नेभिगेशन
मुख्य समाचार

भोजपुरमा धानखेतीको क्षेत्र घट्यो

भोजपुर । जिल्लामा यस वर्ष धानखेतीको क्षेत्र घटेको छ । गत वर्ष बाह्र हजार १५४ हेक्टर क्षेत्रमा धानखेती भएकामा यस वर्ष ११ हजार पाँच सय हेक्टरमा मात्र धानखेती विस्तार भएको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ ।

यस वर्ष समयमा बर्सात नहुनुु तथा गाउँघरमा बसाइँसराइको दर बढेको कारण धानखेतीको क्षेत्र घटेको कृषि ज्ञानका सूचना अधिकारी घनश्याम बरालले बताए । यो वर्ष भोजपुरमा करिब ९६ प्रतिशत मात्र रोपाइँ भएको उनले जनाए ।

City Express

गत आर्थिक वर्ष भोजपुरमा ३७ हजार ७०० मेट्रिक टन धान उत्पादन भएको थियो । धानखेतीको विस्तारको क्षेत्र घटेकाले यस वर्ष उत्पादनमा पनि कमी आउने सम्भावना रहेको देखिएको छ । जिल्लाका सबै स्थानीय तहमा धान खेती हुने गरेको छ । यस क्षेत्रका कतिपय बेँसी क्षेत्रमा दुई बाली धान उत्पादन हुने गर्दछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
‘जेनजी’ आन्दोलनमा मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, १३ सय बढी घाइते

‘जेनजी’ आन्दोलनमा मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, १३ सय बढी घाइते

मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीका अनुसार देशभरका ४१ अस्पतालमा ३४ जनाको मृत्यु र एक हजार ३६८ जनाको उपचार भएको छ । मन्त्रालयले जेनजी आन्दोलनका क्रममा मृत्यु र घाइते...
प्रहरीले भन्योः लुटेका हतियार फिर्ता गर्नु, प्रहरीको पोशाक दुरुपयोग नगर्नु

प्रहरीले भन्योः लुटेका हतियार फिर्ता गर्नु, प्रहरीको पोशाक दुरुपयोग नगर्नु

सुरक्षा हातहतियार, सञ्चार साधन, सवारी साधन, असबाब र अन्य भौतिक साधनहरू नियन्त्रणमा लिएको वा कतै फेला परे उक्त हातहतियारलगायत अन्य सामाग्रीहरू स्थानीय प्रहरी वा सुरक्षा निकायको कार्यालय वा...
बुढानिलकण्ठको देउवा निवास भित्र तीन ओटा कोठाभरी पैसा थियो ?

बुढानिलकण्ठको देउवा निवास भित्र तीन ओटा कोठाभरी पैसा थियो ?

बुढानिलण्ठक नगरपालिका १ मा रहेको उक्त निवासलाई जेनजी युवाहरुको समूहले मंगलबार आगजनी गरेको थियो । आगजनीका कारण पूर्ण रुपमा ध्वस्त बनेको घरबाट सुरक्षा कर्मीले मुश्किलले देउवा दम्पतीको घाइते...