नेभिगेशन
मुख्य समाचार

गगन थापाः हाम्रो अनुहारमा दाग लागेको छ, ऐना पुछेर हुँदैन, हामी सच्चिनेछौं, झन् बलियो भएर उठ्नेछौं

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भदौ २३ को घटना अकल्पनीय भएको भन्दै पार्टीका तर्फबाट माफी मागेका छन् । साथै उनले नेपाली कांग्रेसको अनुहारमा दाग लागेकाले ऐना पुछेर नहुने भन्दै कांग्रेसका अनुहार दाग पुछ्नु पर्ने बताएका हुन् । 
शुक्रबार सामाजिक सञ्जालमा भिडियो जारी गर्दै उनले भनेका छन्,‘भदौ २३ गते हामी कसैले नचाहेको अकल्पनीय घटना भयो, तपाईं र म सरकारमा थिएनौं तर हाम्रो पार्टी सरकारमा थियो। हाम्रो अनुहारमा दाग लागेको छ, ऐना पुछेर हुँदैन, हामीले हाम्रो दाग पुग्नुपर्छ। कांग्रेस पार्टी यस विषयमा सिंगो देशसँग माफी माग्नुपर्छ, यो घाउलाई पुर्ने हामीले कोसिस गर्नुपर्छ,’ ।

उनले भनेका छन्, ‘हाम्रा कार्यालय र सम्पदा कहाँ कति क्षति छ अहिले कसैले अनुमान गर्न सक्दैन, पार्टी सभापतिदेखि लिएर सयौं साथीहरूमाथि भौतिक आक्रमण र हाम्रा साथीहरूका घर र सम्पत्ति छानेर आगजनी र तोडफोड भएको छ, स्वभाविक आक्रोशलाई स्वीकार गर्नुपर्छ, सहज बनाउँदै लैजानुपर्छ। तर जहाँ नियतवश भएको छ, तिनलाई कानुनको दायरामा ल्याउनुपर्छ,’ उनले भने, ‘तत्काल नयाँ सरकार बनेपछि कांग्रेसको माग रहन्छ( भदौ २३ र २४ दुवै दिनमा भएका अमानवीय जति पनि घटना छन्, क्रुर घटना प्रत्येकको छानबिन र जोसुकै होस् त्यसले कानुनअनुसार कारबाही हुनुपर्छ।’

पुनर्निर्माणको पहलकदमी कांग्रेसले लिनुपर्ने उनले बताए। विगतमा पनि घाउचोटलाई बिर्सेर कांग्रेसले माओवादीसँग हात मिलाएको उल्लेख गर्दै उनले फेरि कांग्रेसको जिम्मेवारीमा फेरि यस्तै पहल चाहिएको बताए। ‘उत्तेजना फैलाउने होइन, सबैलाई जोड्न साथीहरूले पहल लिनुहोस्,’ उनले भने।

अहिलेको स्थितिबाट देशलाई बाहिर ल्याउन कांग्रेसले पहल गरिरहेको पनि उनले बताए। राष्ट्रपति, अन्य दल र आन्दोलनकारीहरूसँग पनि कुराकानी भइरहेको उनले बताए।

‘यो बेलामा जेनजी आन्दोलनकारी साथीहरूले जे माग राख्नुभएको छ, त्यो मागलाई सम्मान र सम्बोधन गरेर मात्रै देशअघि बढ्न सक्छ, अन्तरिम सरकार बनाउने कुरा छ। सम्भवतस् आज साँझसम्म अन्तरिम सरकारको कुरा टुंगिएला। आन्दोलनकारी साथीहरूले माग गरेअनुरूप उहाँहरूले छानेको व्यक्तिको नेतृत्वमा सरकार बनाउने कुराका निम्ति कांग्रेस तयार मात्र होइन यसका लागि वातावरण बनाइरहेको छ,’ महामन्त्री थापाले भने। 

उनले कांग्रेस सच्चिने र झन् बलियो भएर उठ्ने उल्लेखसमेत गरेका छन्। तीब्र दलीयकरणबाट नेपाली समाजलाई कांग्रेसले बाहिर निकाल्ने पनि उनको भनाइ छ। उनले पार्टीलाई अनावश्यक भएका पार्टीभित्रका संस्था अब नराख्ने र गुटउपगुट अन्त्य गरिने पनि बताएका छन्। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
तीन दशकपछि गाउँ फर्किएर तरकारी खेतीमा रमाउँदै कमलप्रसाद

तीन दशकपछि गाउँ फर्किएर तरकारी खेतीमा रमाउँदै कमलप्रसाद

सुविधा र अवसरको खोजीमा गाउँबाट सहर र सहरबाट विदेश पलायन हुने क्रम बढिरहेका बेला ५५ वर्षीय पौडेलले बजारबाट गाउँ फर्किएर व्यावसायिक तरकारीखेती सुरु गरेका हुन ।
लिम्बू समुदायहरुको पर्व चासोक तङनाम सुरु

लिम्बू समुदायहरुको पर्व चासोक तङनाम सुरु

किसानहरूले अन्नबाली घर भित्रयाएसँगै धिसोक चासोक (पाकेका अन्नबाट पहिले न्वागी) कुल देवतालाई चढाउने कार्यलाई लिम्बू समुदायहरुले चासोक भन्ने गर्दछ ।
जेन–जी आन्दोलनमा संलग्न ४२९ पक्राउ, १६८ मुद्दा दर्ता

जेन–जी आन्दोलनमा संलग्न ४२९ पक्राउ, १६८ मुद्दा दर्ता

पक्राउ परेका केही धरौटीमा छुटेका छन् भने केही पुर्पक्षका लागि जेल चलान भएका छन् ।
बहुप्रतिक्षित एनपिएलको दोस्रो संस्करण आजदेखि

बहुप्रतिक्षित एनपिएलको दोस्रो संस्करण आजदेखि

त्रिवि क्रिकेट मैदानलाई प्यारापिट र फ्लड लाइटको व्यवस्थासहित स्तरोन्नति गरिएका कारण दोस्रो सम्स्करण क्रिकेट प्रेमीबीच थप उत्साहको विषय बन्न पुगेको छ । उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स...