नेभिगेशन
समाज

समयमै गुणस्तरीय काम गर्नुस्, शान्तिसुरक्षाको व्यवस्था सरकारले गर्छः गृहमन्त्री लेखक

कञ्चनपुर । गृहमन्त्री रमेश लेखकले निर्माण व्यवसायीहरुले पूर्वाधार निर्माण गुणस्तरीयका साथै समयमै काम सम्पन्न गर्नुपर्ने बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कञ्चनपुरमा आयोजिक निर्माण व्यवसायी सङ्घको २८औँ साधारणसभा एवं १५औँ अधिवेशनलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले समयमै विकास निर्माणका काम सम्पन्न नहुँदा आयोजनाको लागत बढेको बताएका हुन । “निर्माण व्यवसायीहरुले समयमा गुणस्तरीय काम सम्पन्न गर्नुपर्छ, शान्तिसुरक्षाको व्यवस्था सरकारले गर्छ,” उनले भने, “निर्माण व्यवसायको क्षेत्रमा देखिएका समस्या समाधानमा सरकार लाग्छ ।” उनले कुनै पनि सार्वजनिक काममा अशान्ति हुन नहुने उल्लेख गर्दै देशभरिका विकास निर्माणका काममा चन्दा असुली गर्ने, धम्क्याउने जस्ता गतिविधि सरकारले सहन गर्

Ncell
Extreme Energy

पछिल्लो समय निर्माण व्यवसायको क्षेत्रमा गुणस्तरीय काम हुन नसक्नु र समयमै काम हुन नसक्ने समस्या देखिएकाले यसको समाधानमा लाग्नुपर्नेमा गृहमन्त्री लेखकले जोड दिए । “भौतिक पूर्वाधारका काममा गुणस्तरीयता आवश्यक छ, गुणस्तरीय काम हुन सकेन भने राज्यको अर्थको अपवेय हुन्छ, नागरिकले ठीक ढङ्गले सेवा लिन सक्दैनन,” गृहमन्त्री लेखकले भने, “समयमै काम सम्पन्न नहुँदा आयोजनाको मूल्य बढ्दै गएको छ, अहिले एउटै आयोजनाको २०० प्रतिशतसम्म मूल्य अभिवृद्धि भएको छ ।” यसमा निर्माण व्यवसायी मात्रै दोषी नभएको उनले बताए ।

गृहमन्त्री लेखकले राष्ट्रिय निर्माण क्षमताको अभिवृद्धि गर्नुपर्ने बताए छन् । विकास निर्माण र भौतिक निर्माणको क्षेत्रमा काम गर्ने सबै निकायलाई राम्रो गर्दै जानुपर्ने उनले बताए । “सरकारी निकायको पनि पूर्ण रुपले क्षमता वृद्धि भएको छैन,”  उनले भने, “सरकारी र गैरसरकारी निर्माणसँग सम्बन्धित संस्थाहरुको क्षमता वृद्धि भए मात्रै राष्ट्र निर्माणको आधार तयार गर्न सकिन्छ ।” 

वर्तमान सरकारको प्राथमिकतामा नीतिगत सुधार, कानुनी सुधार, सुशासन र दण्डहीनताको अन्त्य गरी विकास निर्माणलाई द्रुतगतिमा अगाडि बढाउने रहेको गृहमन्त्री लेखकले बताए । वर्तमान सरकार अर्थतन्त्रलाई लयमा ल्याउने उद्देश्यका साथ काम गरिहेको उनको भनाइ थियो । “यो सबै कुराको पूर्वसर्त स्थायी सरकार हो, त्यसकारण दुई ठूला पार्टी मिलेर स्थायी सरकार बनेको छ,” उनले भने, “अहिलेको सरकारले नीतिगत र कानुनी सुधारलाई प्राथमिकताका साथ काम गरिरहेको छ ।”

निर्माण व्यवसायीहरुलाई निर्धक्कसँग विकास निमार्णका काम गर्न गृहमन्त्री लेखकले आग्रह गरेका  छन् । वर्तमान सरकारले निर्माण व्यवसायीहरुलाई वर्षौँदेखि तिर्न बाँकी रहेको रु ३५ अर्ब रकम भुक्तानी गरिरहेको सो अवसरमा उनले जानकारी दिएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पासपोर्टसम्बन्धी नयाँ कानुन ल्याउँदैछ सरकार, विदेशमा रहेका नेपालीले सहजै पाउने

पासपोर्टसम्बन्धी नयाँ कानुन ल्याउँदैछ सरकार, विदेशमा रहेका नेपालीले सहजै पाउने

त्यसभन्दा अघि पनि राज्यका निकायमा बसेकाहरूले पासपोर्ट दुरूपयोग गरेको घटना सार्वजनिक नभएको होइन । कतिले सफाइ पाए, कतिले अझै मुद्दा खेपिरहेका छन् । सरकारले दुरुपयोगमा कठोर बन्ने गरी...
राप्रपाका तीन प्रदेश सांसदलाई १२ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन

राप्रपाका तीन प्रदेश सांसदलाई १२ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार समितिको निर्णयबारे सम्बन्धित प्रदेशसभा सदस्यहरूलाई टेलिफोन, म्यासेज, म्यासेन्जर, भाइबर, ह्वाट्सएपलगायत विभिन्न माध्यमबाट सूचना पठाइएको छ।
टीकापुर घटनाबारे लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने मन्त्री चौधरीको प्रतिवद्धता

टीकापुर घटनाबारे लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने मन्त्री चौधरीको प्रतिवद्धता

थारू कल्याणकारिणी सभाले हरेक वर्ष भदौ ७ गते टीकापुर विद्रोह दिवसका रूपमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ। यस वर्ष पनि ‘टीकापुर विद्रोह, आन्दोलनको माग मुद्दा एवं अबको...
२१ सिट हुँदा प्रधानमन्त्री बन्न मेरो मात्रै हस्ताक्षर बाँकी राखेर प्रस्ताव आएको थियोः रवि लामिछाने

२१ सिट हुँदा प्रधानमन्त्री बन्न मेरो मात्रै हस्ताक्षर बाँकी राखेर प्रस्ताव आएको थियोः रवि लामिछाने

काठमाडौँमा आयोजित पार्टीको नीति, संगठन र नेतृत्व कार्यशालामा सम्बोधन गर्दै उनले पार्टीका नेताहरुलाई उनले सो कुरा बताएका हुन् । उनले भने, ‘मलाइ २१ सिटको दलको नेताको रुपमा प्रधानमन्त्री...