नेभिगेशन
मुख्य समाचार

जनतालाई फेसबुक चलाउन रोकेर फेसबुकमै प्रधानमन्त्रीका तस्बिर पोस्ट गर्दै प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ । सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णय प्रधानमन्त्री केपी शर्मा ओलीकै सचिवालयले अवज्ञा गरेको छ । सर्वसाधारण माझ अत्यधिक लोकप्रिय सञ्जालहरू नेपालमा सूचीकरण हुन नआएको भन्दै बन्द गर्न निर्देशन दिएको थियो ।

सरकारको निर्देशन अनुसार इन्टरनेट सेवा प्रदायकहरूले फेसबुक, ह्वाट्सएप, एक्स लगायतका सञ्जाल नेपालमा चल्न नसक्ने बनाइरहेका छन् । तर प्रधानमन्त्रीको सचिवालयले भने प्रधानमन्त्री सहभागी कार्यक्रमका तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरिरहेको छ । साथै ह्वाट्सएपमार्फत सञ्चार माध्यममा प्रधानमन्त्रीका कार्यक्रमबारे सूचना पठाइरहेका छन् । 

आजैबाट सुरु भएको सत्तारुढ दल नेकपा एमालेको विधान महाधिवेशनको अपडेट प्रधानमन्त्रीको सचिवालयले फेसबुक र ह्वाट्सएपबाटै गराएको छ ।

प्रधानमन्त्रीको अफिसियल फेसबुक पेज ‘पीए केपी शर्मा ओली सेक्रटेरियट’, ‘बालकोट’ मा पोस्ट भैरहेका छन् । बिहान मात्रै सोही कार्यक्रममा सहभागी हुन पुगेका सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुले तस्बिर अब भाइवरमा हाल्ने भन्दै अभिव्यक्ति दिएका थिए । तर प्रधानमन्त्री सचिवालयले फेसबुकमै पोस्ट गरिरहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
तीन महिनाभित्र कमला पुल सम्पन्न गर्ने निर्माण कम्पनीको प्रतिबद्धता

तीन महिनाभित्र कमला पुल सम्पन्न गर्ने निर्माण कम्पनीको प्रतिबद्धता

तराई/मधेसको लाइफ लाइन मानिने हुलाकी राजमार्गअन्तर्गतको यो पुल २०६८ सालमा तीन वर्षभित्र सक्ने गरी सम्झौता भएको भए पनि १४ वर्ष बितिसक्दा पनि अपूरै रहेको थियो । मन्त्री घिसिङले...
एनपिएलः सुदूरपश्चिमको दोस्रो जित, शीर्षस्थानमा उक्लियो

एनपिएलः सुदूरपश्चिमको दोस्रो जित, शीर्षस्थानमा उक्लियो

पहिलो खेलमा सुदूरपश्चिमले काठमाडौँ गोर्खाजमाथि २९ रनको जित निकाल्दै सुखद सुरुआत गरेको थियो । योसँगै पोखरा दोस्रो खेलमा पनि पराजित भएको हो । पहिलो खेलमा पोखरा विराटनगर किङ्ससँग...
कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गरेको आरोपमा ५३ जनामाथि मुद्दा

कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गरेको आरोपमा ५३ जनामाथि मुद्दा

तीमध्ये १४ जना धरौटीमा छुटेको र ३९ जनामाथि अनुसन्धान भइरहेको उनले बताए । वडा प्रहरी कार्यालय बैदामबाट तीन जना र अन्यलाई जिल्ला प्रहरी कार्यालयबाट मुद्दा चलाइएको हो ।...
जिल्ला सुरक्षा समिति र जेन जी समूहबीच वार्ता जारी(तस्बिरहरु)

जिल्ला सुरक्षा समिति र जेन जी समूहबीच वार्ता जारी(तस्बिरहरु)

बुधबार बारा जिल्लाको सिमरामा जेन जी समूह र नेकपा एमाले निकट नेता तथा कार्यकर्ता बीच भएको झडप र त्यस पछिको सिर्जित अवस्था अन्त्यका लागि शुक्रबार सशस्त्र प्रहरी बल,...