नेभिगेशन
समाज

शुशिला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने अन्तिम तयारी, 'राजा फर्किने' हल्ला मात्रै भएको दाबी

काठमाडौँ । मुलुकलाई निकास दिने विषयमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानसेनापति अशोकराज सिग्देल, पूर्वप्रधानन्यायाधिश शुशिला कार्की अहिले छलफलमा रहेको जनाइएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जेनजी समूहका तर्फबाट नेतृत्व गरिरहेका  हामी नेपालीका सुदन  गुरुङले  केहिबेर अघिको छलफलमा सहभागी भएका अधिवक्ता ओमप्रकाश अर्यालसँग भएको संवाद सार्वजनिक गरेका छन्  । 

Ncell
Extreme Energy

सार्वजनिक गरेको एक भिडियोमा संसद् विघटनको बटमलाइन राखेर प्रधानमन्त्रीमा शुशिला कार्कीलाई नियुक्त गर्ने गरी छलफल भइरहेको जानकारी गराइएको छ । 

अहिले राष्ट्रपति पौडेल,प्रधानसेनापति सिग्देल र पूर्वप्रधानन्यायाधिश कार्कीबिच छलफल भइरहेको बताइएको छ । साथै राजा फर्किन लागेको हल्ला मात्रै भएको अर्याल भनेको भिडियोमा सुनिन्छ ।

यस विषयमा अन्य स्रोतले पनि पुष्टि गरेका छन् । कार्कीलाई प्रधानमन्त्री बनाउने विषय रातभरमा कुनै घटना नभए लगभग निष्कर्षमा पुगेको छ । 

स्रोतका अनुसार केही प्राविधिक कुरा टुङ्ग्याएर शुक्रवार बिहान शुशिला कार्कीलाई शपथ गराउने तयारी भइरहेको छ । 

भ्रष्टाचारविरुद्ध भदौ २४ र २५ गते प्रदर्शन गरेको जेनजी समूहले प्रधानमन्त्रीकारुपमा कार्कीको नाम प्रस्ताव गरेको थियो । 

जेनजीको प्रदर्शनमा सरकारले दमन गर्दा २४ गते नै १९ जनाको मृत्यु भएको थियो दोस्रो दिनको प्रदर्शनमा पनि केहीको मृत्यु भएको थियो । प्रदर्शनमा मृत्यु हुनेको सख्ंया अहिलेसम्म ३६ पुगेको छ । 

प्रदर्शन चर्किएपछि बुधवार मध्यान्हमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएर नेपाली सेनाको हेलिकप्टरमा बालुवाटारबाट उडेका थिए । 

प्रदर्शनकारीहरूले भने संसद् भवन, सिंहदरबार, राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा आगजनी तथा तोडफोड गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
अधिवेशन सार्न कांग्रेसले बोलायो निर्वाचन समिति बैठक

अधिवेशन सार्न कांग्रेसले बोलायो निर्वाचन समिति बैठक

केन्द्रीय कार्यसम्पादन समितिले वडा अधिवेशनको मिति कम्तीमा एक साता पर सार्ने निर्णय गरेपछि नयाँ तालिका बनाउन निर्वाचन समितिको बैठक बोलाइएको हो । निर्वाचन समितिको बैठक भोलि दिउँसो १...
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...