नेभिगेशन
मुख्य समाचार

नेपाली सेनाले लियो मुलुकको व्यवस्था,आन्दोलनरत सबैलाई वार्तामा आउन प्रधान सेनापतिकाे आग्रह

काठमाडौँ । नेपाली सेनाले मुुलुकको व्यवस्था आफ्नो हातमा लिएको छ । केहीबेर अघि राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानसेनापति अशोकराज सिग्देलले देशको सुरक्षा व्यवस्था कायम गर्नु नेपाली सेनाको जिम्मेवारी भएको बताए ।

उनले देशका महत्वपूर्ण कार्यालय, धरोहर, विदेशी नियोग देखि सबै प्रकारका संवेदनशिल क्षेत्रको सुरक्षा नेपाली सेनाले दिने स्पष्ट परे । उनले आन्दोलनका सबै कार्यक्रम त्यागेर बार्ता र सहमतिमा आउन आन्दोलनरत सबै पक्षलाई आग्रह पनि गरे। 

CG

राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानसेनापति सिग्देलले भने, देशको पछिल्लो अवस्थाका कारण निम्तिएको अवस्थाप्रति नेपाली सेना जानाकार छ । देशका सबै महत्वपूूर्ण क्षेत्रको सुरक्षाको जिम्मा नेपाली सेनाले लिन्छ, । 

साथै उनले आन्दोलनमा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण पनि गरे । घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै प्रधानसेनापति सिग्देलले शान्ति कायम गर्न सबैपक्षलाई आग्रह समेत गरे । 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
रवि लामिछाने शिक्षण अस्पतालमा भर्ना, देब्रे खुट्टामा चोट

रवि लामिछाने शिक्षण अस्पतालमा भर्ना, देब्रे खुट्टामा चोट

केहि दिन जनकपुरमा आयोजित सभामा सहभागी हुने क्रममा लामिछानेको खुट्टामा चोट लागेको थियो ।
सेटिङको आरोपमा चाबहिल यातायातका प्रमुख सहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा

सेटिङको आरोपमा चाबहिल यातायातका प्रमुख सहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा

सवारी चालक अनुमतिपत्रका लागि घुस लिएको आरोपमा अख्यितारको टोलीले मंगलबार २७ जनाको मोबाइल नियन्त्रणमा लिएको हो। यातायात कार्यालय, चाबहिलका प्रमुख पेशकुमार पोखरेलसहित १७ जना कर्मचारीका २५ वटा मोबाइल...
त्रिशूलीमा भेटिएको बसको उत्खनन कार्य स्थगन

त्रिशूलीमा भेटिएको बसको उत्खनन कार्य स्थगन

गत पुस २६ गते त्रिशूली नदीमा बस भेटिएपछि पुस २७ गतेदेखि सुरु गरिएको उत्खनन कार्यको सोह्रौँ दिन हिजो बसभित्र मानव कङ्काल भेटिएको थियो । बसको भित्री भागबाट मानव...
कांग्रेसले आफ्नो घोषणापत्रमा सुशासन र विकासलाई प्राथमिकता दिने

कांग्रेसले आफ्नो घोषणापत्रमा सुशासन र विकासलाई प्राथमिकता दिने

उनका अनुसार कांग्रेसको घोषणापत्र केवल आकांक्षा र प्रतिबद्धतामा सीमित नहुने, त्यसलाई कार्यान्वयन गर्न आवश्यक स्रोत र उपायसमेत स्पष्ट रूपमा उल्लेख गरिनेछ । “घोषणापत्रमा स्रोत व्यवस्थापनका उपाय पनि समेटिन्छन्,”...