नेभिगेशन
मुख्य समाचार

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनाउन बालेनको समर्थन

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने जेनजीको प्रस्तावलाई समर्थन गरेका छन् । सामाजिक सञ्जालमा स्टाटस राख्दै उनले  पूर्वप्रधानन्यायाधीश श्रीमान सुशीला कार्कीलाई  पूर्ण समर्थन रहेको जनाएका हुन् । 
उनले लेखेका छन्ः
'प्रिय जेन–जी तथा सम्पूर्ण नेपालीहरूमा मेरो आग्रह,

अहिले देश एउटा इतिहासमै नभएको फरक परिस्थितिमा छ। तपाईँहरूले अहिले सुनौलो भविष्यतर्फ कदम चाल्दै हुनुहुन्छ।

Global Ime Bank

यो बेला कृपया नआत्तिनु होला, धैर्य राख्नु होला।अब देश अन्तरिम सरकारमा जाँदैछ, जसले देशमा नयाँ चुनाव गराउनेछ।यो अन्तरिम सरकारको काम भनेको चुनाव गराउने,देशलाई नयाँ जनादेश दिने हो।

यो अन्तरिम र चुनावी सरकारको नेतृत्व गर्नका लागि तपाईँहरूबाट आएको प्रस्ताव पूर्व प्रधानन्यायाधीश श्रीमान् सुशीला कार्कीप्रति पूर्ण समर्थन छ । तपाईँहरूको सुझबुझ, विवेक र एकतालाई हृदयदेखि सम्मान गर्न चाहन्छु।

तपाईँहरू कति परिपक्व हुनुहुँदो रहेछ भन्ने कुरा यसैले जनाउँछ। 

अहिले नै हतारमा नेतृत्वमा आउन चाहनुभएका साथीहरूलाई के भन्न चाहन्छु भने—तपाईँहरूको जोश, तपाईँहरूको सोच, तपाईँहरूको इमानदारीता  देशलाई स्थायी रूपमा चाहिएको हो, अस्थायी रूपमा होइन। त्यसका लागि चुनाव त हुन्छ नै । कृपया हतार नगर्नु होला। 

 

सम्माननिय रास्ट्रपति ज्यु ,

Gen z हरुले ल्याएको ऐतिहासिक क्रान्तिलाई संरक्षण गर्न अन्तरिम सरकारको गठन र  संसदको विघटन अविलम्ब गर्नु होला ।''

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
एनपीएल उद्घाटन खेलः साविक विजेता जनकपुर बोल्ट्सले ब्याटिङ गर्ने

एनपीएल उद्घाटन खेलः साविक विजेता जनकपुर बोल्ट्सले ब्याटिङ गर्ने

टीयु क्रीकेट मैदानमा जनकपुरविरुद्ध काठमान्डुका कप्तान करण केसीले टस जितेर पहिला फिल्डिङ रोजेका हुन् ।
सर्वोच्च अदालत सोमबारदेखि पूर्ण रूपमा सञ्चालन

सर्वोच्च अदालत सोमबारदेखि पूर्ण रूपमा सञ्चालन

सर्वोच्च अदालतको गत कात्तिक २१ गतेको पूर्ण बैठक (फुल कोर्ट) ले आगजनी, ढुङ्गामुढा, तोडमोड र लुटपाटका घटनाबाट सुरक्षित मुद्दाहरू तथा अवरुद्ध भएका सबै सेवाको मङ्सिर १ गतेदेखि नियमित...
विश्व अधिकारीलाई डिआइजी बढुवाका लागि सिफारिस

विश्व अधिकारीलाई डिआइजी बढुवाका लागि सिफारिस

गृह मन्त्रालयअन्तर्गको बढुवा समितिको सचिवालयले बाग्मती प्रदेश प्रहरी कार्यालय अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा हेटौँडामा कार्यरत अधिकारीलाई डिआइजी पदमा बढुवा गर्न सिफारिस गरेको हो ।
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई ‘मानवता विरुद्धको अपराध’ मा मृत्युदण्डको सजाय

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई ‘मानवता विरुद्धको अपराध’ मा मृत्युदण्डको सजाय

अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण–१ ९आइसिटी–१० ले सोमबार दिउँसो सुनाएको ऐतिहासिक फैसलामा हसिनासहित तीन जना शीर्ष राजनीतिक तथा सुरक्षा नेतृत्वलाई दोषी ठहर गरिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।