नेभिगेशन
मुख्य समाचार

नेप्से परिसूचक बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । सोमबार परिसूचक १२ दशमलव ०३ अङ्कले बढेर दुई हजार ७६१ दशमलव ८६ को विन्दुमा कायम भएको हो ।

सोमबार विभिन्न ३२६ कम्पनीका एक करोड १४ लाख ४० हजार ८४४ कित्ता शेयर ६८ हजार ७७५ पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब १० करोड ५७ लाख ४६ हजार ६५७ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

सोमबार कारोबारमा व्यापार समूह शून्य दशमलव ८५ र अन्य समूह शून्य दशमलव ०३ प्रतिशतले घटेको छभने अरू सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै बैङ्किङ समूह एक दशमलव ५०, विकास बैङ्क शून्य दशमलव ५२, वित्त शून्य दशमलव १४, होटल तथा पर्यटन शून्य दशमलव ४३, जलविद्युत् शून्य दशमलव ०८ र लगानी समूह शून्य दशमलव १८ प्रतिशतले बढेको छ । 

त्यस्तै, उत्पादन तथा प्रशोधन शून्य दशमलव ३६, लघुवित्त शून्य दशमलव २७, म्युचुअल फन्ड शून्य दशमलव १६ र निर्जीवन बीमा समूह शून्य दशमलव ३० प्रतिशतले बढेको छ ।

हिम स्टार ऊर्जा कम्पनी लिमिटेडको शेयर मूल्य सोमबार सबैभन्दा धेरै छ दशमलव ०७ प्रतिशतले घटेको छ । 

त्यस्तै, सबैभन्दा धेरै उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सात दशमलव ६८ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा सोमबार सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको रु २८ करोड आठ लाख २३ हजार १८४ बराबरको कारोबार भएको छ । 

त्यस्तै, कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै कुमारी बैङ्क लिमिटेडको नौ लाख एक हजार ५४७ कित्ता शेयर खरिदबिक्री भएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
एनपिएलः सुदूरपश्चिमको दोस्रो जित, शीर्षस्थानमा उक्लियो

एनपिएलः सुदूरपश्चिमको दोस्रो जित, शीर्षस्थानमा उक्लियो

पहिलो खेलमा सुदूरपश्चिमले काठमाडौँ गोर्खाजमाथि २९ रनको जित निकाल्दै सुखद सुरुआत गरेको थियो । योसँगै पोखरा दोस्रो खेलमा पनि पराजित भएको हो । पहिलो खेलमा पोखरा विराटनगर किङ्ससँग...
कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गरेको आरोपमा ५३ जनामाथि मुद्दा

कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गरेको आरोपमा ५३ जनामाथि मुद्दा

तीमध्ये १४ जना धरौटीमा छुटेको र ३९ जनामाथि अनुसन्धान भइरहेको उनले बताए । वडा प्रहरी कार्यालय बैदामबाट तीन जना र अन्यलाई जिल्ला प्रहरी कार्यालयबाट मुद्दा चलाइएको हो ।...
जिल्ला सुरक्षा समिति र जेन जी समूहबीच वार्ता जारी(तस्बिरहरु)

जिल्ला सुरक्षा समिति र जेन जी समूहबीच वार्ता जारी(तस्बिरहरु)

बुधबार बारा जिल्लाको सिमरामा जेन जी समूह र नेकपा एमाले निकट नेता तथा कार्यकर्ता बीच भएको झडप र त्यस पछिको सिर्जित अवस्था अन्त्यका लागि शुक्रबार सशस्त्र प्रहरी बल,...
‘जेनजी’ अगुवा र प्रशासनबीच वार्ता, सिमराको अवस्था सामान्य बन्दै

‘जेनजी’ अगुवा र प्रशासनबीच वार्ता, सिमराको अवस्था सामान्य बन्दै

वार्तामा ‘जेनजी’ पक्षबाट बारा संयोजक सम्राट उपाध्यायसहित १८ जना र प्रशासनका तर्फबाट प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रसहित सुरक्षा निकायका प्रमुखको सहभागिता रहेको सहायक प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम भट्टराईले...