नेभिगेशन
समाज

नेप्से परिसूचक बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । सोमबार परिसूचक १२ दशमलव ०३ अङ्कले बढेर दुई हजार ७६१ दशमलव ८६ को विन्दुमा कायम भएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सोमबार विभिन्न ३२६ कम्पनीका एक करोड १४ लाख ४० हजार ८४४ कित्ता शेयर ६८ हजार ७७५ पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब १० करोड ५७ लाख ४६ हजार ६५७ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

Ncell
Extreme Energy

सोमबार कारोबारमा व्यापार समूह शून्य दशमलव ८५ र अन्य समूह शून्य दशमलव ०३ प्रतिशतले घटेको छभने अरू सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै बैङ्किङ समूह एक दशमलव ५०, विकास बैङ्क शून्य दशमलव ५२, वित्त शून्य दशमलव १४, होटल तथा पर्यटन शून्य दशमलव ४३, जलविद्युत् शून्य दशमलव ०८ र लगानी समूह शून्य दशमलव १८ प्रतिशतले बढेको छ । 

त्यस्तै, उत्पादन तथा प्रशोधन शून्य दशमलव ३६, लघुवित्त शून्य दशमलव २७, म्युचुअल फन्ड शून्य दशमलव १६ र निर्जीवन बीमा समूह शून्य दशमलव ३० प्रतिशतले बढेको छ ।

हिम स्टार ऊर्जा कम्पनी लिमिटेडको शेयर मूल्य सोमबार सबैभन्दा धेरै छ दशमलव ०७ प्रतिशतले घटेको छ । 

त्यस्तै, सबैभन्दा धेरै उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सात दशमलव ६८ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा सोमबार सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको रु २८ करोड आठ लाख २३ हजार १८४ बराबरको कारोबार भएको छ । 

त्यस्तै, कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै कुमारी बैङ्क लिमिटेडको नौ लाख एक हजार ५४७ कित्ता शेयर खरिदबिक्री भएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
१ वर्षमा जेनजीले के पाए ?

१ वर्षमा जेनजीले के पाए ?

रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन

रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन

रसुवाको भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन भएको दुई सातासम्म पनि श्रीमान्को पत्ता नलागेपछि जनकपुरधामकी पूजा साहको चिन्ता अझै बढ्दै गएको छ।
यी स्थानमा आज स्थानमा भारी वर्षा हुने

यी स्थानमा आज स्थानमा भारी वर्षा हुने

आज मंगलबार देशभर साधारणतया बदली रहनेछ।