नेभिगेशन
समाज

सिरहामा करेन्ट लागेर दुईको मृत्यु, एक घाइते

सिरहा । सिरहमा दुई छुट्टाछुट्टै घटनामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छभने एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार शनिबार दुई जनाको मृत्यु भएको हो भने आइतबार एक महिला घाइते भएकी हुन् । सिरहा नगरपालिका–४ रमौलमा बसोबास गर्ने इद महमदका १५ वर्षीय छोरा मो अम्माद र लहान नगरपालिका–१९ कटहाका ४० वर्षीय कमकलाल सदायको शनिबार करेन्ट लागेर मृत्यु भएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

इनारबाट पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेपछि गम्भीर घाइते भएका अम्मादको उपचारका क्रममा प्रादेशिक अस्पताल सिरहामा निधन भएको हो । सिरहा–४ रमौलमा आइतबार सदरे आलमकी ३० वर्षीया श्रीमती अफ्रोजा खातुन पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर घाइते भएका हुन । उनको प्रादेशिक अस्पताल सिरहामा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Ncell
Extreme Energy

यस्तै, सदाय पनि आफ्नो घरमा सिटी रिक्सा ‘चार्ज’ गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए । उनको स्थानीय अस्पतालमा उपचारकै क्रममा निधन भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक अनन्तराम शर्माका अनुसार, हाल सबै घटनाबारे अनुसन्धान भइरहेको छ । विद्युत् प्रयोगमा सावधानी नअपनाउँदा यस्ता घटनाको सङ्ख्या बढ्दै गइरहेकाले सतर्कता अपनाउन उनले आग्रह गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
१ वर्षमा जेनजीले के पाए ?

१ वर्षमा जेनजीले के पाए ?

रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन

रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन

रसुवाको भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन भएको दुई सातासम्म पनि श्रीमान्को पत्ता नलागेपछि जनकपुरधामकी पूजा साहको चिन्ता अझै बढ्दै गएको छ।
यी स्थानमा आज स्थानमा भारी वर्षा हुने

यी स्थानमा आज स्थानमा भारी वर्षा हुने

आज मंगलबार देशभर साधारणतया बदली रहनेछ।