नेभिगेशन
समाज

पर्यटकलाई सहजीकरण गर्दै पर्यटन बोर्ड

काठमाडौँ । नेपाल पर्यटन बोर्डले नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकको आवागमन तथा व्यवस्थापनमा सहजीकरण गरिएको जनाएको छ । विषम परिस्थितिका कारण पर्यटकलाई गन्तव्यमा पुग्न अहसज भएको अवस्थामा बोर्डले सटल बसको व्यवस्था गरी आवतजावतमा सहजीकरण गरिरहेको उल्लेख गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीका अनुसार नेपाली सेना र नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीसँग समन्वय गरी सहज व्यवस्थापन मिलाइएको छ । विमानस्थलदेखि होटलसम्म आवतजावत गर्न सहजीकरण भइरहेको छ । पर्यटक आवतजावतका लागि मङ्गलबारदेखि काठमाडौँ र पोखरामा पर्यटकलाई सटल बसको व्यवस्था गरिएको छ ।

Ncell
Extreme Energy

“पदयात्रामा निस्किएका पर्यटकलाई समस्या छैन । उनीहरु निर्वाध रूपमा यात्रा गरिरहेका छन् । खासगरी काठमाडौँमा आगमन भइरहेको र काठमाडौँबाट स्वदेश फर्किने योजनामा रहेका पर्यटकलाई समस्या भइरहेको छ । विमानस्थलदेखि होटल र होटलबाट विमानस्थलसमम लैजान सहजीकरण गरिएको छ”, सिइओ जोशीले भन्नुभयो । उहाँले मङ्गलबार दिउँसो सडक अवरुद्ध भए पनि विमानस्थलमा रहेका पर्यटकलाई पानी बिस्कुटको व्यवस्था गरी राति सुरक्षा निकायसँगको समन्वयमा होटलमा पुर्याउन सहजीकरण गरिएको बताए ।

बोर्डको विवरणमा पछिल्लो १० दिनमा करिब ३५ हजार पर्यटक हवाई मार्ग भएर नेपाल भित्रिएका छन् । उनीहरुमध्ये अधिकांश पदयात्रामा निस्किएका छन् । खुम्बु क्षेत्र, अन्नपूर्ण क्षेत्र, पोखरा र केही काठमौँमा रहेका छन् । नेपालमा मनसुन सकिएर मुख्य पर्यटक सिजन सुरु हुने समय नजिकिएको छ । यो सिजनमा धेरै संख्यामा विदेशी पर्यटक नेपाल आउँछन् ।

बोर्डले विषम परिस्थितिमा पर्यटकको सूचना लिने र सहजीकरणको काम पनि गरिहेको छ । सिइओ जोशीले राष्ट्रिय अन्तरराष्ट्रिय ट्राभल ट्रेका मानिसले सूचना सोधिरहेकाले बोर्डले सहजीकरण गरिरहेको उल्लेख गर्नुभयो । उक्त प्रयोजनका निम्ति बोर्डले सात जना कर्मचारीलाई डेडिकेटेड राखेर २४ सै घण्टा सूचना दिने काम गरिएको छ । कसैलाई कुनै क्राइसेस परेको खण्डमा सूचना लिने र सम्बन्धित निकायमा सहजीकरणका लागि काम गरिएको छ । बोर्डले फोन, टोलफ्री नम्बर र इमेलमार्फत सूचना लिने र सहजीकरण

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मानव अधिकार आयोगको प्रतिवेदनमा रवि लामिछानेलाई छैन कारवाही सिफारिस

मानव अधिकार आयोगको प्रतिवेदनमा रवि लामिछानेलाई छैन कारवाही सिफारिस

साथै जिम्मेवार राजनीतिक व्यक्तिलाइ समेत मानव अधिकार परिपालनमा जिम्मेवार बनाउनु पर्दछ र बन्नु पर्दछ भन्ने अवधारण बमोजिम कारगार र बाल सुधार गृहमा रहेका कैदीबन्दी तथा बालबिझ्याइकर्तालाई कारागार बाहिर...
सार्वजनिक संस्थान : २७ नाफा र १६ घाटामा सञ्चालित, २ बन्द

सार्वजनिक संस्थान : २७ नाफा र १६ घाटामा सञ्चालित, २ बन्द

आर्थिक वर्ष २०८१/८२ मा सार्वजनिक संस्थानहरूको कुल सम्पत्ति नौ दशमलव ४९ प्रतिशतले वृद्धि भई रु ३२ खर्ब ६ अर्ब ९१ करोड पुगेको प्रतिवेदनमा उल्लेख छ । अघिल्लो वर्षको...
देउवा दम्पतीविरुद्धको पक्राउ पुर्जी खारेजीले उठायो सरकारमाथि प्रश्न

देउवा दम्पतीविरुद्धको पक्राउ पुर्जी खारेजीले उठायो सरकारमाथि प्रश्न

हाल विदेशमा रहेका देउवाले आफूलाई प्रहरीले पक्राउ गर्न खोजेको भन्दै सर्वोच्चमा रिट दिएका थिए । सर्वोच्चले रिट जारी गर्यो, सँगै सरकारले प्रक्रिया नै पूरा नगरेको समेत बतायो ।
नासाको चन्द्र आधार योजना अघि बढ्यो

नासाको चन्द्र आधार योजना अघि बढ्यो

अमेरिकी अन्तरिक्ष एजेन्सीले मङ्गलबार सार्वजनिक गरेको योजनाअनुसार चन्द्र आधार विकासको प्रारम्भिक चरणमा चन्द्र सतहमा ल्यान्डर, रोभर र ड्रोन जस्ता उपकरणहरू पठाइनेछ, जसले भविष्यको मानव बसोबास र अनुसन्धानका लागि...