नेभिगेशन
मुख्य समाचार

दिगो विकासका लागि सबैलाई समेट्न आवश्यकः पूर्वराष्ट्रपति यादव

काठमाडौँ । पूर्वराष्ट्रपति डा रामवरण यादवले दिगो विकासलाई केवल आर्थिक वा भौतिक दृष्टिले मात्र सीमित नगरी शिक्षा, समाज र प्रविधिसहित सबै क्षेत्रमा समान महत्वका साथ अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।

काठमाडौँमा आयोजित दिगो विकासका लागि अन्तरविषयक अध्ययन विषयक अन्तरराष्ट्रिय गोष्ठिमा पूर्वराष्ट्रपति डा यादवले समाजकल्याण र सामाजिक न्यायमा समर्पित परिवर्तनकारी नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै युवालाई जिम्मेवार र दूरदर्शी नेतृत्वकर्ता बन्न आग्रह गरेका थिए ।

City Express

कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा डा अच्युत वाग्लेले अन्तरविषयक अध्ययनले विद्यार्थीमा बहुआयामिक सोच, नवप्रवर्तन र समुदायसँग सशक्त सम्बन्ध विकास गर्ने अवसर प्रदान गर्ने बताए । कार्यक्रमका अध्यक्ष बद्रीदेव पाँडेले यस्ता अन्तरराष्ट्रिय सेमिनारले युवालाई परिवर्तनकारी नेतृत्वको बाटोमा अघि बढ्न प्रेरित गर्ने बताएका थिए ।

नेशनल कलेजका प्रिन्सिपल माधव न्यौपानेले सेमिनारमा दिगो विकासका तीन महत्त्वपूर्ण आयाम–अन्तर विषयक दृष्टिकोण, शैक्षिक–समुदाय सम्बन्ध र दिगोपनका लागि डिजिटलीकरणबारे गहन छलफल भएको जानकारी दिए । कार्यक्रममा विभिन्न शैक्षिक संस्था, अनुसन्धानकर्ता, विद्यार्थी र समाजसेवीको सहभागिता रहेको थियो । सहभागीबीच दिगो विकास, सामाजिक जिम्मेवारी र भविष्यका चुनौतीबारे छलफल भएको

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
रामहरि खतिवडाको नियुक्ति तत्काल स्थगित गर्न रास्वपाको माग

रामहरि खतिवडाको नियुक्ति तत्काल स्थगित गर्न रास्वपाको माग

रामहरि खतिवडा प्रतिनिघिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति पदमा कार्यरत रहँदा  ‘कुलिङ अफ पिरियड’ सम्बन्धी गडबडीबारे संसदीय छानबिन प्रतिवेदनले दोषी देखिएका थिए । उनलाई कारवाहीका लागि...
लोमान्थाङको छोर्तेनछोमा तीव्रताका साथ पुल निर्माण गरिँदै

लोमान्थाङको छोर्तेनछोमा तीव्रताका साथ पुल निर्माण गरिँदै

पक्की पुल निर्माणका लागि गाउँपालिकाले गत माघ १० गते माछापुच्छे इञ्जिनियरिङ प्राइभेट लिमिटेडसँग रु ७८ लाख २० हजार आठ ३६ लागतमा ठेक्का सम्झौता गरेको थियो । आगामी माघ...
एमालेको सङ्गठित सदस्य सङ्ख्या ३० प्रतिशतले वृद्धि

एमालेको सङ्गठित सदस्य सङ्ख्या ३० प्रतिशतले वृद्धि

उनका अनुसार अहिले छ लाख ६२ हजार ९६१ जना पार्टी सदस्य सङ्ख्या छ । एक लाख ५० हजार सदस्यहरु सङ्गठित हुन बाँकी रहेको महासचिव पोखरेलले बताए । पार्टीका...
कुलिङ पिरियडमा लिखत किर्ते गरेका रामहरि न्यायाधीश छान्ने समितिको सभापति

कुलिङ पिरियडमा लिखत किर्ते गरेका रामहरि न्यायाधीश छान्ने समितिको सभापति

समितिका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराको अध्यक्षतामा आज बसेको समितिको बैठकमा उनलाई निर्विरोध चयन भएको घोषणा गरिएको हो । नवनिर्वाचित खतिवडा नेपाली कांग्रेसका सांसद छन् ।

भर्खरै