नेभिगेशन
समाज

भोजपुरमा धानखेतीको क्षेत्र घट्यो

भोजपुर । जिल्लामा यस वर्ष धानखेतीको क्षेत्र घटेको छ । गत वर्ष बाह्र हजार १५४ हेक्टर क्षेत्रमा धानखेती भएकामा यस वर्ष ११ हजार पाँच सय हेक्टरमा मात्र धानखेती विस्तार भएको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यस वर्ष समयमा बर्सात नहुनुु तथा गाउँघरमा बसाइँसराइको दर बढेको कारण धानखेतीको क्षेत्र घटेको कृषि ज्ञानका सूचना अधिकारी घनश्याम बरालले बताए । यो वर्ष भोजपुरमा करिब ९६ प्रतिशत मात्र रोपाइँ भएको उनले जनाए ।

Ncell
Extreme Energy

गत आर्थिक वर्ष भोजपुरमा ३७ हजार ७०० मेट्रिक टन धान उत्पादन भएको थियो । धानखेतीको विस्तारको क्षेत्र घटेकाले यस वर्ष उत्पादनमा पनि कमी आउने सम्भावना रहेको देखिएको छ । जिल्लाका सबै स्थानीय तहमा धान खेती हुने गरेको छ । यस क्षेत्रका कतिपय बेँसी क्षेत्रमा दुई बाली धान उत्पादन हुने गर्दछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
अधिवेशन सार्न कांग्रेसले बोलायो निर्वाचन समिति बैठक

अधिवेशन सार्न कांग्रेसले बोलायो निर्वाचन समिति बैठक

केन्द्रीय कार्यसम्पादन समितिले वडा अधिवेशनको मिति कम्तीमा एक साता पर सार्ने निर्णय गरेपछि नयाँ तालिका बनाउन निर्वाचन समितिको बैठक बोलाइएको हो । निर्वाचन समितिको बैठक भोलि दिउँसो १...
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...