नेभिगेशन
समाज

बुधबार बिहानै देखि सरसफाइमा ‘जेनजी’

काठमाडौँ । परिवर्तनका विभिन्न एजेण्डा लिएर प्रदर्शनमा उत्रिएका ‘जेनजी’ले यही भदौ २३ र २४ गते सङ्घीय राजधानी काठमाडौँसहित देशका विभिन्न स्थानमा तोडफोड र आगजनी गरे ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सार्वजनिक, सरकारी र व्यक्तिगत भौतिक संरचनामा नराम्ररी क्षति पुग्यो । प्रदर्शनका क्रममा ठूलो जनधनको क्षति भयो । सयौँ घाइते विभिन्न अस्पतालमा उपचाररत छन् ।

Ncell
Extreme Energy

बुधबार विगत दुई दिनभन्दा अलिक फरक देखियो । प्रदर्शनमा उत्रिएका जेनजी आज कुचो, खरेटो, बेल्चालगायत उपकरण लिएर सरसफाइमा उत्रिएका छन् । उनीहरू हुलकाहुल सरसफाइ अभियानमा सक्रिय छन् ।

उनीहरु बुधबार बिहानैदेखि क्षति पुगेका र भग्नावशेष क्षेत्रमा समूहगत रूपमा सरसफाइ गरिरहेका भेटिए । केन्द्रीय प्रशासनिक केन्द्र सिंदरबार वरिपरि उल्लेख्य सङ्ख्याका जेनजी सरसफाइ गरिरहेका छन् । सिंहदरबारको चारवटै तर्फका गेट, सर्वोच्च अदालत परिसर, माइतीघर मण्डला, बबरमहल, पुतलीसडक, थापाथलीलगायत क्षेत्रमा जेनजीले सरसफाइ गरिरहेका छन् । सरसफाइ गर्नेलाई केही स्वयंसेवीले पिउने पानी वितरण गरिरहेका छन् ।

माइतीघर मण्डलासँगैको सरकारी वकिलको कार्यालय परिसरमा सरसफाइ गरिरहनुभएका जेनजी दानसिंह धामीले विभिन्न समूहमा जेनजीले सडकदेखि टोलटोलसम्म सरसफाइ अभियान चलाइएको बताए । उनका अनुसार सिंहदरबार परिसरमा मात्र चारभन्दा बढी समूहमा सरसफाइ भइरहेको छ ।

यस्तै केशव सिलवाल, केपी खनाललगायत जेनजीले सरसफाइ अभियानको नेतृत्व गरिरहनुभएको छ । काठमाडौँ महानगरपालिकाको फोहर बोक्ने गाडीसहित सरसफाइबाट सङ्कलित फोहर सङ्कलन गरिरहेका छन् ।

सडक, सडक किनार र सार्वजनिक निकायका गेट आसपस छरिएका प्लास्टिक, कागज, पानीका बोतललगायत फोहर उनीहरूले उठाइरहेका छन् । साथै उनीहरुले सडकमा जलाइएका गाडी, मोटरसाइकलका टायर, फलामे उपकरण आदि पन्छाइरहेका छन् ।

सर्वोच्च अदालत परिससरमा सरसफाइ गर्दै गरेका खगेन्द्र रोकायाले सिंहदरबार परिसरमा आफ्नो समूहले सरसफाइ गरिरहेको बताए । जेनजीले आन्दोलन, तोडफोड र आगजनीका क्रममा भएका फोहरको सरसफाइ गरेका हुन् । जेनजीले नयाँ बानेश्वर, मीनभवनलगायत क्षेत्रको सडकमा पनि सरसफाइ गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नक्कली भुटानी शरणार्थी प्रकरणः बेचन झा ठगी कसुरमा दोषी ठहर, अन्यमा दावी पुगेन

नक्कली भुटानी शरणार्थी प्रकरणः बेचन झा ठगी कसुरमा दोषी ठहर, अन्यमा दावी पुगेन

उक्त फैसलामा यो प्रकरणका मुख्य प्रतिवादी भनिएका बेचन झा ठगी कसुरमा दोषी ठहर भएका छन् । अन्य अभियोगमा भने झाले सफाई पाएका छन् । प्रतिवादी रामशरण के.सी.बाट २...
नक्कली भुटानी शरणार्थी प्रकरणः को–को दोषी ठहर भए, क–कसले सफाई पाए ? (पूर्ण पाठ)

नक्कली भुटानी शरणार्थी प्रकरणः को–को दोषी ठहर भए, क–कसले सफाई पाए ? (पूर्ण पाठ)

उक्त मुद्दामा ७ जनाले सफाई पाएका छन् । सफाई पाउनेमा रामशरण के.सी., टंक कुमार गुरुङ, सन्दीप रायमाझी, प्रतिक थापा, लक्ष्मी महर्जन, केशव तुलाधर र आशिष बुढाथोकी रहेका छन्...
बालकृष्ण खाँड र टोपबहादुर रायमाझी भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर

बालकृष्ण खाँड र टोपबहादुर रायमाझी भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर

त्यस्तै पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई राज्यविरुद्धको कसुर, एकिकृत कसुर, ठगी तथा संगठित अपराधमा दोषी ठहर गरेको छ ।
कीर्तिमानी रोनाल्डोको अधुराे विश्वकप सपना  !

कीर्तिमानी रोनाल्डोको अधुराे विश्वकप सपना !

पोर्चुगलका कप्तान तथा फरवार्ड क्रिष्टियानो रोनाल्डो दुई दशकभन्दा बढी समय फुटबल खेले । धेरै समय विपक्षीबाट लगातार दबाबबीच पनि टिमलाई संकटबाट मुक्त गराए । त्यही दुई दशकका धेरै...