नेभिगेशन
मुख्य समाचार

शुशिला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने अन्तिम तयारी, 'राजा फर्किने' हल्ला मात्रै भएको दाबी

काठमाडौँ । मुलुकलाई निकास दिने विषयमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानसेनापति अशोकराज सिग्देल, पूर्वप्रधानन्यायाधिश शुशिला कार्की अहिले छलफलमा रहेको जनाइएको छ । 

जेनजी समूहका तर्फबाट नेतृत्व गरिरहेका  हामी नेपालीका सुदन  गुरुङले  केहिबेर अघिको छलफलमा सहभागी भएका अधिवक्ता ओमप्रकाश अर्यालसँग भएको संवाद सार्वजनिक गरेका छन्  । 

सार्वजनिक गरेको एक भिडियोमा संसद् विघटनको बटमलाइन राखेर प्रधानमन्त्रीमा शुशिला कार्कीलाई नियुक्त गर्ने गरी छलफल भइरहेको जानकारी गराइएको छ । 

अहिले राष्ट्रपति पौडेल,प्रधानसेनापति सिग्देल र पूर्वप्रधानन्यायाधिश कार्कीबिच छलफल भइरहेको बताइएको छ । साथै राजा फर्किन लागेको हल्ला मात्रै भएको अर्याल भनेको भिडियोमा सुनिन्छ ।

यस विषयमा अन्य स्रोतले पनि पुष्टि गरेका छन् । कार्कीलाई प्रधानमन्त्री बनाउने विषय रातभरमा कुनै घटना नभए लगभग निष्कर्षमा पुगेको छ । 

स्रोतका अनुसार केही प्राविधिक कुरा टुङ्ग्याएर शुक्रवार बिहान शुशिला कार्कीलाई शपथ गराउने तयारी भइरहेको छ । 

भ्रष्टाचारविरुद्ध भदौ २४ र २५ गते प्रदर्शन गरेको जेनजी समूहले प्रधानमन्त्रीकारुपमा कार्कीको नाम प्रस्ताव गरेको थियो । 

जेनजीको प्रदर्शनमा सरकारले दमन गर्दा २४ गते नै १९ जनाको मृत्यु भएको थियो दोस्रो दिनको प्रदर्शनमा पनि केहीको मृत्यु भएको थियो । प्रदर्शनमा मृत्यु हुनेको सख्ंया अहिलेसम्म ३६ पुगेको छ । 

प्रदर्शन चर्किएपछि बुधवार मध्यान्हमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएर नेपाली सेनाको हेलिकप्टरमा बालुवाटारबाट उडेका थिए । 

प्रदर्शनकारीहरूले भने संसद् भवन, सिंहदरबार, राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा आगजनी तथा तोडफोड गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
तीन दशकपछि गाउँ फर्किएर तरकारी खेतीमा रमाउँदै कमलप्रसाद

तीन दशकपछि गाउँ फर्किएर तरकारी खेतीमा रमाउँदै कमलप्रसाद

सुविधा र अवसरको खोजीमा गाउँबाट सहर र सहरबाट विदेश पलायन हुने क्रम बढिरहेका बेला ५५ वर्षीय पौडेलले बजारबाट गाउँ फर्किएर व्यावसायिक तरकारीखेती सुरु गरेका हुन ।
लिम्बू समुदायहरुको पर्व चासोक तङनाम सुरु

लिम्बू समुदायहरुको पर्व चासोक तङनाम सुरु

किसानहरूले अन्नबाली घर भित्रयाएसँगै धिसोक चासोक (पाकेका अन्नबाट पहिले न्वागी) कुल देवतालाई चढाउने कार्यलाई लिम्बू समुदायहरुले चासोक भन्ने गर्दछ ।
जेन–जी आन्दोलनमा संलग्न ४२९ पक्राउ, १६८ मुद्दा दर्ता

जेन–जी आन्दोलनमा संलग्न ४२९ पक्राउ, १६८ मुद्दा दर्ता

पक्राउ परेका केही धरौटीमा छुटेका छन् भने केही पुर्पक्षका लागि जेल चलान भएका छन् ।
बहुप्रतिक्षित एनपिएलको दोस्रो संस्करण आजदेखि

बहुप्रतिक्षित एनपिएलको दोस्रो संस्करण आजदेखि

त्रिवि क्रिकेट मैदानलाई प्यारापिट र फ्लड लाइटको व्यवस्थासहित स्तरोन्नति गरिएका कारण दोस्रो सम्स्करण क्रिकेट प्रेमीबीच थप उत्साहको विषय बन्न पुगेको छ । उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स...