नेभिगेशन
समाज

एमाले अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमा के छ ?

ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले नेपाली विशेषताको समाजवादको अवधारणा अघि सारेका छन् । उनले समाजको विशेषताका आधारमा बहुलता र विविधतालाई समाजवादी राज्य प्रणालीमा जोड्ने बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आजदेखि सुरु भएको दोस्रो महाधिवेशनमा अध्यक्ष ओलीका तर्फबाट उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक  प्रतिवेदन वाचन गर्दै समाजको विशेषताका रूपमा रहेको बहुलता र विविधतालाई समाजवादी राज्यप्रणालीमा सामञ्जस्य गर्दै अगाडि बढाइने उल्लेख गरे । उनले भने, “एकरुपतामा एकता होइन, विविधतामा एकतालाई प्रवर्द्धन गरिने छ ।” 

Ncell
Extreme Energy

प्रतिवेदनमा नेपाली विशेषताको समाजवादको अनिवार्य कार्यभारमा राष्ट्रिय हित, राष्ट्रिय स्वाभिमान, पहिचान र स्वाधीनताको रक्षा तथा विकास भनेर व्याख्या गरिएको छ । नेपाली विशेषताको समाजवादको एक मुख्य आधार ‘परिपूर्ण लोकतन्त्र’लाई भनिएको छ । 

अध्यक्ष ओलीद्वारा प्रस्तावित राजनीतिक प्रतिवेदनमा उल्लेख छ, “नेपाली विशेषताको समाजवादको एउटा महत्त्वपूर्ण पक्षका रूपमा लोकतन्त्रका विश्वव्यापी मूल्यमान्यतालाई आत्मसात् गर्नेछ । संविधानको सर्वोच्चता, विधिको शासन, मानव अधिकार, शक्ति पृथकीकरण र आवधिक निर्वाचन जस्ता विषयहरू राज्य सञ्चालनका अभिन्न विषय हुनेछन् । दलहरू बीचको प्रतिस्पर्धा सुनिश्चित गरिनेछ । जनताको अभिमतबाट मात्रै शासन सञ्चालन गर्ने, अनिर्वाचित सत्ता नहुने कुराको प्रत्याभूति गरिनेछ ।”

प्रतिवेदनमा वर्ग संरचना खण्डअन्तर्गत निम्न वर्ग, मध्यम वर्ग र उच्च वर्ग भनेर उल्लेख गरिएको छ । जसमा निम्न वर्गको आर्थिक आय प्रायः रु एक लाख पचास हजारभन्दा कम, मध्यम वर्गमा वार्षिक आय करिब रु रु एक लाख पचासदेखि पाँच लाख, उच्च वर्गमा वार्षिक आय रु पाँच लाखभन्दा माथि भएकालाई आधार मानिएको छ ।

जातीय र सामाजिक आयाममा दलित र मुस्लिम समुदायमा भूमिहीन, सीमान्त किसान र न्यून आय वर्गका बढी देखाइएको छ । सन् २०२२ को तथ्यलाई प्रतिवेदनमा आधार मानिएको छ । जसअनुसार औसत गरिबी दर २० दशमलव तीन प्रतिशत दलितमा र त्यो मुस्लिममा ३० प्रतिशतभन्दा बढी रहेको छ । यसैगरी, मानव विकास सूचाङ्कमा पनि जातीय विवेद देखिएको निष्कर्ष प्रतिवेदनमा उल्लेख गरिएको छ । 
अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनपछि उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव, महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्रतिवेदनका साथै अन्य चार आयोगका प्रतिवेदन पनि पेस गरिने छ । यस्तै, स्थायी कमिटी सदस्य कर्ण थापाको फरक मतको प्रतिवेदनसमेत आजै प्रस्तुत हुनेछ । महाधिवेशन आइतबारसम्म सञ्चालन हुनेछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
उखु किसानलाई डेढ अर्ब अनुदान दिन कृषिमन्त्री चौधरीले स्वीकृत गरिन् कार्यविधि

उखु किसानलाई डेढ अर्ब अनुदान दिन कृषिमन्त्री चौधरीले स्वीकृत गरिन् कार्यविधि

कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले उखु किसानलाई १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी अनुदान रकम वितरण गर्न कार्यविधि स्वीकृत गरेकी छिन् ।
कांग्रेसको १५ औँ महाधिवेशन : मतदान शुरू, ३ बजेसम्म मतदान हुने, आजै मतगणता थाल्ने तयारी

कांग्रेसको १५ औँ महाधिवेशन : मतदान शुरू, ३ बजेसम्म मतदान हुने, आजै मतगणता थाल्ने तयारी

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान शुरू भएको छ । ज्येष्ठ महाधिवेशन प्रतिनिधि शोभाकान्त बरालले गण्डकी प्रदेशमा पहिलो मत खसालेका छन् ।
ममता काफ्ले सम्झिएर अमेरिकी अदालतमा भक्कानिइन् आमा गीता, साथी सरिताले दिइन् सनसनीपूर्ण वयान

ममता काफ्ले सम्झिएर अमेरिकी अदालतमा भक्कानिइन् आमा गीता, साथी सरिताले दिइन् सनसनीपूर्ण वयान

आफ्नी पत्नी ममता काफ्ले भट्टको हत्या गरेको र उनको शव लुकाएको आरोप (शव अहिलेसम्म फेला परेको छैन) सामना गरिरहेका मनासास पार्कका बासिन्दा नरेश भट्टविरुद्धको मुद्दामा बिहीबार अदालतमा सात...
मतदान ढिलो भएकामा माफी माग्दै गगन थापाले भने: पार्टीमा कुनै गुट छैन, भ्रममा नपरी आफ्नो विवेकले भोट हाल्नुस्

मतदान ढिलो भएकामा माफी माग्दै गगन थापाले भने: पार्टीमा कुनै गुट छैन, भ्रममा नपरी आफ्नो विवेकले भोट हाल्नुस्

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनमा आफ्नो नाम जोडेर प्रचार गरिएका उम्मेदवारका सूचीहरू आधिकारिक नभएको स्पष्ट पारेका छन् । उनले सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई कुनै...

भर्खरै