश्वका दुई सबैभन्दा जनसङ्ख्या भएका मुलुकहरू हुन्, जसबीच दक्षिण एशियाली क्षेत्रमा प्रभाव जमाउने प्रतिस्पर्धा रहँदै आएको छ । सन् २०२० मा दुवै मुलुकबीच सीमामा झडप भएको थियो । यद्यपि, गत वर्ष अक्टोबरमा रुसमा आयोजित सम्मेलनमा प्रधानमन्त्री मोदी र राष्ट्रपति सी बीचको भेटपछि द्विपक्षीय सम्बन्धमा केही सहजता देखिएको थियो ।

चिनियाँ सञ्चार माध्यमद्वारा सार्वजनिक गरिएको बेइजिङ परेडको सहभागीहरूको सूचीमा प्रधानमन्त्री मोदीको नाम उल्लेख गरिएको छैन । तर, म्यान्माका सैनिक शासन प्रमुख मिन आङ हलाइङ र उत्तर कोरियाका नेता किम जोङ उनको सहभागिता उल्लेख गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
स्थानीय तहमा जनप्रतिनिधि र कर्मचारीबिचको द्वन्द्व समाधान गर्न उच्चस्तरीय समिति गठन

स्थानीय तहमा जनप्रतिनिधि र कर्मचारीबिचको द्वन्द्व समाधान गर्न उच्चस्तरीय समिति गठन

यी लगायतका समस्याको अध्ययन गरी दीर्घकालीन समाधान निकाल्न मन्त्रालयले सचिवको संयोजकत्वमा प्रधानमन्त्री कार्यालयका सहसचिव, नगरपालिका सङ्घ र गाउँ पालिका राष्ट्रिय महासङ्घका समेत प्रतिनिधि रहने गरी उच्चस्तरीय समिति गठन...
समस्याग्रस्त थप तीन सहकारीका १७ सय ऋणीको नाम सार्वजनिक

समस्याग्रस्त थप तीन सहकारीका १७ सय ऋणीको नाम सार्वजनिक

समितिले सूचना जारी गर्दै सम्बन्धित ऋणीहरूले यथाशीघ्र समितिको कार्यालयमा सम्पर्क गरी ऋण चुक्ता गर्न भनेको छ ।  अन्यथा कानुन बमोजिम असुली गरिने जनाएको छ ।
होल्डिङ सेन्टरका नागरिकलाई पुनःस्थापना गर्न सांसदहरुको माग

होल्डिङ सेन्टरका नागरिकलाई पुनःस्थापना गर्न सांसदहरुको माग

होल्डिङ सेन्टरमा रहेका नागरिकका लागि दैनिक जीवन निर्वाह गर्न सामाजिक सुरक्षा तथा रोजगारीका अवसर सिर्जना गर्न आवश्यक भएको भन्दै अनाथ र गरीब बालबालिकाका लागि निःशुल्क शिक्षाको व्यवस्था मिलाउनुपर्नेमा...
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट अनुसन्धान भएको कसुरको मुद्दा हेर्ने क्षेत्राधिकार विशेष अदालतमा रहेको र अध्यादेश जारी हुनुपुर्व काठमाडौं जिल्ला अदालतबाट २०८२ चैत १४ मा जारी पक्राउ पुर्जी स्वतः...