नेभिगेशन
सबै कुरा

विदाको दिन गाउँपालिका अध्यक्षको सरकारी गाडीले ठक्कर दिँदा बालिका घाइते

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्याय (हिमशिखर) ले प्रयोग गर्ने सुदूरपश्चिम प्रदेश ०१–००१ झ ५२८ नम्बरको सरकारी गाडीले बालिकालाई ठक्कर दिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिपको ठक्करबाट भजनी  नगरपालिका–४, झलझलियाकि  ७ वर्षीय बालिका मेनुका भण्डारी घाइते भएकी छन् । गाउँपालिका अध्यक्ष उपाध्यायलाई उनको घोडाघोडी नगरपालिका ७ हरिनगरमा रहेको घरमा पुर्याएर फर्कदै गर्दा शनिवार बिहान  ९ः३५ बजे जिपले ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ । 

Ncell
Extreme Energy

घाइते भण्डारीको  स्थानीय घोडाघोडी अस्पताल प्रा.लि. सुखडमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय सुखडले जनाएको छ । 

जिप चालक २६ वर्षीय रेशमबहादुर आचार्य र जिप प्रहरीको नियन्त्रणमा छ । सार्वजनिक बिदाको दिनमा पनि सरकारी गाडी चलाएको र सोही गाडीले बालिकालाई ठक्कर दिएपछि गाउँपालिका अध्यक्ष उपाध्यायको चर्का आलोचना भईरहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
निःशुल्क कानुनी सहायता विधेयक सदनमा

निःशुल्क कानुनी सहायता विधेयक सदनमा

निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक २०८३ प्रतिनिधिसभा बैठकमा प्रस्तुत भएको छ ।
जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौँ महानगरको निगरानी

जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौँ महानगरको निगरानी

नियमित रुपमा पानी पर्न थालेपछि काठमाडौँ महानगरपालिकाले जोखिमयुक्त स्थान र विद्यालयहरुमा निगरानी बढाएको छ ।
सुनुवाइ समितिले माग्यो प्रस्तावित राजदूविरुद्ध उजुरी

सुनुवाइ समितिले माग्यो प्रस्तावित राजदूविरुद्ध उजुरी

संघीय संसद्को संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाएको छ ।
हाजिर गरेर टाप कस्ने सांसदलाई कडाइ गर्दै रास्वपा, अब सुरुदेखि अन्त्यसम्म बैठकमा अनिवार्य बस्नैपर्ने

हाजिर गरेर टाप कस्ने सांसदलाई कडाइ गर्दै रास्वपा, अब सुरुदेखि अन्त्यसम्म बैठकमा अनिवार्य बस्नैपर्ने

राष्ट्रिय स्वतन्त्र पार्टीले हाजिर गरेर टाप कस्ने (हाटा) सांसदहरुलाई कडाई गरेको छ । प्रतिनिधिसभामा १८२ सांसद भएको रास्वपाले संसद बैठकको उपस्थितिलाई थप व्यवस्थित गर्न यो कदम चालेको हो...