नेभिगेशन
मुख्य समाचार

अवाञ्छित गतिविधि रोक्न निरन्तर निगरानीका लागि सेनाको आग्रह

काठमाडौँ । देशमा शान्तिसुरक्षा तथा अमन चइन कायम गर्न नेपाली सेनालगायत अन्य सुरक्षा निकाय अहोरात्र खटिएका जनाउँदै सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले समाजमा अवाञ्छित गतिविधि हुननदिनेतर्फ सचेत रहन तथा निरन्तर निगरानी  गर्न आम नेपाली नागरिकमा आग्रह गरेको छ ।

सूचना निर्देशनालयले बुधबार जारी गरेको सूचनामा  सुरक्षा संयन्त्र पुग्नुअगावै स्थानीय समुदायले एकजुट भई स्थितिको  खबर आदानप्रदान गरी आफू र आफ्नो टोल छिमेकमा सुरक्षित भएर रहन आग्रह गरेको छ ।

देशमा विद्यमान सुरक्षा चुनौती तथा विभिन्न स्थानहरुमा उछृङ्खल तत्वबाट लुटपाट तथा आगजनी र जीउधनको क्षति गर्ने मनसायले विध्वंसात्मक तथा अराजक गतिविधिहरु आफ्नो समुदायमा देखिएमा यथाशीघ्र नेपाली सेनाको ९८६३०२९०२९ नम्बरमा सन्देश पठाउन सेनाले अनुरोध गरेको हो ।

सूचनामा  भनिएको छ, “केही उछृङ्खल तत्वले भ्रामक खबर सामाजिक सञ्जालमा राखेर स्थितिलाई  अतिरञ्जित बनाउने तथा त्रासको वातावरण सिर्जना गर्न खोजेको हुँदा त्यस्ता क्रियाकलापलाई निस्तेज गर्न आ–आफ्नो क्षेत्रबाट सही खबर मात्र सम्प्रेषण गरी सहयोग गर्न सूचित गरिन्छ ।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
धुर्मुस सुन्तलीः कलाकारिताले हाईहाई, समाजसेवाले खाइ न पाइ

धुर्मुस सुन्तलीः कलाकारिताले हाईहाई, समाजसेवाले खाइ न पाइ

बिस्तारै धुर्मुस सुन्तली ठूलो दलदलमा फस्दै गए । सरकारी तथा केही व्यक्तिहरुले कबोल गरेको रकम उठ्न सकेन । तत्कालिन बागमति प्रदेश सरकारका मुख्यमन्त्री डोरमणी पौडेलले प्रदेश सरकारले ३०...
एनपिएल उद्घाटन खेलमा जनकपुरमाथि काठमाडौँको जित

एनपिएल उद्घाटन खेलमा जनकपुरमाथि काठमाडौँको जित

जितको लागि एक सय ३१ रनको लक्ष्य पछ्याएको काठमाडौँले १८ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्यो ।
फ्लडलाइटमा रात्रिकालिन क्रिकेटको मजा लिदैं दर्शक(तस्बिहरु)

फ्लडलाइटमा रात्रिकालिन क्रिकेटको मजा लिदैं दर्शक(तस्बिहरु)

कीर्तिपुरका सोमबार एनपीएलको उद्घाटन खेल फ्लड लाइटमा खेलाइएको छ । एनपीएल–२ का कुल ३२ खेलमध्ये २३ खेल फ्लड लाइटमा खेलाइने तालिका छ।
नहुने चुनावको पैरवी गरेर एमालेले समय खेर नफाल्नेः महासचिव पोखरेल

नहुने चुनावको पैरवी गरेर एमालेले समय खेर नफाल्नेः महासचिव पोखरेल

प्रेस चौतारी रुपन्देहीले सोमबार बुटवलमा आयोजना गरेको अन्तक्र्रियामा महासचिव पोखरेलले एमाले चूनावबाट भाग्ने पार्टी नभएको तर नहुने चूनावको पैरवी गरेर एमालेले समय खेर नफाल्ने बताएका हुन ।

भर्खरै