नेभिगेशन
समाज

रवि लामिछाने भन्छन्ः कारागारले मलाई जबरजस्ती निकालेको हो, म माथिको राजनीति बन्द गर

काठमाडौँमा । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) रवि लामिछाने कारागारबाट निस्किएको विषयमा थप प्रष्टीकरण दिएका छन् । एक भिडियो सार्वजनिक गर्दै लामिछानेले बाहिर भिड बढेपछि कारागार प्रशासनले सुरक्षा दिन नसकिने भन्दै जबरजस्ति बाहिर निकालेको बताएका छन् । उनले भनेका छन्,'कारागारबाट मैले निस्कन चाहेको होइन। बाहिर भिड बढेपछि कारागारले मलाई जबरजस्ती निकालेको हो। मैले बिना पत्र जान्न भनेको हु । उनीहरूले जस्तो पत्र दिए जस्ताको त्यस्तै सार्वजनिक गरिसके। '

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

साथै आफूले आजै नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखसँग आफूलाई कस्टडीमा राख्न वा कारागारमा राख्न भन्दै कुरा गरेर फेरि थुन्न आग्रह गरेको समेत बताए । तर दुबै जनाले सुरक्षित बस्न र परेकाबेला सम्पर्क गर्ने बताएका उल्लेख गरेका छन् ।

Ncell
Extreme Energy

उनले भनेका छन्,'आजै मैले नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखज्यूहरूलाई भने मलाई तपाईँहरूले आफ्नो कस्टडीमा राख्नुहोस्, नियन्त्रणमा लिनुहोस् ,कारागारमा पठाउनुहोस्। उहाँहरुले स्पष्ट रुपमा भन्नुभयो तपाईं आफै सुरक्षित बस्नुस्, आवश्यक परे सम्पर्क गर्छौं। सुरक्षा दिन नसकेरै हिजो कारागारले तपाईँलाई पत्र दिएको होला ।'
साथै उनले आजै न्यायिक निकायहरुमा पनि औपचारिक जानकारी गराएको बताएका छन् । यस्तै उनले सरकार बनाउने दौडमा आफू नभएको उल्लेख रेशमा नआओस् भन्ने उदेश्यले डिफेम नगर्न आग्रह गरेका छन् । उनले भनेका छन्, ' म सरकार बनाउने,सरकारमा जाने,कुनै पनि दौडमा छैन,कसैसँग कतै कुनै बैठक गरेको छैन। मेरो नाममा कसैले विवाद गर्न जरुरी छैन।म यो रेशमामा छैन भनेर धेरैपटक भनिसके । रेशमा नआओस् भनेर डिफेम गर्न पर्दैन,म रेसमा छैन। तर यो देश रहनुपर्छ,लोकतन्त्र ,नागरिक सर्वोच्चता रहनुपर्छ। यो कुरामा म कसैसँग नडराई दरोसँग उभिने ताकत बाचुन्जेल राख्नेछु। 
उनले आन्दोलन जेन्जीको भएको उल्लेख गर्दै अबको नेतृत्व पनि जेन्जीले नै तय गर्नुपर्ने बताएका छन् । उनले भनेका छन्, 'यो आन्दोलन जेन्जीको हो र अबको नेतृत्व जेन्जी ले नै तय गरोस्।' 
लामिछानेले आफूँ ओली देउवको कुशासनबाट शिकार भएको, आफू बाँच्न पाउने कि नपाउने भन्दै प्रश्न गरेका छन् ।

उनले भनेका छन्,'म आफ्नो मुद्दा कानुनी माध्यमबाट नै लडिरहेको छु। ओली देउबाको कुशासनको सबैभन्दा ठूलो शिकार भएको म तिनले लगाएको झुटो मुद्दा जिल्लै पिच्छे खेपिरहेको छु। जनताले ओली देउवालाई खेदेर लखेटे तर तिनले लगाएको झुटो मुद्दा मेरो टाउकोबाट अझै हटेको छैन।  सरकार छैन, सुरक्षा निकाय सुरक्षा दिन सक्दिन आफै सुरक्षित हुनु भन्छ, कारागार प्रशासन मलाई निस्केर बाटोमा जा भन्छ,जहाँ एउटा ठूलो भिड हातमा आगो लिएर आक्रोश लिएर निस्किएको छ।अब भन्नुस् मैले बाँच्न पाउने कि नपाउनेरु कांग्रेस एमालेबाट जेन्जीसम्म आइपुग्दा पनि ममाथिको अन्याय नरोकिने नै हो ? 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
अधिवेशन सार्न कांग्रेसले बोलायो निर्वाचन समिति बैठक

अधिवेशन सार्न कांग्रेसले बोलायो निर्वाचन समिति बैठक

केन्द्रीय कार्यसम्पादन समितिले वडा अधिवेशनको मिति कम्तीमा एक साता पर सार्ने निर्णय गरेपछि नयाँ तालिका बनाउन निर्वाचन समितिको बैठक बोलाइएको हो । निर्वाचन समितिको बैठक भोलि दिउँसो १...
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...