नेभिगेशन
समाज

जेनजी आन्दोलन अपडेट: साढे तीन बजेसम्म प्रहरीको गोली लागि मृत्यु हुनेको सङ्ख्या ९ पुग्यो

काठमाडौँ । काठमाडौँमा जारी जेनजी आन्दोलनमा मृत्यु हुने आन्दोलनकारीको सङ्ख्या ८ पुगेको छ। आन्दोलनमा प्रहरीको गोली लागेका घाइतेहरूलाई उपचारका लागि विभिन्न अस्पताल पु¥याइएको थियो । उनीहरूको उपचारका क्रममा निधन भएको अस्पतालहरूले जनाएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिधाकुराले अस्पताल स्रोतबाट पुष्टि गरेको विवरणअनुसार ट्रमा सेन्टरमा ५ जना घाइते भएर पुर्याइएका आन्दोलनकारीको मृत्यु भएको हो । यहाँ मृत्यु भएका एक मृतकको थर तामाङ रहेको र अन्य विवरण नखुलेको अस्पतालले जनाएको छ ।

Ncell
Extreme Energy

यस्तै, सिभिल अस्पताल बानेश्वरमा २ जनाको मृत्यु भएको छ । उनीहरूको पनि पहिचान खुलेको छैन् । त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएका अर्का एक घाइतेको पनि मृत्यु भएको अस्पतालले जनाएको छ ।

केमसी अस्पताल सिनामंगलमा पनि अर्का एक जनाको ज्यान गएको हो । यस्तै प्रहरीको गोली लागेर घाइते हुनेहरूको सङ्ख्या एक सय भन्दा धेरै रहेको अस्पताल स्रोतहरूले जनाएको छ ।  

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नवीन ढुंगाना सिधाकुरा डट कमका कार्यकारी सम्पादक हुन् ।

The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
अधिवेशन सार्न कांग्रेसले बोलायो निर्वाचन समिति बैठक

अधिवेशन सार्न कांग्रेसले बोलायो निर्वाचन समिति बैठक

केन्द्रीय कार्यसम्पादन समितिले वडा अधिवेशनको मिति कम्तीमा एक साता पर सार्ने निर्णय गरेपछि नयाँ तालिका बनाउन निर्वाचन समितिको बैठक बोलाइएको हो । निर्वाचन समितिको बैठक भोलि दिउँसो १...
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...