नेभिगेशन
समाज

कुलिङ पिरियडमा लिखत किर्ते गरेका रामहरि न्यायाधीश छान्ने समितिको सभापति

काठमाडौँ । सङ्घीय संसद् संसदीय सुनुवाइ समितिको सभापतिमा नेपाली कांग्रेसका नेता रामहरि खतिवडा निर्विरोध चयन भएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

समितिका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराको अध्यक्षतामा आज बसेको समितिको बैठकमा उनलाई निर्विरोध चयन भएको घोषणा गरिएको हो । नवनिर्वाचित खतिवडा नेपाली कांग्रेसका सांसद छन् ।

Ncell
Extreme Energy

समितिका यसअघिका सभापति ईश्वरीदेवी न्यौपानेले राजीनामा दिएपछि रिक्त सभापति पदमा खतिवडाको मात्र उम्मेदवारी परेको थियो । बैठकमा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सांसद खतिवडालाई सभापति निर्वाचित गरियोस् भनी राखेको प्रस्तावलाई नेकपा (एमाले)का संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्तौलाले समर्थन जनाएका थिए । 

केही समयअघिसम्म उनी राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिकै जिम्मेवारीमा थिए । उनले निजामति विधेयकको कुलिङ अफ पिरियडसम्बन्धी प्रावधानमा छेडखानी गरेका थिए । सो विषय छानबिन गर्न बनेको संसदीय समितिले पनि उनलाई करार गरेको थियो । तर अहिले कांग्रेस र एमालेले उनलाई न्यायाधीशको सुनुवाई गर्ने समितिको सभापति बनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पोखरामा स्कुल बस दुर्घटनाः पाँच जनाको मृत्यु, १४ जना घाइते

पोखरामा स्कुल बस दुर्घटनाः पाँच जनाको मृत्यु, १४ जना घाइते

पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान भएको स्कुल बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने अन्य १४ जना घाइते भएका छन् ।
उखु किसानलाई डेढ अर्ब अनुदान दिन कृषिमन्त्री चौधरीले स्वीकृत गरिन् कार्यविधि

उखु किसानलाई डेढ अर्ब अनुदान दिन कृषिमन्त्री चौधरीले स्वीकृत गरिन् कार्यविधि

कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले उखु किसानलाई १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी अनुदान रकम वितरण गर्न कार्यविधि स्वीकृत गरेकी छिन् ।
कांग्रेसको १५ औँ महाधिवेशन : मतदान शुरू, ३ बजेसम्म मतदान हुने, आजै मतगणता थाल्ने तयारी

कांग्रेसको १५ औँ महाधिवेशन : मतदान शुरू, ३ बजेसम्म मतदान हुने, आजै मतगणता थाल्ने तयारी

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान शुरू भएको छ । ज्येष्ठ महाधिवेशन प्रतिनिधि शोभाकान्त बरालले गण्डकी प्रदेशमा पहिलो मत खसालेका छन् ।
ममता काफ्ले सम्झिएर अमेरिकी अदालतमा भक्कानिइन् आमा गीता, साथी सरिताले दिइन् सनसनीपूर्ण वयान

ममता काफ्ले सम्झिएर अमेरिकी अदालतमा भक्कानिइन् आमा गीता, साथी सरिताले दिइन् सनसनीपूर्ण वयान

आफ्नी पत्नी ममता काफ्ले भट्टको हत्या गरेको र उनको शव लुकाएको आरोप (शव अहिलेसम्म फेला परेको छैन) सामना गरिरहेका मनासास पार्कका बासिन्दा नरेश भट्टविरुद्धको मुद्दामा बिहीबार अदालतमा सात...

भर्खरै