नेभिगेशन
मुख्य समाचार

कृषि कर्जा ब्याज अनुदानमा किसानको सहभागिता शून्यप्रायः

भोजपुर । प्रक्रियागत झन्झटका कारण कोशी प्रदेश सरकारले सञ्चालन गरेको कृषि कर्जा ब्याज अनुदान कार्यक्रमप्रति  किसानको आकर्षण नभएको पाइएको छ ।

प्रदेश सरकारले अनुदानको विकल्पमा ब्याज अनुदान कार्यक्रम सञ्चालन गरेको भए पनि यसमा सहभागी किसानको सङ्ख्या शून्यप्रायः छ ।

गत आर्थिक वर्षदेखि सुरु भएको यो कार्यक्रममार्फत हालसम्म एक जना किसानले मात्र ब्याज अनुदानमा ऋण लिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । ऋणका लागि सात जना किसानले आवेदन गरेका थिए ।

केन्द्रका सूचना अधिकारी घनश्याम बरालका अनुसार किसानका व्यावसायिक योजना र धितोका आधारमा रु दश लाखदेखि तीन करोडसम्म ब्याज अनुदान प्रदान गर्ने व्यवस्था छ । कृषि कर्जामा ब्याज अनुदानका लागि भोजपुरमा सात वटा बैंकका नौ वटा शाखा सूचीकृत भएका छन् ।

यसैबीच, बैंकको लामो र झन्झटिलो प्रक्रियाको कारण ऋण लिन समस्या रहेको स्थानीय किसान नरबहादुर बस्नेतले बताए । धितो मूल्याङ्कनमा समस्या हुँदा यो कार्यक्रममा किसान सहभागी नभएका उनले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
धुर्मुस सुन्तलीः कलाकारिताले हाईहाई, समाजसेवाले खाइ न पाइ

धुर्मुस सुन्तलीः कलाकारिताले हाईहाई, समाजसेवाले खाइ न पाइ

बिस्तारै धुर्मुस सुन्तली ठूलो दलदलमा फस्दै गए । सरकारी तथा केही व्यक्तिहरुले कबोल गरेको रकम उठ्न सकेन । तत्कालिन बागमति प्रदेश सरकारका मुख्यमन्त्री डोरमणी पौडेलले प्रदेश सरकारले ३०...
एनपिएल उद्घाटन खेलमा जनकपुरमाथि काठमाडौँको जित

एनपिएल उद्घाटन खेलमा जनकपुरमाथि काठमाडौँको जित

जितको लागि एक सय ३१ रनको लक्ष्य पछ्याएको काठमाडौँले १८ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्यो ।
फ्लडलाइटमा रात्रिकालिन क्रिकेटको मजा लिदैं दर्शक(तस्बिहरु)

फ्लडलाइटमा रात्रिकालिन क्रिकेटको मजा लिदैं दर्शक(तस्बिहरु)

कीर्तिपुरका सोमबार एनपीएलको उद्घाटन खेल फ्लड लाइटमा खेलाइएको छ । एनपीएल–२ का कुल ३२ खेलमध्ये २३ खेल फ्लड लाइटमा खेलाइने तालिका छ।
नहुने चुनावको पैरवी गरेर एमालेले समय खेर नफाल्नेः महासचिव पोखरेल

नहुने चुनावको पैरवी गरेर एमालेले समय खेर नफाल्नेः महासचिव पोखरेल

प्रेस चौतारी रुपन्देहीले सोमबार बुटवलमा आयोजना गरेको अन्तक्र्रियामा महासचिव पोखरेलले एमाले चूनावबाट भाग्ने पार्टी नभएको तर नहुने चूनावको पैरवी गरेर एमालेले समय खेर नफाल्ने बताएका हुन ।

भर्खरै