नेभिगेशन
मुख्य समाचार

प्रहरीले भन्योः लुटेका हतियार फिर्ता गर्नु, प्रहरीको पोशाक दुरुपयोग नगर्नु

काठमाडौँ । नेपाल प्रहरीले प्रदर्शनका क्रममा लुटिएका प्रहरीका सामाग्री फिर्ता गर्न आग्रह गरेको छ । 
एक विज्ञप्ती जारी गर्दै नेपाल प्रहरीलले भदौ २४ र २५ गते भएका प्रदर्शनमा लुटिएका  सुरक्षा हातहतियार, सञ्चार साधन, सवारी साधन, असबाब र अन्य भौतिक साधनहरू नियन्त्रणमा लिएको वा कतै फेला पारेमा फिर्ता गर्न आग्रह गरेको छ ।

सुरक्षा हातहतियार, सञ्चार साधन, सवारी साधन, असबाब र अन्य भौतिक साधनहरू नियन्त्रणमा लिएको वा कतै फेला परे उक्त हातहतियारलगायत अन्य सामाग्रीहरू स्थानीय प्रहरी वा सुरक्षा निकायको कार्यालय वा जिल्ला प्रहरी कार्यालय वा प्रहरी कन्ट्रोल १०० वा टोल फ्रि नं। १६६००१४१५१६ वा नेपाल प्रहरी प्रधान कार्यालयको सम्पर्क नं। ९८५१२९३४५९ मा सम्पर्क गरी फिर्ता बुझाउन अनुरोध गरेको छ ।
साथै आन्दोलनका क्रममा प्रदर्शनकारीहरुले नियन्त्रणमा लिएको प्रहरीको पोशाकहरु दुरुपयोग नगर्न हुन र सोसँग सम्बन्धित सूचनाहरू समेत उपलब्ध गराउन सर्वसाधारणहरूलाई अनुरोध गरेको छ ।

CG

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
पृथ्वी जयन्तीको निमन्त्रणा दिन लिङ्देनले भेटे रवि लामिछाने

पृथ्वी जयन्तीको निमन्त्रणा दिन लिङ्देनले भेटे रवि लामिछाने

सोहि अवसरमा प्रतिनिधि सभा निर्वाचन तथा राजनीतिक घटनाक्रमका विषयमा सामान्य छलफल भएको थियो । भेटवार्ताका लागि अध्यक्ष लिङ्देन सहित राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठ पुगेका थिए ।
आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने

आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने

निर्वाचनपूर्वको मुख्य जिम्मेवारी मतपत्र छपाइ सुरक्षादेखि महत्वपूर्ण संरचनाको सुरक्षाको जिम्मेवारी सेनाले बहन गर्नेछ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालसँगको समन्वय र सहकार्यमा विमानस्थल, कारागारलगायत महत्वपूर्ण संरचनाको सुरक्षा...
भोजपुर–सङ्खुवासभा जोड्ने अरुण नदीमा पुल नहुँदा नागरिकलाई सास्ती(तस्बिरहरू)

भोजपुर–सङ्खुवासभा जोड्ने अरुण नदीमा पुल नहुँदा नागरिकलाई सास्ती(तस्बिरहरू)

त्तरी क्षेत्रबाट बाह्य जिल्ला प्रवेश गर्ने मुख्य नाकामा स्थायी पुल नहुँदा आवतजावत र व्यापारिक गतिविधि प्रभावित बनेको छ । वैकल्पिक रूपमा २०७६ सालदेखि फेरी सञ्चालनमा ल्याइए पनि प्राविधिक...
१ लाख ३९ हजार निर्वाचन प्रहरीको भर्ना खुला

१ लाख ३९ हजार निर्वाचन प्रहरीको भर्ना खुला

निर्वाचन प्रहरीका लागि यही पुस २५ गतेदेखि आगामी माघ १ गतेसम्म ७७ वटै जिल्ला प्रहरी कार्यालयमा दरखास्त दिन सकिने छ । दरखास्त फारम दर्ता गर्ने अन्तिम मितिसम्म १८...