नेभिगेशन
समाज

गगन थापाः हाम्रो अनुहारमा दाग लागेको छ, ऐना पुछेर हुँदैन, हामी सच्चिनेछौं, झन् बलियो भएर उठ्नेछौं

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भदौ २३ को घटना अकल्पनीय भएको भन्दै पार्टीका तर्फबाट माफी मागेका छन् । साथै उनले नेपाली कांग्रेसको अनुहारमा दाग लागेकाले ऐना पुछेर नहुने भन्दै कांग्रेसका अनुहार दाग पुछ्नु पर्ने बताएका हुन् । 
शुक्रबार सामाजिक सञ्जालमा भिडियो जारी गर्दै उनले भनेका छन्,‘भदौ २३ गते हामी कसैले नचाहेको अकल्पनीय घटना भयो, तपाईं र म सरकारमा थिएनौं तर हाम्रो पार्टी सरकारमा थियो। हाम्रो अनुहारमा दाग लागेको छ, ऐना पुछेर हुँदैन, हामीले हाम्रो दाग पुग्नुपर्छ। कांग्रेस पार्टी यस विषयमा सिंगो देशसँग माफी माग्नुपर्छ, यो घाउलाई पुर्ने हामीले कोसिस गर्नुपर्छ,’ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले भनेका छन्, ‘हाम्रा कार्यालय र सम्पदा कहाँ कति क्षति छ अहिले कसैले अनुमान गर्न सक्दैन, पार्टी सभापतिदेखि लिएर सयौं साथीहरूमाथि भौतिक आक्रमण र हाम्रा साथीहरूका घर र सम्पत्ति छानेर आगजनी र तोडफोड भएको छ, स्वभाविक आक्रोशलाई स्वीकार गर्नुपर्छ, सहज बनाउँदै लैजानुपर्छ। तर जहाँ नियतवश भएको छ, तिनलाई कानुनको दायरामा ल्याउनुपर्छ,’ उनले भने, ‘तत्काल नयाँ सरकार बनेपछि कांग्रेसको माग रहन्छ( भदौ २३ र २४ दुवै दिनमा भएका अमानवीय जति पनि घटना छन्, क्रुर घटना प्रत्येकको छानबिन र जोसुकै होस् त्यसले कानुनअनुसार कारबाही हुनुपर्छ।’

Ncell
Extreme Energy

पुनर्निर्माणको पहलकदमी कांग्रेसले लिनुपर्ने उनले बताए। विगतमा पनि घाउचोटलाई बिर्सेर कांग्रेसले माओवादीसँग हात मिलाएको उल्लेख गर्दै उनले फेरि कांग्रेसको जिम्मेवारीमा फेरि यस्तै पहल चाहिएको बताए। ‘उत्तेजना फैलाउने होइन, सबैलाई जोड्न साथीहरूले पहल लिनुहोस्,’ उनले भने।

अहिलेको स्थितिबाट देशलाई बाहिर ल्याउन कांग्रेसले पहल गरिरहेको पनि उनले बताए। राष्ट्रपति, अन्य दल र आन्दोलनकारीहरूसँग पनि कुराकानी भइरहेको उनले बताए।

‘यो बेलामा जेनजी आन्दोलनकारी साथीहरूले जे माग राख्नुभएको छ, त्यो मागलाई सम्मान र सम्बोधन गरेर मात्रै देशअघि बढ्न सक्छ, अन्तरिम सरकार बनाउने कुरा छ। सम्भवतस् आज साँझसम्म अन्तरिम सरकारको कुरा टुंगिएला। आन्दोलनकारी साथीहरूले माग गरेअनुरूप उहाँहरूले छानेको व्यक्तिको नेतृत्वमा सरकार बनाउने कुराका निम्ति कांग्रेस तयार मात्र होइन यसका लागि वातावरण बनाइरहेको छ,’ महामन्त्री थापाले भने। 

उनले कांग्रेस सच्चिने र झन् बलियो भएर उठ्ने उल्लेखसमेत गरेका छन्। तीब्र दलीयकरणबाट नेपाली समाजलाई कांग्रेसले बाहिर निकाल्ने पनि उनको भनाइ छ। उनले पार्टीलाई अनावश्यक भएका पार्टीभित्रका संस्था अब नराख्ने र गुटउपगुट अन्त्य गरिने पनि बताएका छन्। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
अधिवेशन सार्न कांग्रेसले बोलायो निर्वाचन समिति बैठक

अधिवेशन सार्न कांग्रेसले बोलायो निर्वाचन समिति बैठक

केन्द्रीय कार्यसम्पादन समितिले वडा अधिवेशनको मिति कम्तीमा एक साता पर सार्ने निर्णय गरेपछि नयाँ तालिका बनाउन निर्वाचन समितिको बैठक बोलाइएको हो । निर्वाचन समितिको बैठक भोलि दिउँसो १...
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...