नेभिगेशन
समाज

कृषि कर्जा ब्याज अनुदानमा किसानको सहभागिता शून्यप्रायः

भोजपुर । प्रक्रियागत झन्झटका कारण कोशी प्रदेश सरकारले सञ्चालन गरेको कृषि कर्जा ब्याज अनुदान कार्यक्रमप्रति  किसानको आकर्षण नभएको पाइएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रदेश सरकारले अनुदानको विकल्पमा ब्याज अनुदान कार्यक्रम सञ्चालन गरेको भए पनि यसमा सहभागी किसानको सङ्ख्या शून्यप्रायः छ ।

Ncell
Extreme Energy

गत आर्थिक वर्षदेखि सुरु भएको यो कार्यक्रममार्फत हालसम्म एक जना किसानले मात्र ब्याज अनुदानमा ऋण लिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । ऋणका लागि सात जना किसानले आवेदन गरेका थिए ।

केन्द्रका सूचना अधिकारी घनश्याम बरालका अनुसार किसानका व्यावसायिक योजना र धितोका आधारमा रु दश लाखदेखि तीन करोडसम्म ब्याज अनुदान प्रदान गर्ने व्यवस्था छ । कृषि कर्जामा ब्याज अनुदानका लागि भोजपुरमा सात वटा बैंकका नौ वटा शाखा सूचीकृत भएका छन् ।

यसैबीच, बैंकको लामो र झन्झटिलो प्रक्रियाको कारण ऋण लिन समस्या रहेको स्थानीय किसान नरबहादुर बस्नेतले बताए । धितो मूल्याङ्कनमा समस्या हुँदा यो कार्यक्रममा किसान सहभागी नभएका उनले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जेनजी आन्दोलनले देखाएको बाटो

जेनजी आन्दोलनले देखाएको बाटो

जेनजीले सत्ता मागेन, सुशासन माग्यो। भ्रष्टाचारको अन्त्य माग्यो। भ्रष्टाचारीमाथि कारबाही माग्यो। स्वतन्त्र अभिव्यक्तिको अधिकार माग्यो। रोजगारी, गुणस्तरीय शिक्षा र स्वास्थ्यको सुनिश्चितता माग्यो। यी कुनै असम्भव माग थिएनन्। लोकतान्त्रिक...
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
अधिवेशन सार्न कांग्रेसले बोलायो निर्वाचन समिति बैठक

अधिवेशन सार्न कांग्रेसले बोलायो निर्वाचन समिति बैठक

केन्द्रीय कार्यसम्पादन समितिले वडा अधिवेशनको मिति कम्तीमा एक साता पर सार्ने निर्णय गरेपछि नयाँ तालिका बनाउन निर्वाचन समितिको बैठक बोलाइएको हो । निर्वाचन समितिको बैठक भोलि दिउँसो १...