नेभिगेशन
समाज

निजामती सेवा दिवसको अवसरमा हुलाक टिकट प्रदर्शनीको आयोजना

काठमाडौँ । निजामती सेवा दिवस २०८२ को अवसरमा हुलाक सेवा विभागले हुलाक टिकट प्रदर्शनीको आयोजना गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

हुलाक सेवा विभागले नेपाल फिलाटेलिक सोसाइटीसंगको सहकार्यमा एक दिने हुलाक टिकट प्रदर्शनीको आयोजना गरेको हो । हुलाक टिकट प्रदर्शनीको शुक्रबार बिभाग परिसर बबरमहलमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले उद्घाटन गरेका हुन । सचिव अर्यालले निजामती कर्मचारीहरूले सेवाभाव मार्फत आफ्नो पदको छवि उच्च बनाउनुपर्ने बताए ।

Ncell
Extreme Energy

उनले आफ्नो महत्व झल्किने गरी सवैले आफ्नो कतव्र्य पुरा गर्नुपर्नेमा जोड दिएका हुन । मन्त्रालयका तर्फबाट मातहतका निकायलाई गर्ने सहयोग सदैव कायम रहने उनले बताए । हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पङ्गेनीले सम्पदा झल्काउने हुलाक टिकट प्रदर्शनीमा राखिएको बताइन । उनले हुलाक टिकट चिठ्ठीको ऐतिहासिक महत्व रहेकाले यसलाई कायमै राखिने उल्लेख गरेकी थिइन ।

त्यस्तै, प्रदर्शनीमा वनस्पति र जनावरसम्बन्धी, राष्ट्रको नक्सा, हिमाल र राष्ट्रिय सम्पदासम्बन्धी, ऐतिहासिक मन्दिर र स्मारक, विशिष्ट व्यक्तित्वका योगदानका टिकट आदि राखिएको उनले बताइन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन

रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन

रसुवाको भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन भएको दुई सातासम्म पनि श्रीमान्को पत्ता नलागेपछि जनकपुरधामकी पूजा साहको चिन्ता अझै बढ्दै गएको छ।
यी स्थानमा आज स्थानमा भारी वर्षा हुने

यी स्थानमा आज स्थानमा भारी वर्षा हुने

आज मंगलबार देशभर साधारणतया बदली रहनेछ।
भेडीगोठमा लालबिरका सात दशक

भेडीगोठमा लालबिरका सात दशक

शिरमा ढाका टोपी । इस्टकोटको बाहिर सेतो भाङ्ग्रा भिरेर ट्याक पाइन्ट लगाएका । खुट्टामा घुँडासम्म छोपिने गमबुट । भेडाबाख्राका हुलको पछिपछि दौडिरहेका ८१ वर्षीय लालबिर तिलिजाको सक्रियता युवा...