नेभिगेशन
समाज

काठमाडौँमा शुक्रबार सम्म कर्फ्यू जारी, अत्यावश्यक कामका लागि विहान र साँझ समय

काठमाडौँ । नेपाली सेनाले काठमाडौं उपत्यकामा शुक्रबार (भदौ २७ गते)सम्म कर्फ्यू  तथा निषेधाज्ञा जारी गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पछिल्लो सुरक्षा परिसथितिको विश्लेषणका आधारमा नागरिकको धनजनको सुरक्षाको लागि भन्‍दै सेनाले बुधबार साँझ एक विज्ञप्ति जारी गर्दै कर्फ्यू तथा निषेधाज्ञाको समय जारी गरेको छ । 
सैनिक जनसम्पर्क कार्यालयका अनुसार भाद्र २६ गते अर्थात बिहीबार विहान १० बजेदेखि बेलुका ५ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ भने भदौ २६ गते बिहीबार बेलुकी ७ बजेदेखि भदौ २७ गते शुक्रबार बिहान ६ बजेसम्म कर्फ्यू आदेश जारी गरिएको छ । 

Ncell
Extreme Energy

यस्तै अत्यावश्यक कार्यको लागि भदौ २६ गते विहान ६ बजेदेखि १० बजेसम्म तथा बेलुकी ५ बजेदेखि ७ बजेसम्म आवतजावत गर्न सकिने सेनाले जनाएको छ।

निषेधाज्ञा तथा कफ्र्यूको दौरानसमेत अत्यावश्यक सेवाका सवारी साधनहरू सञ्‍चालन गर्न सकिनेछ । जसमा एम्बुलेन्स, शव बाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्‍चारकर्मीका साथै खाद्यान्न, इन्धन, दूध, तरकारी, पानी र औषधि ओसारपोसार गर्ने गाडी रहेका छन् ।

546654571_1105605628418582_539956044405520655_n-1757520232.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
अधिवेशन सार्न कांग्रेसले बोलायो निर्वाचन समिति बैठक

अधिवेशन सार्न कांग्रेसले बोलायो निर्वाचन समिति बैठक

केन्द्रीय कार्यसम्पादन समितिले वडा अधिवेशनको मिति कम्तीमा एक साता पर सार्ने निर्णय गरेपछि नयाँ तालिका बनाउन निर्वाचन समितिको बैठक बोलाइएको हो । निर्वाचन समितिको बैठक भोलि दिउँसो १...
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...