नेभिगेशन
समाज

जनतालाई फेसबुक चलाउन रोकेर फेसबुकमै प्रधानमन्त्रीका तस्बिर पोस्ट गर्दै प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ । सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णय प्रधानमन्त्री केपी शर्मा ओलीकै सचिवालयले अवज्ञा गरेको छ । सर्वसाधारण माझ अत्यधिक लोकप्रिय सञ्जालहरू नेपालमा सूचीकरण हुन नआएको भन्दै बन्द गर्न निर्देशन दिएको थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सरकारको निर्देशन अनुसार इन्टरनेट सेवा प्रदायकहरूले फेसबुक, ह्वाट्सएप, एक्स लगायतका सञ्जाल नेपालमा चल्न नसक्ने बनाइरहेका छन् । तर प्रधानमन्त्रीको सचिवालयले भने प्रधानमन्त्री सहभागी कार्यक्रमका तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरिरहेको छ । साथै ह्वाट्सएपमार्फत सञ्चार माध्यममा प्रधानमन्त्रीका कार्यक्रमबारे सूचना पठाइरहेका छन् । 

Ncell
Extreme Energy

आजैबाट सुरु भएको सत्तारुढ दल नेकपा एमालेको विधान महाधिवेशनको अपडेट प्रधानमन्त्रीको सचिवालयले फेसबुक र ह्वाट्सएपबाटै गराएको छ ।

प्रधानमन्त्रीको अफिसियल फेसबुक पेज ‘पीए केपी शर्मा ओली सेक्रटेरियट’, ‘बालकोट’ मा पोस्ट भैरहेका छन् । बिहान मात्रै सोही कार्यक्रममा सहभागी हुन पुगेका सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुले तस्बिर अब भाइवरमा हाल्ने भन्दै अभिव्यक्ति दिएका थिए । तर प्रधानमन्त्री सचिवालयले फेसबुकमै पोस्ट गरिरहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सेनाद्वारा बेनीमा मनसुन विपद् प्रतिकार्य अभ्यास(तस्बिरहरु)

सेनाद्वारा बेनीमा मनसुन विपद् प्रतिकार्य अभ्यास(तस्बिरहरु)

मनसुन सुरु हुनुअघि सुरक्षा निकायबीच समन्वय, तयारी र प्रतिकार्य क्षमताको परीक्षण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाइएको छ । अभ्यासका क्रममा बाढीमा फसेका व्यक्तिलाई डुंगाको सहायताले सुरक्षित स्थानमा...
दश महिनाको अवधिमा एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात

दश महिनाको अवधिमा एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात

गत आवको १० महिनाको तुलनामा चालु आवको सोही अवधिमा मूल्यको आधार यो नाका हुँदै रू २५ अर्ब ५३ करोड अर्थात १६ दशमलव ३५ प्रतिशतले वृद्धि भएको हो ।...
बजेट भाषण कुन हलबाट ? भोलि बिहान लाग्छ टुंगो

बजेट भाषण कुन हलबाट ? भोलि बिहान लाग्छ टुंगो

आगामी आर्थिक वर्षको बजेट संसदको नयाँ हलबाट पेश गर्ने तयारी जारी रहे पनि अझै काम सकिएको छैन । नयाँ हल तयारीको काम सकिन्छ वा सकिँदैन भन्ने कुरा भोलि...