नेभिगेशन
मुख्य समाचार

रवि लामिछाने भन्छन्ः कारागारले मलाई जबरजस्ती निकालेको हो, म माथिको राजनीति बन्द गर

काठमाडौँमा । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) रवि लामिछाने कारागारबाट निस्किएको विषयमा थप प्रष्टीकरण दिएका छन् । एक भिडियो सार्वजनिक गर्दै लामिछानेले बाहिर भिड बढेपछि कारागार प्रशासनले सुरक्षा दिन नसकिने भन्दै जबरजस्ति बाहिर निकालेको बताएका छन् । उनले भनेका छन्,'कारागारबाट मैले निस्कन चाहेको होइन। बाहिर भिड बढेपछि कारागारले मलाई जबरजस्ती निकालेको हो। मैले बिना पत्र जान्न भनेको हु । उनीहरूले जस्तो पत्र दिए जस्ताको त्यस्तै सार्वजनिक गरिसके। '

साथै आफूले आजै नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखसँग आफूलाई कस्टडीमा राख्न वा कारागारमा राख्न भन्दै कुरा गरेर फेरि थुन्न आग्रह गरेको समेत बताए । तर दुबै जनाले सुरक्षित बस्न र परेकाबेला सम्पर्क गर्ने बताएका उल्लेख गरेका छन् ।

उनले भनेका छन्,'आजै मैले नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखज्यूहरूलाई भने मलाई तपाईँहरूले आफ्नो कस्टडीमा राख्नुहोस्, नियन्त्रणमा लिनुहोस् ,कारागारमा पठाउनुहोस्। उहाँहरुले स्पष्ट रुपमा भन्नुभयो तपाईं आफै सुरक्षित बस्नुस्, आवश्यक परे सम्पर्क गर्छौं। सुरक्षा दिन नसकेरै हिजो कारागारले तपाईँलाई पत्र दिएको होला ।'
साथै उनले आजै न्यायिक निकायहरुमा पनि औपचारिक जानकारी गराएको बताएका छन् । यस्तै उनले सरकार बनाउने दौडमा आफू नभएको उल्लेख रेशमा नआओस् भन्ने उदेश्यले डिफेम नगर्न आग्रह गरेका छन् । उनले भनेका छन्, ' म सरकार बनाउने,सरकारमा जाने,कुनै पनि दौडमा छैन,कसैसँग कतै कुनै बैठक गरेको छैन। मेरो नाममा कसैले विवाद गर्न जरुरी छैन।म यो रेशमामा छैन भनेर धेरैपटक भनिसके । रेशमा नआओस् भनेर डिफेम गर्न पर्दैन,म रेसमा छैन। तर यो देश रहनुपर्छ,लोकतन्त्र ,नागरिक सर्वोच्चता रहनुपर्छ। यो कुरामा म कसैसँग नडराई दरोसँग उभिने ताकत बाचुन्जेल राख्नेछु। 
उनले आन्दोलन जेन्जीको भएको उल्लेख गर्दै अबको नेतृत्व पनि जेन्जीले नै तय गर्नुपर्ने बताएका छन् । उनले भनेका छन्, 'यो आन्दोलन जेन्जीको हो र अबको नेतृत्व जेन्जी ले नै तय गरोस्।' 
लामिछानेले आफूँ ओली देउवको कुशासनबाट शिकार भएको, आफू बाँच्न पाउने कि नपाउने भन्दै प्रश्न गरेका छन् ।

उनले भनेका छन्,'म आफ्नो मुद्दा कानुनी माध्यमबाट नै लडिरहेको छु। ओली देउबाको कुशासनको सबैभन्दा ठूलो शिकार भएको म तिनले लगाएको झुटो मुद्दा जिल्लै पिच्छे खेपिरहेको छु। जनताले ओली देउवालाई खेदेर लखेटे तर तिनले लगाएको झुटो मुद्दा मेरो टाउकोबाट अझै हटेको छैन।  सरकार छैन, सुरक्षा निकाय सुरक्षा दिन सक्दिन आफै सुरक्षित हुनु भन्छ, कारागार प्रशासन मलाई निस्केर बाटोमा जा भन्छ,जहाँ एउटा ठूलो भिड हातमा आगो लिएर आक्रोश लिएर निस्किएको छ।अब भन्नुस् मैले बाँच्न पाउने कि नपाउनेरु कांग्रेस एमालेबाट जेन्जीसम्म आइपुग्दा पनि ममाथिको अन्याय नरोकिने नै हो ? 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
प्रधानमन्त्री कार्की र अन्तर्राष्ट्रिय मुद्राकोषका  एसिया विभाग निर्देशक श्रीनिवासनबीच शिष्टाचार भेट

प्रधानमन्त्री कार्की र अन्तर्राष्ट्रिय मुद्राकोषका एसिया विभाग निर्देशक श्रीनिवासनबीच शिष्टाचार भेट

सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीसंग अन्तर्राष्ट्रिय मुद्राकोषको एसिया तथा प्रशान्त विभागका निर्देशक डा कृष्ण श्रीनिवासनले शिष्टाचार भेट गरेका छन् । सोमबार सिहंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनले शिष्टाचार भेट...
कटारी–घुर्मी सडक निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाउने मन्त्री घिसिङको प्रतिबद्धता

कटारी–घुर्मी सडक निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाउने मन्त्री घिसिङको प्रतिबद्धता

भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङसँग भेट गरी उनीहरूले जीर्ण अवस्थामा रहेको सडक तत्काल सुधार गर्न माग गरेका छन् ।वर्षौँदेखि धुलाम्य र हिलाम्मे अवस्थाका कारण सवारी–साधन सञ्चालनदेखि...
प्रधानमन्त्री कार्कीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर

प्रधानमन्त्री कार्कीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर

राजदूत फिर्ता बोलाउने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले दिएको आदेश पालना नगरेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीविरुद्ध अवहेलना मुद्दा दायर गरिएको हो ।
दलितका अधिकार सम्बन्धमा व्यवस्था गर्ने विधेयकलाई छिटो अघि बढाउन सरकारलाई समितिको निर्देशन

दलितका अधिकार सम्बन्धमा व्यवस्था गर्ने विधेयकलाई छिटो अघि बढाउन सरकारलाई समितिको निर्देशन

सिंहदरबारमा सोमबार बसेका समिति बैठकले नेपालको संविधान धारा ४० बमोजिम दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा व्यवस्था गर्ने विधेयक तर्जुमा वारेमा छलफल गर्दै छिटो उक्त विधेयक अघि बढाउन...

भर्खरै