नेभिगेशन
मुख्य समाचार

भाटभटेनी सुपरमार्केट लुटपाटमा संलग्न चार जना पक्राउ

काठमाडौँ । देशैभर नेपाली सेनालगायत अन्य सुरक्षा निकाय परिचालन भएपश्आज आज बिहान १०ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्म महाराजगस्थित भाटभटेनी सुपर मार्केट लुटपाटमा संलग्न चार जना पक्राउ परेका छन् ।

त्यसैगरी डिल्लीबजार–नारायणथान क्षेत्रमा शङ्कास्पद गतिविधिमा संलग्न व्यक्तिहरूले सुरक्षा फौजलाई देखेपछि छाडेर भागेको नेपाली रु दुई लाख ३२ हजार ५०० र  दुई हजार ५०० डलर बरामद गरिएको सेनाले बुधबार जनाएको छ ।

City Express

सेनाले विज्ञप्तिमार्फत सुरक्षाकर्मीबाट लुटिएका थप हतियार एक नालसहित हालसम्म जम्मा ३२ नाल बरामद भएको जनाएको छ । साथै डडेलधुरास्थित जिल्ला कारागारबाट निस्केर भागेका कैदीबन्दीमध्ये २६ जनालाई नियन्त्रणमा लिइएको तथा काठमाडौँ डिल्लीबजारस्थित सदर कारागारबाट भाग्ने प्रयास गरेका कैदीबन्दीलाई रोकिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
हिंसात्मक नबनौं, लोकतन्त्रको विकल्प लोकतन्त्रनै हुन्छः मानव अधिकार आयोग

हिंसात्मक नबनौं, लोकतन्त्रको विकल्प लोकतन्त्रनै हुन्छः मानव अधिकार आयोग

आयोगले सम्बद्ध सबै पक्षले देश र जनताप्रतिको जिम्मेवारी मनन गर्दै वर्तमान अन्योलताको अवस्थाबाट अगाडि बढ्नु आवश्यक रहेको भन्दै  यसका लागि राष्ट्रिय मानव अधिकार आयोग आवश्यक भूमिका निर्वाह गर्न...
नेपाल टेलिकमको भ्वाइस र डाटा तीन दिनका लागि निःशुल्क

नेपाल टेलिकमको भ्वाइस र डाटा तीन दिनका लागि निःशुल्क

टेलिकमले भनेको छ, ‘हाल देशमा उत्पन्न विषम परिस्थितिमा देश विदेशमा रहेका आफन्तजनसंगको सम्पर्कलाई सहज बनाउन यस कम्पनीका आदरणीय ग्राहक महानुभावहरुलाई ३ दिनको लागि डाटा तथा भ्वाइस सहितको प्याकेज...
धादिङ कारागारमा सेनाको गोली लागेर एक जनाको मृत्यु, सात कैदीबन्दी घाइते

धादिङ कारागारमा सेनाको गोली लागेर एक जनाको मृत्यु, सात कैदीबन्दी घाइते

सेनाको गोली लागेर अन्दाजी ७५ वर्षीय एक कैदीको मृत्यु भएको छ । सात कैदीबन्दी घाइते भएका छन् । घाइते हुनेहरु सबै पुरुष छन् । प्रमुख जिल्ला अधिकारी विजयराज...
पर्यटकलाई सहजीकरण गर्दै पर्यटन बोर्ड

पर्यटकलाई सहजीकरण गर्दै पर्यटन बोर्ड

बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीका अनुसार नेपाली सेना र नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीसँग समन्वय गरी सहज व्यवस्थापन मिलाइएको छ । विमानस्थलदेखि होटलसम्म आवतजावत गर्न सहजीकरण...