नेभिगेशन
समाज

हिलाम्मे सडकले ढोरपाटन आउने पर्यटकलाई सास्ती

बागलुङ । नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटन पुग्ने सडकको दुरावस्थाका कारण पर्यटकले सास्ती खेप्नुपरेको छ । राष्ट्रिय प्राथमिकताको आयोजनाका रुपमा रहेको सालझण्डी–ढोरपाटन सडक ट्रयाक खुलेको १० वर्ष बित्दा पनि स्तरोन्नति भएको छैन । ढोरपाटनको प्रवेशद्वार बुर्तिवाङदेखि बोबाङसम्म सडक सहज भए पनि त्यसभन्दा माथि निकै अप्ठ्यारो छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

साँघुरो सडक खाल्डाखुल्डी र हिलाम्मे हुँदा पर्यटकका सवारीसाधान ढोरपाटन पुग्न हम्मेहम्मे पर्छ । यस बेला अधिकांश पर्यटक मोटरसाइकल र जिपमा आउने गर्दछन् । पर्यटकले प्रयोग गर्ने सवारीसाधन बीचबाटोमै बिग्रिने गरेको छ । वर्षाले सडकमा लेदोसहितको हिलो र ढुङ्गा थुपारेको छ ।

Ncell
Extreme Energy

रुपन्देहीको सालझण्डीदेखि अर्घाखाँची हुँदै सडक ढोरपाटन जोडिएको छ । सडक साँघुरो र हिलाम्मे हुँदा वस्तुभाउ र मान्छेलाई लेकवेंसी गर्नै सकस हुने ढोरपाटन नगरपालिका–९ का वडाअध्यक्ष खीमबहादुर घर्तीमगरले बताए । 

उनले, “यो सडकका कारण यस क्षेत्रका हजारौँ नागरिक र आगन्तुकले दुःख पाउनुपरेको छ, निर्माण कम्पनीले समयमै काम गरी दिएको भए अहिलेसम्म सकिने थियो, हामीहरुले बारम्बार काम गर्नका लागि आग्रह ग¥यौँ तर कार्यान्वन भएन ।”

नवलपुरबाट ढोरपाटन घुम्न आउनुभएका तुफान सापकोटाले फल्लेघरभन्दा तल पट्टीको सडकमा गाडी बिग्रिँदा दुईदिन अलपत्र परेको गुनासो पोखे । सामाजिक सञ्जालमा ढोरपाटनको मनमोहक तस्बिर र भिडियो देखेर घुम्न आएको सुनाउँदै सडकका कारण दुःख पाएको उनको भनाई छ ।

“ढोरपाटन यति सुन्दर छ, तर यहाँसम्म आउने सडकको अवस्था निकै खबरा रहेछ, हामीहरु यहाँको सुन्दरता देखेर आएका थियौँ, यस्तो सडक छ भन्ने थाहा पाएको भए आउने थिएनौँ”, उनले भने ।

विसं २०७१ मा बागलुङ खण्डमा सडक ट्रयाक खुलेको थियो । गङ्गरेदेखि ढोरपाटनसम्म ६१ किलोमिटर छ । सालझण्डीदेखि ढोरपाटनसम्म १९७ किलोमिटर रहेको छ । बडिगाड गाउँपालिका–१० गङ्गरे, निसीखोला गाउँपालिका–७ राजकुट, वडा नम्बर १ देवीस्थान हुँदै ढोरपाटन जोडिएको सडक स्तरोन्नतिका लागि चार वर्ष अगाडि ठेक्का सम्झौता भएको थियो । हालसम्म काम हुन नसकेको हो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
क्रिष्टियानो रोनाल्डो : कीर्तिमानधारी तर जित्न सकेनन् विश्वकप

क्रिष्टियानो रोनाल्डो : कीर्तिमानधारी तर जित्न सकेनन् विश्वकप

रोनाल्डो लगातार छैटौं पटक विश्वकप खेल्दा पनि टिमलाई जित दिलाउन सकेनन् । आँखाबाट लगातार आँसु झार्न पुगे । मैदानमा एकछिन भाबुक बने । अनि टिमका अन्य साथीलाई छाडेर...
९५ प्रतिशत काम सकिएपछि यस्ताे देखियाे साँगाकाे अन्डरपास

९५ प्रतिशत काम सकिएपछि यस्ताे देखियाे साँगाकाे अन्डरपास

आयोजना पूर्ण रूपमा सम्पन्न भएपछि काठमाडौं र भक्तपुरतर्फबाट बनेपातर्फ जाने सवारीसाधनहरू अन्डरपास भएर गुड्नेछन् भने बनेपातर्फबाट काठमाडौं भित्रिने गाडीहरूले माथिल्लो सडक प्रयोग गर्नेछन्।
राष्ट्रिय सभाबाट विनियोजन विधेयक पारित हुँदै, ९ मन्त्रीले जवाफ दिने

राष्ट्रिय सभाबाट विनियोजन विधेयक पारित हुँदै, ९ मन्त्रीले जवाफ दिने

राष्ट्रिय सभाबाट आज बजेटसम्बन्धी विनियोजन विधेयक पारित हुँदैछ ।
फिफा विश्वकप : आयोजक अमेरिकालाई पराजित गर्दै बेल्जियम क्वार्टरफाइनलमा

फिफा विश्वकप : आयोजक अमेरिकालाई पराजित गर्दै बेल्जियम क्वार्टरफाइनलमा

फिफा विश्वकपको राउन्ड अफ १६ अन्तर्गतको खेलमा अमेरिकालाई हराउँदै बेल्जियम विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

भर्खरै